Skip to main content

ट्रेकिङ शब्दको शुरुवात नेपालबाट नै भएको हो || Tracking Word introduce

 



२०३७ मंसिर २३ गते बेलायती राजकुमार चार्ल्सले विजयपुरस्थित चाँपको चौरबाट ट्रेकिङ थाल्नुभएको थियो । पहिलो रात चिन्तेको डाँडामा, दोस्रो रात स्याक्लुङको डाँडामा, तेस्रो रात रुपाकोटको चिसापानीमा तथा चौथो रात बेगनास तालको जङ्गलमा बास बसेर काठमाडौँ फर्कनुभएको थियो । यसरी प्रिन्स चार्ल्सले यात्रा गरेको बाटोलाई पछि रोयल ट्रेक भनेर चिनाईयो । धेरै कमलाई थाहा होला ट्रेकिङ शब्दको शुरुवात नेपालबाट नै भएको हो । दक्षिण अफ्रिका पुगेका डचहरुले ट्रेक शब्दको शुरुवात गरेका थिए । लामो यात्रा हिड्नुपर्दा ट्रेक भन्थे । राणाकालको अन्ततिर बि.सं. २००६ सालतिर नेपालको तीनवटा लामो यात्रामा निस्केका बिल टिल्म्यानले नै नेपालमा ट्रेकिङको शुरुवात गरेका थिए । भरियाका रुपमा साथ जानेहरुको ब्यबसायिक शुरुवात भयो। यसपछि भने नियमित रुपमा बिभिन्न हिमाल आरोहण तथा हिमाली क्षेत्र तर्फ ट्रेकिङको ब्यबसायिक शुरुवात भयो । credit : Sunil



We welcome you to this blogger where you can find :- Motivational Videos, Facts videos, Life Quotes + Motivational Quotes, Life story short videos, Traveling vlogs + personal videos, This blogger will help you in these ways :- To improve your life, To improve your knowledge, To motivate you with life short stories, so if you want success in life Follow the blogger :)

Comments

© 2020 Samaya Chakra

Designed by Open Themes & Nahuatl.mx.