प्रधानमन्त्री सुशीला कार्कीले जेनजी प्रतिनिधिहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी अघि बढाएकी छिन् । प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, आगामी सोमबारसम्म शपथ गर्नेगरी चार जना नयाँ मन्त्री नियुक्त हुन लागेका हुन् । प्राप्त जानकारी अनुसार, मन्त्रीहरूको नाम टुंगो लागिसकेको छ । जसमध्ये जेनजीहरूको प्रतिनिधित्व गरेर नयाँ मन्त्री हुनेहरूमा गणपतिलाल श्रेष्ठ लाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय को जिम्मेवारी दिने तयारी गरिएको हो । गणपतिलालको बारेमा आजको यो पुरा एपिसोड भएको हुँदा विस्तारमा कुरा गरौं गणपतिलालको बारेमा । रानीपोखरी पराम्परागत शैलीमा बनाउन छाडेर जगमा कंक्रिट किन हालेको ? बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रड किन प्रयोग गरेको ? पशुपतिक्षेत्रमा कंक्रिट किन हालेको ? बौद्धनाथमा किला ठोकेर झिलिमिली किन बालेको ? खुला चौरहरु मासेर भ्युटावर वा सटर किन हालेको ? अहो, यत्रो माथापच्चिसी कसले गर्नू । यस्तो माथापच्चिसीलाई सबैले बेफ्वाँकको लफडा ठानेको भए अहिले रानीपोखरीमा कफीसप सहित स्वीमिङ पुल बनेको हुन्थ्यो । बौद्धनाथ चैत्यलाई झिलझिले नियोनलाइटले छोपिएको हुन्थ्यो । काष्ठमण्डप कुनै झिल्के स्वरुपमा उठिसक्थ्यो । अनि भर्खरै खुलामञ्च रातारात बनेको सटरहरुमा सरकारी डोजर पनि लाग्ने थिएन । सबभन्दा मालामाल भइरहेका हुन्थे, नेता र कर्मचारीसँग चोचोमोचो मिलाएर सम्पदा मास्ने दलाल र बिचौलिया । बिगार्न, लुट्न र रातारात धनी बन्न लाग्नेहरुको तुलनामा जोगाउनुपर्छ भन्ने अभियन्ताहरु थोरै संख्यामा देखिन्छन्, जसलाई नकाम देख्नेवित्तिकै बोलिहाल्नुपर्छ । तीनै मध्येका हुन् गणपतिलाल श्रेष्ठ । आज हामी उनै अभियन्ता गणपतिलाल श्रेष्ठको बारेमा कुरा गर्दै छौं । एक दिन पजेरो चढेर वसन्तपुर पुगेका काठमाडौंका चर्चित गुण्डा नाइकेले गणपतिलाल श्रेष्ठलाई अँगालो हालेर रेस्टुरेन्टको माथिल्लो तलामा पुर्याए । अनि, भद्र शैलीमा धम्क्याए, हनुमान ढोकाको विषयमा ध्यान नदेऊ, यसले तिमीलाई राम्रो गर्दैन । गणपतिलालका लागि ती गुण्डा नाइके अपरिचित थिए । तर, लामो समयदेखि चिनेजानेको साथीभाइ जस्तो गरी प्रस्तुत भइरहेका थिए । ती व्यक्तिले गणपतिलाललाई आफूले उठाइरहेको मुद्दा छाड्न सरल ढंगमा गम्भीर चेतावनी दिएका थिए । अहिले पार्टी राजनीतिमा सक्रिय ती गुण्डा नाइकेले गणपतिलाल २५ वर्षको छँदा भनेको कुरा उनलाई अझै याद छ, सानै छौ, अझै धेरै सिक्न बाँकी छ । यस्तो कुरामा धेरै ध्यान नदिनू । आफू कुनै राजनीतिक पार्टीमा आबद्ध नभएको बताउँदै उनले आफ्नो अडान स्पष्टसँग राखे । केहीबेरमा दुवै जना त्यो भवनबाट निस्किए । बाहिर मानिसको भीड लागेको थियो । त्यो भीड देखेर गणपतिलाललाई अनौठो लाग्यो । त्यसपछि बल्ल गणपतिलालले थाहा पाए– ती व्यक्ति त काठमाडौंका चर्चित गुण्डा नाइके पो रहेछन् । अरूले चिनेछन् र अब के हुने हो भनेर भेला भएछन् । मैले नचिनेकाले वास्तै भएन उनले सम्झिए, तर मलाई केही गरेको भए मानिसहरूले त्यहाँ प्रतिकार गर्थे, गुण्डा नाइके भने सरक्क पजेरो चढेर हिंडे । पछि गणपतिलाललाई प्रहरीले समेत अडान छाड्न दबाब दियो । आखिर प्रहरी र गुण्डा दुवैको निशाना बन्ने गरी उनले के गरेका थिए त र ? केशव स्थापित नेतृत्वको काठमाडौं महानगरले त्यसबेला हनुमान ढोका क्षेत्र व्यवस्थापनको जिम्मा निजी कम्पनीलाई दिन खोजेको थियो । त्यसको विरोधमा गणपतिलाल सहितका अभियन्ताहरूले आवाज उठाइरहेका थिए । त्यो निजी कम्पनी पहिल्यै धरहरामा हात हालेर विवादमा थियो । यस्तोमा हनुमानढोका घुम्ने पर्यटकबाट पैसा उठाएर निजी कम्पनीलाई पोस्न खोजिएको भन्दै विरोध भएको थियो । त्यही एजेन्डा छाड्न गणपतिमाथि तीव्र दबाब थियो । शान्तिपूर्ण आवाज राज्यले नसुनेपछि उनी सहितका अभियन्ताले निजी कम्पनीले रकम उठाउन राखेको स्टल जलाए । त्यो विषयलाई लिएर सम्पदा मास्न खोजेको भन्दै उल्टै उनी विरुद्ध पक्राउ पुर्जी जारी भयो । त्यही बेला उनलाई यो एजेण्डा छाड्न प्रहरीले समेत धम्की दिएको थियो । खासमा त्यसबेलाको एउटा राजनीतिक खेमा निजी कम्पनीलाई व्यवस्थापन जिम्मा दिने गरी तयार भइसकेको थियो गणपति भन्छन्, सम्पदा संरक्षणको कुरा उठाइरहेको मलाई उल्टै सम्पदा मास्न खोजेको आरोप लगाइयो । झोंछेका रैथाने गणपति काठमाडौं उपत्यकाको सम्पदा संरक्षणका लागि नौलो नाम होइन । उनले बाल्यकालमा कुनै बेला फ्रिक स्ट्रिट का रूपमा चर्चित क्षेत्रमा लागूऔषध विरुद्ध अभियान चलाए, अहिले सम्पदा संरक्षण अभियानमा सक्रिय छन् । भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी र पशुपति क्षेक्रमा कंत्रिट हाल्ने प्रयास, बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रडको प्रयोगदेखि खुलामञ्चको व्यापारीकरण विरुद्ध उनले आवाज बुलन्द गर्दै आएका छन् । त्यही आवाजका कारण उनले पटक–पटक धम्की समेत खेप्नु परेको छ । सम्पदा संरक्षणको यो लडाइँका क्रममा अभियन्ताहरूले बुझेका थिए, सम्पदा संरक्षणका लागि आवाज मात्र उठाएर नहुने रहेछ, कानूनी चुनौती समेत उत्तिकै जरूरी रहेछ । यसै गरेर १९९० सालमा भूकम्प गएको सन्दर्भ पारेर २ माघमा पुनर्निर्माण घोषणा गर्ने तयारी भइरहेका बेला सम्पदा अभियन्ताहरूले थाहा पाए– रानीपोखरीमा कफी सपसहित कंक्रिट संरचना बनाउने तयारी छ । रानीपोखरीलाई प्रताप मल्लको पालाकै शैलीमा पुनर्निर्माण गर्नुपर्ने अभियन्ताहरूको भनाइ थियो । यसअघि काष्ठमण्डपलाई समेत कंक्रिट बनाउन लाग्दा उनीहरूले रोकेका थिए । रानीपोखरीमा कंक्रिट विछ्याउन थालिएपछि शुरु भएको विरोध र खबरदारीका क्रममा गणपति जोडिएका थिए । रानीपोखरीको विवादका क्रममा गणपति सहितका अभियन्ताले जिल्ला प्रहरी परिसर, काठमाडौंमा गएर पुरातत्व विभागका इन्जिनियर र ठेकेदार विरुद्ध जाहेरी समेत दिए । यो विषयलाई लिएर महानगरका तत्कालीन मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गी समेत दुईतिर भए । पछि गणपति, सञ्जय जस्ता युवाहरूको दबाबबीच रानीपाखरी प्रताप मल्लकालीन शैलीबाटै पुनर्निर्माण हुनेभयो । ३० वर्षीय श्रेष्ठ बसन्तपुर दरबार क्षेत्रमा खाईखेली गरेर हुर्किए । बसन्तपुर स्कूलमा पढ्दा नै सम्पदाको महत्व गहिरोसँग महसुस गरे । वसन्तपुर दरबार क्षेत्रको कलामा घोत्लिएका उनले ९ कक्षामा पढ्दा काठमाडौं महानगरपािलकाले वातावरणीय सरसफाइका लागि गठन गरेको ‘ईको क्लब’ मा पहिलो अध्यक्ष बनेर काम गर्ने मौका पाए । त्यतिबेला नै काष्ठमण्डप, पशुपतिनाथ सरसफाइ गर्दा पुरातात्विक वस्तुको महत्व बुझ्ने अवसर पाएका उनी भन्छन्, ‘काम गर्दै जाँदा पुरातात्विक वस्तुहरुको महत्व अझ बुझ्दै गइयो । गणपति संरक्षण अभियान उपत्यकामा मात्र केन्द्रित छैन। भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी र पशुपति क्षेक्रमा कंत्रिट हाल्ने प्रयास, बालगोपालेश्वर मन्दिरमा सिमेन्ट र रडको प्रयोगदेखि खुलामञ्चको व्यापारीकरण विरुद्ध उनले आवाज बुलन्द गर्दै आएका छन्। त्यही आवाजका कारण उनले पटक-पटक धम्की समेत खेप्नु परेको छ । सडकदेखि सम्मानित अदालतसम्म न्यायको ढोका ढकढकाउने श्रेष्ठ हनुमानढोका नीजिकरणविरुद्धको मुद्दा, गुठी बिधयक बिरुद्धको गुठी आन्दोलनमा राष्ट्रय पहिचान संरक्षक संयुक्त संघर्ष समितिको संयोजक भयर काम गरेको अभियन्ताको रुपमा पनि चिनिन्छ। देशको अस्तित्त्व सङ्ग जोडेको काठमाण्डौको इन्द्रजात्रा, सेतो मच्छिन्द्रनाथ रथ जात्रा, गाइजात्रा, फागु पुर्णिमा ब्यबस्थित गर्न संयोजन अहम भूमिकामा पनि हुनु हुन्छ श्रेष्ठ। गणपति जस्तै कुनै राजनीतिक दलहरूमा आवद्ध नभएका व्यक्तिहरू खोजेकी छन् प्रधानमन्त्री सुशीला कार्की। उनीहरूले केही व्यक्तिहरूलाई बोलाए र केहीलाई जेनजीका प्रतिनिधिहरुमार्फत् कुराकानी गरेकी छन् । गणपतिलाल श्रेष्ठ एक प्रमुख सम्पदा संरक्षण अभियन्ता हुन् जसले काठमाडौं उपत्यकाका ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनी नेवार समुदायका सक्रिय सदस्य पनि हुन् र सांस्कृतिक अधिकारका लागि लामो समयदेखि संघर्ष गर्दै आएका छन्। उनी गुथी विधेयकको विरोधमा पनि सक्रिय थिए र यसका लागि राष्ट्रिय पहिचान संयुक्त संघर्ष समितिको नेतृत्व गरेका थिए। हालै, प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सरकारको मन्त्रिपरिषद् विस्तारको क्रममा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको छ। यसका लागि उनले जेन-जेड समूहका प्रतिनिधिको रूपमा नियुक्ति पाउने सम्भावना रहेको छ। यदि तपाईंलाई गणपतिलाल श्रेष्ठका कार्यहरू, संघर्षका अनुभवहरू, वा आगामी योजनाहरूको बारेमा थप जानकारी चाहिन्छ भने, कमेन्ट बक्समा लेख्नु होला म फेरी अर्को भिडियोमा प्रस्तुत हुनेछु ।
We welcome you to this blogger where you can find :-
Motivational Videos, Facts videos, Life Quotes + Motivational Quotes, Life story short videos, Traveling vlogs + personal videos,
This blogger will help you in these ways :-
To improve your life, To improve your knowledge, To motivate you with life short stories, so if you want success in life Follow the blogger :)
Comments
Post a Comment