Skip to main content

दिपेन्द्र खनियाँ: हाँसोभित्र लुकेको आँसु — एक अधुरो जीवनी || Dipendra Khaniya Popular RJ




दिपेन्द्र खनियाँ: हाँसोभित्र लुकेको आँसु — एक अधुरो जीवनी


नवलपरासी देवचुलीका दिपेन्द्र खनियाँ।

नाम उच्चारण हुँदा धेरैले रेडियोको घन्टाघर सम्झिन्छन्— कसैले "रेडियो अडियो" भन्छ, कसैले "खुल्दुली डट कम", कसैले त केवल मुस्कान सम्झिन्छ। तर कथा यत्तिमै सीमित थिएन।



२०५८ साल — एक पातलो, ख्याउटे केटो लमजुङको दुब्लो, ख्याउटे, लामो कपाल पालेको केटो— एक हातमा झोलाझैँ हलुका रेकर्डर, अर्को हातमा सपनाको बोझ।


नेपाल ल क्याम्पसको एउटा साँघुरो कोठा।

“उपत्यका साहित्यिक समाज”को साहित्य शिविर।

मसिनो आवाजमा सोधिरहेको त्यो केटोलाई धेरैले वास्ता गरेनन्।

तर उ त्यही दिन कार्यक्रम रेकर्ड गर्यो, स्क्रिप्ट बनायो, र रेडियो सगरमाथामा आवाजसहित प्रस्तुत गर्यो।


त्यही दिनदेखि— दिपेन्द्र खनियाँ ‘पहिचान’ बन्न थाले।



साधारण पत्रकारदेखि संस्थापकसम्म

रेडियो सगरमाथामा कार्यक्रम चलाउँदा उनले पहिलो पटक महसुस गरे— रेडियो केवल ‘समाचार’ होइन, यो त आवाजले हड्डी काँपाउने शक्ति हो। 


बेलाबेलामा प्रदर्शनी मार्गको चिया पसल— हम्रा साना–साना भेटघाट, हल्का हाँसो।

कसले सोचेको थियो, यही केटो एक दिन आफ्नै भवनमा उभिएर "रेडियो अडियो" का सञ्चालक बन्नेछ भनेर?


रेडियोले समाचार होइन— समाजलाई चेत, शक्ति र हाँसो दिन सक्छ भन्ने उनले प्रमाणित गरिदिए ।



हास्यका निर्माता — नदेखिएको योगदान

फिल्मी दुनियाँमा हास्यको ठूलो खुराक दिने हात दिपेन्द्रकै थियो भन्ने पछि मात्र थाहा पाइयो।


उनको नेतृत्वमा

रेडियो अडियोले एउटा अलग भाषा बोल्यो— कला, संस्कृति र समाजलाई एउटै मञ्चमा राखेर।


दिपेन्द्रले युवा पत्रकारहरूलाई केवल ‘काम’ मात्र दिएनन्, राहत, मार्गदर्शन र भविष्य दिए।


उनको जीवनको मन्त्र सधैं एउटै रह्यो— “अरुलाई हँसाउने”


तर कहिलेकाहीँ जो सबैलाई हँसाइरहन्छ, उही मनभित्रबाट बिस्तारै रोइरहेको हुन्छ।



सफलताको अर्को मोड

रेडियो अडियो सफल भएपछि उनी फिल्मतर्फ मोडिए— दीपकराज गिरी र दीपाश्री निरौलाको

आमा सरस्वती मुभिज अन्तर्गत छक्कापञ्जा–३ र छक्कापञ्जा–५ का निर्माता बने।


सार्वजनिक जीवनमा ऊर्जाशील, सफल, प्रेरक।


तर क्यामरा नचलेको समयमा— घाउहरू गहिरिन थालेका थिए।



रेडियो अझै मरेको छैन 

अनौपचारिक गफमा उनी भन्थे— “रेडियो मरेको छैन यार… 

रेडियो अडियोका स्रोता एक लाखभन्दा बढी छन्… अब नयाँ गर्नुपर्छ।”


र उनले नयाँ गरे— ९ महिना अघि Bhatbhateni का २७ स्टोरमा १०६.३ MHz बाट ‘Shopping Express’ बज्यो।


नेपालमा पहिलोपटक रेडियो रिटेल स्टोर मार्फत पसलसम्म पुग्यो। तर विडम्बना— उनले संसार छोड्नुअघि त्यो कार्यक्रम बन्द भइसकेको थियो। खनियाँ प्राय अरु अन्यलाई भन्ने गर्थे मेरो रेडियोमा मासिक लाखौं दर्शक स्रोताहरु हुनुहुन्छ । उनले त्यो दम्भका साथ जुन आफनो रेडियो का बारेमा गर्वका साथ भन्ने गर्थे त्यसो भन्नुको कारण भाटभटेनी सुपरमार्केट जस्तो ठाउँमा निरन्तर चली राख्नु नै त्यसको मुल कारण थियो तर अचानक आएको निर्णयले दिपेन्द्र खनियाको अभिमान र गर्व अन्धकारको गर्भमा कतै हराएको जस्तो भयो । जेन्जी आन्दोलनको तातेको सडक– चर्किएको नाराको आवाज, बिक्षेपित भीड, र त्यसबीचमा भाटभटेनीको शटर झरेको दृश्यसँगै एउटा निर्णय आयो— रेडियो अडियो भाटभटेनीमा नबजाइने। जेन्जी आन्दोलनको कारणले भाटभटेनीमा क्षत विक्षत भएको अवस्थामा उनको रेडियो अडियोलाई भाटभटेनीमा नबजाउने निर्णय भयो । सायद बाहिरबाट हेर्दा यो सामान्य प्रशासनिक कदम जस्तै लाग्यो। तर जुन आवाजले वर्खाको गाउँदेखि काठमाण्डौको कंक्रिटसम्म मान्छेको मुटु छोएको थियो, त्यो आवाजलाई त्यस दिन कसैले सुन्ने कान बाँकी रहेन। र यही मौनताभित्र एउटा गहिरो चोट लुकेर बसेको थियो। रेडियो अडियो केवल एउटा प्रसारण माध्यम थिएन। यो मोर्डन ट्रेड भाटभटेनी सुपर मार्केटका देशैभरीका आउटलेटहरुमा विज्ञापनको नयाँ माध्यम बनेको अवस्था थियो । तर भाटभटेनीमा रेडियो नबजाउने निर्णयले मानौं भनिदियो— “अब तिमी आवश्यक छैनौ।” यही एउटा वाक्य, किनमेलको गजबजमा हराएको तर कसैमाथि गहिरो वार गर्ने घाउ।

के सायद यही पीडाले उनलाई किनारा तिर धकेलेको हो? कतै यही पिडाले पनि के अब उनको रेडियोको अस्तित्व र महत्व रहेन भनेर त्यसै पिडामा उनले अन्य आशाको कुनै किरण नदेखेरै निराश समय बिताउन बाध्य भएका त होइन यो एउटा गम्भिर प्रश्न उनले छोडेर गएका छन ?  उनले जीवनभर रेडियोलाई केवल पेशा होइन, धड्कन जस्तै बोध गरेका थिए।

कहिलेकाहीँ मानिसहरू देख्दैनन्— एउटा निर्णय कति धेरै आत्मालाई चिरचिर पार्न सक्छ।

बाहिरका लागि त्यो केवल ‘स्थान परिवर्तन’ थियो, उनको लागि भने अस्तित्वमै प्रश्न उठाएको क्षण।

यसले हामीलाई एउटा कडुवा सत्य सिकाउँछ— जब समाजले आवाज सुन्न छोड्छ, आवाज बोल्ने मान्छे पनि एक दिन मौन बन्न बाध्य हुन्छ।


हामी भन्छौँ– “मर्ने त आन्दोलनमा मान्छे मरे, पसल डुब्यो, व्यापारी घाटामा परे।” तर कहिलेकाहीँ अदृश्य मृत्यु पनि हुन्छ— आशा मर्छ, सपना मर्छ, र सबसे भयावह— अस्तित्वमाथि विश्वास मर्छ।


उनले केही नभनेर पनि ठूलो प्रश्न छाडेर गए– “के अब आवाजको मूल्य रहेन?”

“के रेडियोजस्ता माध्यम केवल व्यापारको हिसाबले जाँचिने वस्तु बने?”


भाटभटेनीले रेडियो अडियोलाई नबजाएको त्यो दिन, हामीले सायद एउटा संस्थाको आवाज मात्र होइन, एउटा मनको ढोका पनि बन्द गरिदियौँ।


आज, जब उनको कुर्सी खाली छ, माइक धुलोले छोपिएको छ, उनका शब्दहरू अजैँ हावामा तैरिरहेका छन्— शायद एकैदिन फेरि कुनै ठाउँले त्यो आवाज सम्झिनेछ।

किनकि आवाजहरू मर्दैनन्, मान्छेहरू मात्रै थाकेर छाडिन्छन्।


तेसैले आज प्रश्न हाम्रो हो— हामीले सुन्न छोड्यौँ, कि उनले बोल्नै छाडे?


र त्यो उत्तर, त्यसैको साथमा, उनले मौनमै छाडेर गएका छन्।



अचानक आएको भयावह खबर 

अचानक आइतबार— समाचार आयो।



दिपेन्द्रले जीवन अन्त्य गरे।

सुन्दा शरीर जड भयो, आँसु नआए पनि घुँडा कमजोर भए।


जो सधैं— “ठिक छ यार” भन्ने गर्छ, त्यही आफूभित्र चिच्याइरहेछ भन्ने हामीले देख्न सकेनौँ।




अन्तिम यथार्थ

बानेश्वर थापागाउँ— एक समय आफैंले बेचेको घर।

त्यही घर भाडामा लिएर बस्दै आएका थिए।

सोही घरबाट रेडियो अडियो चल्थ्यो।


त्यही घरको चौथो तल्लाको र्‍यालिङमा बिजुलीको तारमा झुण्डिएको अवस्थामा उनको शरीर फेला पर्‍यो।


श्रीमती र छोरी घरमा थिएनन्।

अहिले अनुमान— आर्थिक दबाब, व्यक्तिगत मनोवैज्ञानिक संघर्ष।


२०७६ सालको हेलिकप्टर दुर्घटनामा दाजु रविन्द्रको मृत्यु— शायद भित्री घाउ अझै बाँकी थियो।



दिपेन्द्रले छोडेको अन्तिम सन्देश

उनको अन्त्य दुखद भयो, तर कथा प्रेरणादायक नै रहन्छ।


उनी प्रमाण बने— सीमित स्रोतसाधन भएर पनि मिडिया कसरी उचाइमा पुर्‍याउन सकिन्छ।


र अर्को गहिरो संदेश— जो हँसाउँछ, उही पनि बिरामी हुन सक्छ।


कुनै पनि अँध्यारो क्षणमा सहयोग माग्नु कमजोरी होइन।



हार्दिक श्रद्धाञ्जली दिपेन्द्र खनियाँ भाउजू, शीखा र सम्पूर्ण परिवारजनमा गहिरो समवेदना।


उनको आत्माले शान्ति पाओस्। 

उनको कथा अधुरो भए पनि प्रेरणा सदैँ पूरा रहनेछ।

We welcome you to this blogger where you can find :- Motivational Videos, Facts videos, Life Quotes + Motivational Quotes, Life story short videos, Traveling vlogs + personal videos, This blogger will help you in these ways :- To improve your life, To improve your knowledge, To motivate you with life short stories, so if you want success in life Follow the blogger :)

Comments

© 2020 Samaya Chakra

Designed by Open Themes & Nahuatl.mx.