Skip to main content

यस्तो छ अनिल कुमार सिन्हाको इतिहास || Anil Kumar Sinha

 

यस्तो छ अनिल कुमार सिन्हाको इतिहास



मुलुक अहिले संक्रमणकालीन अवस्थामा छ । न्यायालयको पुनर्संरचनाको बहस लामो समयदेखि हुँदैछ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिल कुमार सिन्हा जेनजी आन्दोलनपछिको अन्तरिम सरकारमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका छन् ।  नवनियुक्त मन्त्री सिन्हालाई न्यायालयको पुनसंरचना गर्दै इतिहास रच्ने अवसर छ । न्यायालयको विषयमा मसिनो गरी बुझेका सिन्हाले न्यायालयमा देखिएको विकृति र विसंगति अन्त्यका लागि कसरी अगाडि बढ्लान् ? सर्वोच्च अदालतले गठन गरेको प्रतिवेदनले न्यायालयको विकृति र त्यहाँ खुलमखुल्ला भ्रष्टाचार हुने तथ्य औंल्याएको छ । प्रतिवेदनले औंल्याएपनि कार्यान्वयन भने पेचिलो बन्ने गरेको छ । 

न्याय परिषद् ऐन संशोधन र न्यायाधीश नियुक्तिको विषय राजनीतिक दलको भागबण्डामा पर्दा न्यायालयको साख गुमिरहेको भाष्यलाई चिर्न न्यायाधीश नियुक्तिमा उनले आफ्नो भूमिका निर्वाह गर्न सक्नेछन् । सर्वोच्चको न्यायाधीश भई अवकाशको समयसम्म स्वच्छ छवि बनाएका अनिल सिन्हाले अब कानुन मन्त्रीमा रहेर कस्तो भूमिका निर्वाह गर्छन् त्यो आगामी दिनले देखाउनेछ । 

नमस्कार साथीहरु आजको यस एपिसोडमा हामी कानुन मन्त्री बनेका अनिल कुमार सिन्हाको बारेमा बुझने प्रयास गर्ने छौं । आउनुहोस आजको एपिसोड शुरु गरौं ।   

३१ अक्टोबर १९५८ मा जन्मेका अनिल कुमार सिन्हा कानुन व्यवसायी हुँदादेखि उनको काबिल क्षमताका कारण सर्वोच्चका तीन पूर्वप्रधानन्यायाधीशले रुचाइएका पात्र हुन् । पूर्व प्रधानन्यायाधीशहरु राम प्रसाद श्रेष्ठ, कल्याण श्रेष्ठ, त्यसपछि सुशीला कार्कीले रुचाएका न्यायाधीशमा पर्छन् उनी । हजुरबुवाको प्रभाव र बुवाको पदचाप समाउँदै लामो समय वकालत गरेर सर्वोच्चका न्यायाधीश भएका अनिल कुमार सिन्हा विवादमा नपरी अवकाश पाउने विरलै न्यायाधीशमध्ये एक हुन् । 

नेपालको न्यायालयसँग उनको पारिवारिक साइनो निकै पुरानो र गाढा छ  । सर्वोच्च बारका संस्थापक अध्यक्ष र नेपालको पहिलो वरिष्ठ अधिवक्ता देवनाथ प्रसाद बर्मा उनका मावली हजुरबा हुन् । बुझ्ने भएदेखि नै उनले हजुरबाले मुद्दा लडेको देख्दै हुर्केका थिए । मामा कृष्णकुमार बर्मा त पछि न्यायाधीश नै भए । हजुरबाकै प्रभावले कानुन पढेका बुबा सुशीलकुमार सिन्हा प्रमुख जिल्ला अधिकारी भएर दुर्गम जिल्लामा बस्दाबस्दा वाक्क भएपछि २०२६ मा जागिर छाडी काठमाडौं आएर वकालत गर्न थाले । 

यसरी पारिवारिक विरासतका रूपमा मिलेको कानुनी पेसा सिन्हाले पनि रोजे । नेपाल ल क्याम्पसबाट २०३९ सालमा स्नातक उत्तीर्ण गरेपछि उनले २०७३ सालसम्म निरन्तर वकालत गरे । अनिललाई सुरुमा कानुन व्यवसायी हुन अनिच्छा थियो । कारण उनको बुवाले कानुन व्यवसायी भएपछि परिवारमा समय दिन नसकेको देखेर दिक्क थिए । २०३१ सालमा एसएलसी पास भएपछि उनको ध्यान विज्ञान पढ्नतिर गयो । अमृत साइन्स क्याम्पसमा विज्ञान पढ्नका लागि आईएस्सी पढ्न भर्ना भएका उनले सुरु दुई सेमेस्टर राम्रोसँग पढ्न पाएका थिए । तेस्रो सेमेस्टरबाट पञ्चायतविरोधी आन्दोलनका कारण उनको पढाइ बिग्रियो । आईएसस्सीमा एउटा विषयमा उनुत्तीर्ण भएपछि उनले २०३३ सालदेखि बुवासँगको सल्लाहमा कानुन पढे । 

पढाइ चलिरहँदा पञ्चायतविरोधी आन्दोलन चर्किरहेको थियो । त्यतिबेला जनमत संग्रहको माग भइरहेको थियो । आन्दोलनका कारण उनको बीएल पढाइ ढिला भयो । २०३८ सालमा बीएल पास भएपछि उनले २०३९ सालमा कानुन व्यवसायीको लाइसेन्स पाए । २०३८ सालमा उनले सुरुमा जापानीहरुले पाएको टिचिङ अस्पतालको ठेक्कामा पोजेक्टमा काम गर्ने मौका पाए । त्यहाँ काम गरेको अनुभवको आधारमा उनले विस्तारै ट्याक्स म्यानेजमेन्टको काम विस्तारै बुझ्न थाले । अनिलका बुवा पनि करसम्बन्धी मुद्दा धेरै हेर्ने गर्थे । 

उनी बुवाको पदचाप पछ्याउँदै कर्पोरेट वकिलको भूमिकामा आफूलाई उभ्याउन थाले । उनले त्यसपछि वकालत पेसालाई निरन्तरता दिए । २०७२ सालमा बुवाको मृत्यु भएपछि किरियामा बसिरहेका बेला अनिललाई भेट्न तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ उनको घरमा पुगेका थिए र त्यतिबेला प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च आउन आग्रह गरे । 

त्यतिबेला अनिलले केही जवाफ नदिई सोच्ने बताए । पछि नेपाल बार एसोसिएसनको सिफारिसमा सिन्हाको नाम सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएको थियो । कर्पोरेट वकिलको रुपमा वार्षिक करोडौँ रुपैयाँ आम्दानी भइरहेका अनिललाई सुरुमा न्यायाधीश बन्न जान सकस भयो । उनले परिवारमा सल्लाह गरेपछि इज्जत र सम्मानको हिसाबले न्यायाधीशमा जान उपयुक्त ठानेर उनले निर्णय लिए । 

२०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश भएका सिन्हाले २०८० कात्तिक १५ बाट अनिवार्य अवकाश पाए । कर्पोरेट वकिल भएर वकालत गरिरहेका अनिललाई सर्वोच्चमा न्यायाधीश भएसँगै उनले पहिलो दिन इजलासमा फौजदारी मुद्दा हेरेका थिए । जीवनको अधिकांश समय कर्पोरेट  लयर भएर बिताएका सिन्हाले सुरुमा फौजदारी प्रकृतिको मुद्दा हेरे । 


पाँच नम्बर इजलासमा न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठको इजलासमा उनका लागि मुद्दा तोकिएको थियो । विवेकजंग स्रोङ लिम्बूविरुद्ध नेपाल सरकार भएको ज्यान मुद्दामा प्रतिवादीलाई सर्वस्वसहित जिल्ला र उच्च अदालतबाट जन्मकैद भएको थियो । श्रेष्ठसँगको इजलासमा केहीबेरको बहस सुनेपछि तल्लो अदालतको फैसला सदर भएको थियो । त्यसपछि उनले अन्तिममा अवकाश हुने बेलामा देवानी प्रकृतिको मुद्दा हेरे । 

रामसेवक प्रसाद गुप्ता विरुद्ध रामजी गुप्ता भएको चार वर्ष पुरानो अंश नामसारी मुद्दा र होमशंकर बाँस्तोलाविरुद्ध मीनादेवी आचार्यको अंश चलन मुद्दा रहेको थियो । होमशंकर बाँस्तोलाविरुद्ध मीनादेवी अंश चलन मुद्दामा फैसला सदर गरेका थिए । सिन्हाका दुई संयोग फौजदारी मुद्दा हेर्दा दुवै मुद्दा सदर भएका थिए भने देवानी प्रकृतिका दुई मुद्दामध्ये एक सदर भएका थिए ।

२०७३ साउन १७ मा सिन्हा सर्वोच्चमा न्यायाधीश भएर पुगे, जतिबेला प्रधानन्यायाधीश थिइन् वर्तमान प्रधानमन्त्री सुशीला कार्की  । त्यसबेला वैद्यनाथ उपाध्याय, गोपालप्रसाद पराजुली, चोलेन्द्रशमशेर राणा, गोविन्द उपाध्याय र देवेन्द्रगोपाल श्रेष्ठ न्यायाधीश थिए । त्यसबेला सर्वोच्चमा चरम गुटबन्दी रहेको उनले पत्ता लगाए । 

न्यायालयले असाध्यै अप्ठ्यारो अवस्था भोगेका बेला उनले सर्वोच्च अदालतमा ७ वर्ष ३ महिना बिताएका थिए । सर्वोच्च अदालतमा सात वर्ष न्यायाधीश रहँदा उनले मूलतः संवैधानिक, फौजदारी र वाणिज्य सम्बन्धी मुद्दा निरुपणमा महत्वपूर्ण योगदान दिएका थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीको योग्यतासम्बन्धी विवाद, प्रतिनिधिसभाको पहिलो विघटन, कर फस्र्यौट आयोगसम्बन्धी विवाद निरुपणमा उनको योगदान महत्वपूर्ण मानिन्छ । ललितानिवास जग्गा प्रकरणको मुद्दामा मन्त्रिपरिषद्को निर्णयमाथि पनि अनुसन्धान गर्न सकिने फैसला उनीसहितको इजलासले गरेको थियो ।  

मन्त्री सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्ने छन् । कानुन व्यवसायमा रहँदा कयौं उद्योगी÷व्यवसायी एवं कर्पोरेट हाउसका कानुनी सल्लाहकार भइरहेका सिन्हा उनीहरूका लागि अनौठो र विषम नाम होइनन् ।

मुलुकको उद्योग÷व्यवसायका लागि अनुकूल वातावरणको वकालत गर्ने सिन्हाले अहिलेको विषम परिस्थितिमा उनीहरूलाई उकुसमुकुस हुने नीति लिने छैनन् भन्ने अपेक्षा छ । उनका लागि भूमि व्यवस्था तथा सहकारी र गरिबी निवारण मन्त्रालय नयाँ क्षेत्र हो । प्रतिनिधिसभा नभएकाले उनको मन्त्रालय कानुन निर्माणको साटो निर्वाचनसँग सम्बन्धित अध्यादेशहरूको गृहकार्यमा ज्यादा व्यस्त हुनुपर्नेछ । त्यसका साथै कानुनमन्त्रीको हैसियतले न्यायपरिषद् मार्फत न्यायाधीश नियुक्ति एवं सरुवा–बढुवामा पनि उनको भूमिका हुनेछ ।

अवकाशपछिका दुई वर्षमा सिन्हाले सामाजिक विषयवस्तुमा अध्ययन अनुसन्धान गर्दै आएका थिए । उनले यो दुई वर्षको अवधिमा कानुनका विद्यार्थीहरूमा अतिथि अध्यापकको रूपमा पनि काम गरे । बालुवाटार निकट स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीको विशेष आग्रह टार्न नसकेर उनले मन्त्री पद स्वीकार गरेका हुन् ।

आजको एपिसोडका लागि विभिन्न संचार माध्यमहरुबाट जानकारी संकलित गरिएको र यस यस एपिसोडमा लागि यति नै अन्य यस्तै विषयमा हामी निरन्तर एपिसोड लिएर आउनेछौं । कृप्या यस च्यानललाई सब्सक्राइब गरेर निरन्तर अपडेटमा जोडिनुहोस ।


Source: https://www.youtube.com/watch?v=lkIOxef-fdY

We welcome you to this blogger where you can find :- Motivational Videos, Facts videos, Life Quotes + Motivational Quotes, Life story short videos, Traveling vlogs + personal videos, This blogger will help you in these ways :- To improve your life, To improve your knowledge, To motivate you with life short stories, so if you want success in life Follow the blogger :)

Comments

© 2020 Samaya Chakra

Designed by Open Themes & Nahuatl.mx.