Skip to main content

यस्तो छ सचांर मन्त्री जगदीश खरेलको इतिहास || Jagdish Kharel

 यस्तो छ सचांर मन्त्री जगदीश खरेलको इतिहास


सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीमा जगदीश खरेल नियुक्त भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खरेललाई सञ्‍चारमन्त्रीमा नियुक्त गरेका हुन् । यतिबेला जगदीश खरेल सक्रिय राजनितीमा लागेका छन् । सबैलाई सप्राइज दिँदै खरेल राजनितीमा होमिए पछि धेरैलाई आश्चर्य लागेको छ । यस अघि पत्रकारीता पेसामा खरो रुपमा उत्रिएर देशव्यापी आफ्नो बेग्लै पहिचान बनाएका खरेल एकाएक राजनितिमा होमिएका छन् ।

यस अघी उनी कुन पार्टी बाट राजनिति गर्दछन् या कुन पार्टी सँग नजिक छन् भन्ने पनी खासै कसैले अुनुमान गरेको थिएन । आफ्नो पेसामा प्राफेशनल देखिएका खरेलले टेलिभिजनमा काम गर्दा उनी कुन पार्टीका हुन् भन्ने खासै अुनमान गरिएको थिएन ।

पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए । उनले लामो समयदेखि ’हट सिट’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका छन् । जगदीश इमेज टी एचडी को सह–संयोजक÷सम्पादकीय नेतृत्व तहमा थिए । २५ वर्षभन्दा लामो अनुभव रहेको छ । लामो पत्रकारिता अनुभवका कारण उनलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको बताइएको छ । २०३९ सालमा दोलखामा जन्मेका जगदीश खरेल दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका दोलखामा जन्मिए हुर्किएका खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । उनी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा विद्यावारिधी गरिरहेका छन् । दोलखाको सामान्य स्कुलमा कक्षा ६ मा अध्यन गर्दै गर्दा डिबेट कम्पीटिशनमा भाग लिँदा जब उनी जित्नु भयो त्यो बेला नै उनको यस पत्रकारिता क्षेत्रमा उनको भविष्यको खाका त्यतिबेला कोरीसकेको थियो । गाउँकै स्कुल कालीनाग माध्यामिक विद्यालयमा उनले शुरुआती अध्यन त्यही गरेका थिए । किनकी त्यस कक्षा ६ मा त्यो प्रतिस्पर्धा जितिसकेपछि अन्य वरीपरीका प्रतिस्पर्धा देखि लिएर जिल्लासम्मका प्रतिस्पर्धाहरुमा आफनो जित लेख्दै गर्दा उनले आफनो पत्रकारिताको बिजारोपन गरिसकेका थिए । र जब उनी दोलखाबाट एसएलसीको उत्तिर्ण गरी काठमाण्डौं आए तब काठमाण्डौमा पहिले देखि नै साइन्स विषय लिएर पढदै गर्दा डा. दिपेश खरेलले नै जगदिशलाई मिडिया अर्थात जर्नलिजम विषय नै लिएर पढने सल्लाह दिए । र यसपछि जगदिशले जर्नलिज्म पढनका लागि काठमाण्डौंको आरआर क्याम्पसमा भर्ना लिए । यो त्यो समय थियो जब नेपालमा रेडियो बढी संख्यामा खुल्न थालिसकेका थिए । टेलिभिजनको रुपमा नेपाल टेलिभिजन मात्रै भएपनि त्यस एनटिभीको अलि अलि समय इमेज टेलिभिजनले किनेको थियो । २०५७ सालमा ईमेज एफएमबाट पत्रकारिता यात्रा तय गरेका खरेल आजसम्म पनि ईमेज परिवारसँगै छन् । अर्थात् एफ.एम.बाट उनी ईमेज टेलिभिजनमा गए तर आजसम्म संस्था परिवर्तनको महसुस गरेका छैनन् ।

जगदीश खरेलको सबैभन्दा पहिलो प्रोगाम जसको नाम ति दिनहरु कार्यक्रम लाई रेडियोमा चलाउँदा उनको उमेर मात्र १८ वर्षको थियो ।

दोलखा जिल्लाको सुनखानी गाउँको सामान्य परिवारमा जन्मिएर ०५६ सालमा एसएलसी सकेर काठमाडौं आएका खरेलले जीवनमा सञ्चारकर्मको सपना देखेनन् न त परिवार वा समाजले नै अर्को बाटो रोज्न प्रेरणा दियो । निर्विकल्प उनले दुई दशक लामो पत्रकारिताको यात्रा तय गरिसकेका छन् । उनका बुबा सिद्धि प्रसाद खरेल उनका प्रेरणाका स्रोत हुन । जगदीशले कक्षा १० पढदा सम्म उनको गाउँमा बिजुली थिएन वा उनले देख्न पाएका थिएनन । त्यतिबेला सम्म उनले ल्याम्प लाइट बालेर पढेका हुन । घरबाट लगभग ४० मिनेटको यात्रा तय गरेर स्कुल पढन जान्थे ।  

ईमेज टेलिभिजनबाटै प्रसारणमा आएका ‘टप अफ दि टाउन’, ‘हट सिट’ जस्ता कार्यक्रमबाट चर्चामा रहेका खरेलको प्रस्तुति, प्रश्नशैली, हाउभाउ दर्शक स्रोताका लागि प्रिय छन् । समाजका हरेक तह र तप्कामा रहेका व्यक्तिहरूसँग अन्तर्वार्ता गरिसकेका खरेल जनमानसमा निकै रुचाइएका पत्रकार हुन ।

सन् २००० देखि २००१ सेरो फेरोमा जति बेला उनले रेडियोमा प्रवेश गरे त्यतिबेला उनलाई प्रोत्साहन दिनेहरुमा श्रीराम पुडासैनी, गगन थापा, भरत शाक्य जस्ता व्यक्तित्वहरुले सहजीकरण गरिदिनु भयो । जगदीशले इमेज एफएममा प्रवेश गर्दा २००१ देखि कार्यरत थिए । र जगदीशले त्यो समयमा रवि लामिछाने र गगन थापा सँग एउटै रेडियोमा सँगै कार्यक्रम चलाउने गर्दथे । २००३ सम्म अहिलेका चर्चित नाम रवि लामिछाने पनि त्यसै इमेज एफमा कायरेडियोमा प्रवेश भइसकेपछि उनको पहिलो कार्यक्रम प्रसंगवस भन्ने थियो । रेडियोबाट २०५९ देखि २०६० सालमा भर्खर इमेज टेलिभिजनको शुरुआत भइसकेको थियोमा रेडियोमा पहिले देखि नै खटीरहेका जगदीशलाई सरुवा गर्दा जगदीश खरेल त्यतिबेला अत्याधिक खुशी भएको सम्झनछन । 

खरेलले पत्रकारिता यात्रामै दुई दशक बिताइसकेकाले अब पत्रकारिताको विकल्प खोज्ने आशय पनि व्यक्त गरेका थिए । पत्रकारिता छोडेर अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीति विषयमाथि विद्यावारिधी गर्नुको पछाडी पनि यही कारण हुने उनको भनाइ छ ।

यस अघि पनि पत्रकारीतमा मुर्धन्य व्यक्तित्व बनाएका धेरै जना राजनितीमा प्रवेश गरिसकेका छन् । रविन्द्र मिश्र देखी देव प्रकाश त्रिपाठी सम्मले राजनितिमा हाम फालेका छन् । फरक के छ भने मिश्र र त्रिपाठीहरुले आफुलेनै पार्टी खालेर वैकल्पीक राजनिती गर्न खोजेका छन् भने खरेलले त्यसो गरेनन् उनले पुरानै पार्टीबाट राजनिती सुरु गरेका छन् ।

खरेलले नेपाली काग्रेस बाट सक्रिय राजनिती सुरु गरेका छन् । उनले दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका ७ सुनखानीबाट जिल्ला अधिवेशनमा भाग लिन क्षेत्रीय प्रतिनिधि चुनिएर आएका छन् ।

ईमेज च्यानलमा कार्यरत उनी टेलिभिजन अन्तर्वार्तामा चर्चित छन् । महाधिवेशन प्रतिनिधिको चर्चा रहेपनि खरेलले भने हालसम्म कुन पदमा उठ्ने भनेर सार्वजनिक घोषणा गरेका छैनन् । यद्यपि उनी समेत महाधिवेशन प्रतिनिधिको उम्मेद्वार बन्न सक्ने अनुमान गरिएको छ ।

त्यसै गरि दोलखाको भीमेश्वर नगरपालिका १ सुष्पा क्षमावती घर भएका पत्रकार अजय बाबु शिवाकोटीले गृह जिल्लाको कांग्रेस पार्टी मार्फत सक्रिय राजनीतिमा लाग्ने घोषणा गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने तयारी गरेका छन् ।

नेपाल प्रेस युनियनका महासचिव समेत रहेका उनी हाम्रा कुरा डटकम अनलाईनमा आवद्ध छन् । प्रतिनिधि सभाका तत्कालीन सभामुख कृष्णबहादुर महरा प्रकरण र तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटाको ७० करोड काण्डको टेप प्रकरण पर्दाफास गरेका कारण उनी चर्चामा आएका थिए । २०४८ सालमा नेविसंघको जिल्ला अधिवेशनमा भाग लिएका उनी राजधानी प्रवेशसंगै पत्रकारितामा सक्रिय थिए ।

अहिले जगदीश काठमाण्डौंमा आफनो परिवार सहित बस्ने गर्दछन । उनको जीवन साथी पुप्रभा खरेल चिकित्सा क्षेत्रमा छिन र जगदिशको सुख दुखको साथी भएकी छिन । उनको छोरा सिविक खरेल जन्म भएपछि जगदीश झन जिम्मेवारीमा बसीरहेका छन । 

यसमा सबैको मन मस्तिष्कमा एउटा प्रश्न के पनि चलिरहेको हुन सक्छ भने जगदीश खरेल मन्त्री बन्नुका कारण के के होलान भनेर यसमा केही कारण यस्ता पनि छन जस्तैः

१. वरिष्ठ पत्रकार र मिडिया अनुभव ।

२. सञ्चार र सूचना नीति बुझ्ने विशेषज्ञता ।

३. जनतासँग जोडिएको संवेदनशीलता ।

४. विवाद रहित र विश्वासिलो छवि ।

५. सुधार र नवप्रवर्तन ल्याउने क्षमता ।

यि केही कारणहरु हुन जसले गर्दा जगदीश खरेललाई सुचना संचार मन्त्रीमा उनलाई सिफारिश गरिएको हुन सक्छ ।

तर यस पछि साथीहरु जगदीश खरेल सुचना मन्त्री भएपछि जनताको मुख्य अपेक्षा केही छन जुन जगदीश सँग विशेष रहने नै छः

१. ग्रामीण र दुर्गम क्षेत्रमा डिजिटल पहुँच बढाउने ।

२. मिडिया स्वतन्त्रता र पत्रकारको सुरक्षा सुनिश्चित गर्ने ।

३. सामाजिक मिडिया र अनलाइन अभिव्यक्तिमा सन्तुलन कायम गर्ने ।

४. युवाहरूमा डिजिटल साक्षरता र प्रविधिको पहुँच बढाउने ।

५. सरकारी सेवा र प्रशासनमा पारदर्शिता ल्याउने ।

यस बाहेक साथीहरु जसरी हामीले आजको यस छोटो यात्रामा जगदीश खरेलको पत्रकारिता जीवन, संघर्ष र उपलब्धिहरूको झलक पाएका छौँ, उहाँको नयाँ जिम्मेवारी—सूचना तथा सञ्चार मन्त्रीको पदमा—नेपालका लागि अझ ठूलो योगदान र परिवर्तनको संकेत हो ।

हामी आशा गर्छौं कि उहाँको नेतृत्वले सञ्चार जगतमा पारदर्शिता, नवप्रवर्तन र जनता केन्द्रित दृष्टिकोण ल्याओस् । 

यदि तपाईंलाई यो एपिसोड उपयोगी लाग्यो भने लाइक, शेयर र सब्सक्राइब गर्न नभुल्नुहोस् । तपाईंको सुझाव र प्रतिक्रिया तल कमेन्टमा लेख्नुहोस्—हामी पक्कै पढ्नेछौं ।

धन्यवाद, र भेटौं अर्को एपिसोडमा ।


Source: https://www.youtube.com/watch?v=xqRMNn5bLe4


We welcome you to this blogger where you can find :- Motivational Videos, Facts videos, Life Quotes + Motivational Quotes, Life story short videos, Traveling vlogs + personal videos, This blogger will help you in these ways :- To improve your life, To improve your knowledge, To motivate you with life short stories, so if you want success in life Follow the blogger :)

Comments

© 2020 Samaya Chakra

Designed by Open Themes & Nahuatl.mx.