यस्तो छ पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको इतिहास
जेन–जी आन्दोलनपछि पनि राजनीतिक दलका शीर्ष नेताहरूले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्न आनाकानी गरिरहेका छन् । नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने संकेत देखाएका छैनन् । तर अर्कोतिर नेपालमा अहिलेको नयाँ पुस्ताले किन केपी ओलीलाई रुचाइरहेको छैन ?
यो प्रश्न अहिलेको नेपाली राजनीतिक परिदृश्यसँग धेरै जोडिएको छ । केपी शर्मा ओलीजस्ता पुराना नेताहरूलाई नयाँ पुस्ताले किन कम रुचाइरहेको छ भन्ने बुझ्न केही प्रमुख कारणहरू छनः
पुरानो शैलीको राजनीति – नयाँ पुस्ताले पारदर्शिता, इमानदारी र तात्कालिक समस्या समाधान चाहन्छ । तर केपी ओलीजस्ता नेताहरू अझै पुरानो ढर्राको भाषण, पार्टीभित्रको गुटबन्दी र शक्ति–खेलमा केन्द्रित देखिन्छन् ।
कामभन्दा बढी बोलेर लोकप्रियता कमाउने प्रयास – केपी ओलीका भाषणहरू रोचक र चर्चित भए पनि धेरै वाचा जस्तैः रेल, पानीजहाज, २ वर्षमा समृद्ध नेपाल जस्ता वाचा पूरा नभएकाले युवामा निराशा बढेको छ ।
नयाँ पुस्ताको प्राथमिकता फरक हुनु – नयाँ पुस्ता रोजगारी, शिक्षा, प्रविधि, स्टार्टअप, भ्रष्टाचार नियन्त्रण, वातावरणजस्ता विषयमा ठोस योजना खोज्छ । ओलीको कार्यकालमा यी क्षेत्रमा ठूला उपलब्धि नआएकाले उनीहरूलाई पुरानो सोचको नेता जस्तो लाग्छ ।
अभिव्यक्ति स्वतन्त्रता र सामाजिक मिडिया प्रभाव – अब युवा पुस्ताले फेसबुक, ट्विटर, टिकटकमार्फत नेताहरूको हरेक गतिविधि तुरुन्त देख्छन् । आलोचना र प्रश्न सोध्न सजिलो भएको छ । पुरानो पुस्ताले जस्तै अन्धभक्तीले समर्थन नगर्ने भएकाले लोकप्रियता घटेको हो ।
नयाँ विकल्पहरूको उदय – रवि लामिछाने, गगन थापा, बालेन, स्वर्णिम वाग्ले जस्ता नयाँ पुस्ताका नेताहरूले भिन्न शैलीमा बोलेर र काम गरेर आकर्षण बढाइरहेका छन् । त्यसैले ओलीजस्ता नेताहरूभन्दा नयाँ फेस रोज्ने प्रवृत्ति देखिएको छ ।
अब यस्तोमा केपी ओलीको नेतृत्वदायी अस्तित्व नै समाप्त भएको भनेर मान्न सकिन्छ त भनेर प्रश्न उठेको छ । यसका लागि आजको यस एपिसोडमा हामी केपी ओली अर्थात खड्गप्रसाद ओलीको इतिहास नबुझेर केही आंकलन गर्न सकिदैन ।
खड्गप्रसाद ओलीको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा २ गाउँमा भएको थियो । उहाँका हजुरबा स्वर्गीय मनरथ ओली, हजुरआमा स्वर्गीय राममाया ओली, माता स्वर्गीय मधु ओली, पिता मोहनप्रसाद ओली । उहाँको वैवाहिक अवस्थाको कुरा गर्ने हो भने श्रीमती राधिका शाक्य यसै गरी भाइ तथा बुहारी जयप्रसाद ओली÷इन्दिरा ओली साथै गरी दिदी बहिनी विष्णुमाया कौशिला र राजु हुन । झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरेका थिएँ । ओली झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ साल प्रवेशिका परीक्षा एसएलसी उत्तिर्ण भएका थिएँ । ओली वर्तमान अनन्तलिङ्गेश्वर नगरपालिका–२, बालकोट, भक्तपुरका स्थायी वासिन्दा हुन् ।
प्रारम्भिक राजनीतिक जीवनको कुरा गर्ने हो भने विक्रम संवत २०२२ सालमा कम्युनिस्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिएँ । वि.सं २०२८ सालको झापा आन्दोलनका प्रमुखहरू मध्येका एक थिएँ, त्यही वर्ष उनी जेल परेका थिएँ । ओली तत्कालिन नेकपा (माले)को संस्थापक मध्येका एक थिएँ । पञ्चायती व्यवस्था विरुद्धको सङ्घर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका थिएँ । २०४४ मा जेलमुक्त भएपछि उनी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को केन्द्रीय समिति सदस्य र २०५४ सम्म लुम्बिनी अञ्चलको इन्चार्ज बनेका थिएँ ।
बहुदलीय प्रजातन्त्र (वि.सं २०४६–२०६२)को कुरा गर्ने हो भने नेपालको जनआन्दोलन २०४६ पछि उनी सन् आम निर्वाचन २०४८ मा झापा–६ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिएँ । उनी सन् २०४८ मा नेकपा एमाले को विदेश सम्बन्ध विभागको प्रमुख नियुक्त भएका थिएँ ।
उनी २०५१ मा पुनः सांसदमा निर्वाचित भएका थिएँ र मनमोहन अधिकारीको अल्पमतको सरकारमा गृह मन्त्रीको रूपमा कार्यरत थिएँ । उनी २०५६ मा झापा निर्वाचन क्षेत्र २ र ६ बाट पुनः निर्वाचित भएका थिएँ जसमा उनले झापा–६ को सिट त्यागेका थिएँ ।
यस पछि समय आयो सङ्क्रमकालीन अवधिको कुरा गर्ने हो भने ओली २०६२ सालमा गिरिजाप्रसाद कोइराला सरकारको अन्तरिम सरकारमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नियुक्त भएका थिएँ ।
उनी झापा–७ बाट २०६४ सालको संविधानसभा निर्वाचनमा पराजित भएका थिएँ । उनले २०६५ मा भएको नेकपा (एमाले) को आठौँ महाधिवेशन हुँदा झलनाथ खनालसँग अध्यक्षको पदका लागि पनि चुनाव हारेका थिएँ । उनी झापा–७ बाट २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिएँ । २०७० माघ २१ मा उनी नेकपा (एमाले) संसदीय दलको नेता बनेका थिएँ । उनले संसदीय दलको नेताक रूपमा पार्टी अध्यक्ष खनाललाई २३ मतान्तरले पराजित गरेका थिएँ । पार्टीको नवौँ महाधिवेशनको क्रममा ओली २०७१ सालमा नेकपा एमाले को अध्यक्षको रूपमा निर्वाचित भएका थिएँ ।
केपी ओलीको पहिलो प्रधानमन्त्रीकालको कुरा गर्ने हो भने ओली २०७२ असोज २४ मा संसदीय मतदानमा प्रधानमन्त्री निर्वाचित भएका थिएँ । व्यवस्थापिका संसदमा ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गरेका थिएँ । ओलीको उम्मेदवारीलाई एकीकृत नेकपा माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरमले अन्य १३ वटा साना दलसँग मिलेर समर्थन गरेका थिएँ । उनले असोज २५ गते शपथ ग्रहण गरेका थिएँ ।
नेपालको संविधान २०७२ जारी गर्ने प्रवन्धमा भारतले लगाएको आर्थिक नाकाबन्दीले उनको पहिलो मुद्धा नै हावी भएको थियो । उनले भारतीय निर्भरताको प्रतिरोध गर्न चीनसँग संविधान संशोधन गर्ने भारतको अडान र चीनसँग व्यापार तथा पारवहन सन्धिहरूमा हस्ताक्षर गर्ने अडान लिएका थिएँ ।
नेकपा माओवादी केन्द्र बाट २०७३ असार २९ मा विद्यमान गठबन्धन सरकारबाट समर्थन फिर्ता लिएपछि र २०७३ असार ३० मा पार्टीले अविश्वास प्रस्ताव दर्ता गरेपछि नेकपा एमाले नेतृत्वको सरकार र प्रधानमन्त्री ओली अल्पमतमा खुम्चिएका थिएँ जसका कारण उनलाई राजीनामा दिन दबाब पैदा भएको थियो । तथापि, नेकपा एमाले ले गृहमा दर्ता गरिएको अविश्वास प्रस्तावबारे छलफल गर्ने निर्णय गरेको थियो जसले गर्दा सम्बन्धित पक्षहरूको तीन दिने संसदीय बैठक बसेको थियो । प्रक्रियाको क्रममा अन्य दुई प्रमुख दल राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनअधिकार फोरमले पनि गठबन्धनबाट समर्थन फिर्ता लिएको थियो । तेस्रो दिन २०७३ साउन ९ मा संसदमा विपक्षी दलहरूलाई सम्बोधन गरेपछि ओलीले राजीनामाको घोषणा गरेका गरेका थिएँ । भारतले लगाएको आर्थिक नाकाबन्दी विरुद्ध दृढ अडान राख्दै ओलीलाई तल झार्ने षड्यन्त्र गरेको आरोप भारत सरकारमाथि लागेको थियो । भारतको बाह्य मामिला मन्त्रालयले स्पष्ट रूपमा उक्त आरोपलाई अस्वीकार गरेको थियो ।
त्यसपछि दोस्रो प्रधानमन्त्रीकालको कुरा गर्ने हो भने नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र को समर्थनमा २०७४ सालको प्रतिनिधि सभा निर्वाचनपछि नेकपा एमाले प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल बनेपछि ओली २०७४ फागुन ३ मा दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका थिएँ । उनले २०७४ फागुन २७ मा २७५ सदस्यीय प्रतिनिधि सभामा २६८ मतमध्ये २०८ मतसहित विश्वासको प्रस्ताव पारित गरेका थिएँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र को वाम गठबन्धन ले २०७५ जेठ ३ मा नेपाल कम्युनिस्ट पार्टी नेकपा गठन गरी ओलीको गठबन्धन सरकारलाई बहुमतमा परिणत गर्दै सदनमा दुई तिहाई बहुमत दिलाएको थियो ।
जेठ २०७७ मा, ओली सरकारले भारत सरकारद्वारा लिपुलेक पारिको सडकको उद्घाटनको जवाफमा कालापानी, लिपुलेक र लिम्पियाधुराका विवादित इलाकाहरू सहित देशका नयाँ नक्साहरू अनावरण गरेको थियो, जसले गर्दा दुई देशबीच मनमुटाव भएको थियो । सरकारले संसदमा मुलुकको आधिकारिक नक्सा र चिह्नलाई संशोधन गर्न संविधान संशोधन विधेयक तत्काल ल्याएको थियो । तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुअघि दुवै सदनमा सर्वसम्मतिले विधेयक पारित भएको थियो ।
५ पुस २०७७ मा ओली सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको थियो र २०७८ वैशाख १७ र वैशाख २७ मा, निर्वाचनको आह्वान गरेको थियो । यसलाई राष्ट्रपतिले सजिलै समर्थन गरेको एउटा कदमको रूपमा लिने गरिन्छ । ओलीले सत्तारुढ नेकपामा एकपछि अर्को सङ्घर्ष गरेपछि यो कदम चालेको बताइएको थियो । यो कदम पार्टीको गुटसँग टुङ्गिएको थियो । त्यसको नेतृत्व पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र माधवकुमार नेपालले गरेका थिएँ । उनले सदनमा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने योजना लिएका थिएँ । विवादास्पद संवैधानिक परिषद् ऐन फिर्ता लिन ओलीको अधैर्यताले सत्तारुढ दलमा थप तनाव उत्पन्न भएको थियो । ओलीको यो निर्णय २०७७ फागुन ११ मा सर्वोच्च न्यायालयले बदर गरेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले संसद विघटनलाई असंवैधानिक ठहर गर्दै सदनलाई पुनर्बहाली गर्न र संसदको बैठक १३ दिनभित्र गर्न आह्वान गरेको थियो । ओलीले सर्वोच्च न्यायालयको फैसला स्वीकार गर्दै २०७७ फागुन २३ मा, संसद्को बैठक आह्वान गरेका थिएँ । २३ फागुन २०७७ मा सर्वोच्च न्यायालयले नेपाल कम्युनिस्ट पार्टीलाई ऋषिराम कट्टेललाई प्रदान गर्ने ऐतिहासिक फैसला सुनाएको थियो । उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्र विलय भएपछि गठन भएको नेकपालाई आफ्नो दलको नाम उपलब्ध गराउने निर्वाचन आयोगको फैसलालाई चुनौती दिएको थिएँ । न्यायालयको फैसलाले ओली र दाहालको नेतृत्वमा संयुक्त रूपमा सत्तारुढ दललाई अमान्य बनाएको थियो । यो फैसलाले पूर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्र दलहरूलाई प्रभावकारी ढङ्गले पुनर्बहाली गरेको थियो । यसले ओली सरकारलाई फेरि गठबन्धनमा परिणत गरेको थियो । नेकपा माओवादी केन्द्र ले २०७७ फागुन २९ मा आफ्ना मन्त्रीहरूलाई सम्झाएर २०७८ वैशाख २२ मा ओली सरकारबाट दिएको समर्थन फिर्ता लिएको थियो । त्यसलाई प्रभावकारी ढङ्गले अल्पमतको सरकारमा परिणत गरेको थियो ।
२०७८ वैशाख २७ मा, प्रतिनिधि सभामा खसेको कुल २३२ मतमध्ये ९३ मत मात्र प्राप्त गर्दै ओलीले विश्वासको मत प्राप्त गर्न असमर्थ रहेका थिएँ । विश्वासको मत प्राप्त गर्न आवश्यक १३६ मतको बहुमत पुग्न नसक्दा ओली ४३ मतले कम भएको थियो । राष्ट्रपतिद्वारा अर्को प्रधानमन्त्री नियुक्त नभएसम्म उनको हैसियत पछि सरोकारवाला प्रधानमन्त्रीको दर्जामा परिणत भएको थियो ।
त्यसपछि तेस्रो प्रधानमन्त्रीकालको कुरा गर्ने हो भने ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ वैशाख ३० मा तेस्रो पटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । अल्पमतको प्रधानमन्त्री भए पनि विपक्षी दलमध्ये कुनै पनि दलले बहुमतको सरकार गठन गर्न वा त्यसका लागि आफ्नो दावी उपलब्ध समय सीमाभित्र राख्न असमर्थ रहेका थिएँ । २०७८ जेठ ८ मा मध्यरातमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटनपछि ओली सरकार नयाँ निर्वाचन सम्पन्न नभएसम्म अन्तरिम सरकारमा परिणत भएको थियो । मध्यावधि निर्वाचन कात्तिक २६ र २०७८ मङ्सिर ३ का लागि तय गरिएको थियो ।
२०७८ असार २८ मा विपक्षी गठवन्धनले दायर गरेको प्रतिनिधिसभा विघटन विरुद्धको रिटको सुनुवाइ गर्न गठित सर्वोच्च न्यायालयको संवैधानिक इजलासले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधिसभा भङ्ग गर्ने निर्णय गैरकानुनी भएको उल्लेख गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।
प्रधानमन्त्रीबाट हटेपछि, २०७८ मङ्सिर १० मा, चितवनमा भएको नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा उनी अध्यक्षमा पुनःनिर्वाचित भएका थिएँ । जेन–जीको आन्दोलन नियन्त्रण बाहिर पुगेपछि राजनीतिक निकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ भदौ २४ गते राजीनामा दिएका हुन् ।
तर यहाँ नेर एउटा कुरा के पनि बिर्सनु हुँदैन भने केपी ओलीलाई नेपाली राजनितिीको चानक्य भन्दा फरक पदैन भन्ने मानिसहरु पनि हाम्रै वरीपरी छन । केपी शर्मा ओलीलाई नेपाली राजनीतिका चाणक्य भनेर किन सम्बोधन गरिन्छ भन्ने केही प्रमुख कारणहरू यस्ता छन जस्तैः
१. रणनीतिक चाल र समय–चयनमा माहिर ः ओलीले धेरै पटक पार्टीभित्र र राष्ट्रिय राजनीतिमा आफ्नो पक्ष बलियो बनाउन समय मिलाएर कदम चालेका छन् जस्तै, पार्टी फुट्ने वा मिल्ने समय, गठबन्धन तोड्ने वा बनाउने समय, संसदीय खेलमा विश्वासको मत ल्याउने प्रक्रिया आदि ।
२. गठबन्धन निर्माण र तोड्ने क्षमता ः चाणक्य जस्तै ओलीले सत्ता पाउन र टिकाउन विभिन्न दलहरूसँग अचम्मको गठबन्धन बनाउन सकेका छन् र त्यसलाई तोड्न पनि । एमाले र माओवादीको एकता, पछि प्रचण्डसँग मतभेद देखाएर सरकारको समीकरण बदल्नु जस्ता उदाहरणहरू ।
३. भाषणकला र जनमतको उपयोग ः उनको भाषण शैलीले विरोधीलाई आक्रामक तरिकाले प्रस्तुत गर्ने, आफ्ना समर्थकलाई उत्साहित बनाउने र मिडियामा ट्रेन्ड सिर्जना गर्ने क्षमता छ । चाणक्यले जस्तै जनमानसलाई आफ्नो पक्षमा पार्न उनले प्रचार–प्रसार र शब्दशैली दुवैको प्रयोग गरेका छन् ।
४. पार्टीभित्रको शक्ति सन्तुलन खेल्ने क्षमता ः एमालेमा विभिन्न गुट भए पनि ओलीले नेतृत्व केन्द्रित गरेर आफूलाई टिकाइराख्न सकेका छन् । विरोधी नेताहरूमाथि अनुशासनात्मक कारबाही वा साइडलाइन गर्ने जस्ता रणनीतिहरू अपनाएका छन् ।
५. विपक्षीको कमजोर पक्ष उपयोग गर्ने ः विपक्षीको कमजोरी पत्ता लगाएर त्यसलाई राजनीतिक फाइदा लिन प्रयोग गर्ने उनको शैलीले पनि उनलाई चाणक्य जस्तो छवि दिएको छ ।
६. लामो खेल सोच्ने प्रवृत्ति ः ओलीको निर्णयहरू छोटो अवधि भन्दा पनि दीर्घकालीन प्रभाव सोचेर चालिएको देखिन्छ चाहे पार्टी एकता होस् वा संवैधानिक कदमहरू ।
यस्तोमा अबका दिनहरुमा केपी ओलीको के कस्ता रणनिति उनले अपनाउन सक्छन भन्ने कुरामा पनि बुझने प्रयास गरौं । किनकी यो प्रश्न अहिलेको नेपाली राजनीति बुझ्न चाहने सबैका लागि निकै रोचक छ । जस्तै
१. गठबन्धन पुनःसमायोजनको सम्भावना ः ओलीले सत्ता समीकरण बदल्ने कुरा हरेक चरणमा प्रयोग गर्ने क्षमता राख्छन् । माओवादीसँगको सम्बन्ध, कांग्रेससँग समय–समयमा गरिने सहकार्य, वा साना दलहरूलाई तानेर बहुमत बनाउने प्रयास यी कदम भविष्यमा पनि देखिन सक्छन् ।
२. नयाँ पुस्तासँग इमेज रिब्रान्डिङ ः पछिल्लो चुनावमा देखिएको युवाको असन्तुष्टि बुझेर उनी आफ्ना गतिविधि र भाषणलाई युवा–मैत्री बनाउन प्रयास गर्न सक्छन् । स्टार्टअप, रोजगारी, प्रविधि र भौतिक पूर्वाधारमा ठोस योजना प्रस्तुत गरेर पुरानो सोचको नेता भन्ने छवि हटाउन खोज्ने सम्भावना छ ।
३. राष्ट्रियता र भू–राजनीतिक कार्ड ः ओलीले भारत, चीन, अमेरिका जस्ता ठूला शक्तिसँगको सम्बन्धलाई आफ्नो पक्षमा प्रयोग गर्ने सम्भावना छ । सीमाना, राष्ट्रवाद, वा वैदेशिक लगानी जस्ता मुद्दा उचालेर पुनः जनमत आर्जन गर्न सक्नेछन् ।
४. दलभित्र नेतृत्व सुरक्षित गर्ने खेल ः एमालेभित्र गुटहरू बढ्दै गएका छन् । ओलीले पार्टीमा आफ्नो वर्चस्व टिकाउन आन्तरिक पुनर्संरचना, अनुशासनात्मक कारबाही, नयाँ पुस्तालाई अघि ल्याउने वा पुराना नेताहरूलाई साइडलाइन गर्ने रणनीति खेल्न सक्छन् ।
५. मिडिया र सामाजिक सञ्जालको नयाँ शैली ः अहिलेका युवा र शहरी मतदातासम्म पुग्न उनी सामाजिक सञ्जालमा बढी सक्रिय हुने, डिजिटल प्रचार टिम बनाउने, र इमेज म्यानेजमेन्ट गर्ने सम्भावना उच्च छ ।
६. आगामी चुनावलाई टार्गेट गरेर छोटो–छोटो उपलब्धि देखाउने ः सडक, रेल, जलयात्रा जस्ता ठूला सपनाहरू भन्दा पनि तत्काल प्रभाव पार्ने साना–साना उपलब्धिहरू देखाएर मतदाताको ध्यान तान्ने शैलीमा जान सक्छन् ।
त्यसकारण केपी ओलीको राजनितिक अस्तित्व समाप्त भयो भन्न अहिले नै गलत हुन सक्छ । हामीले विश्लेषण गर्दा यि केही कुराहरु तपाईहरुमाझ लयाएको छौं यस बाहेक पनि केही थप कमी कमजोरी भएमा कृप्या कमेन्ट बक्स तपाईको प्रतिक्रियाका लागि खुला गरिएको छ ।
Comments
Post a Comment