सुविन भट्टराई चर्चित उपन्यासकार हुन् । ‘कथाकी पात्र’ कथा संग्रह लेखेर लेखन क्षेत्रमा प्रवेश गरेका भट्टराई युवापुस्तामाझ निक्कै लोकप्रिय छन् । उनका हालसम्म समर लभ, साया र मनसुन लगायतका उपन्यास प्रकाशित भइसकेका छन् ।
लेखक सुविन भट्टराईको सातौँ कृति चमेलीको फूल बैजनी रूमालु सार्वजनिक भएको छ । लेखक भट्टराई र भरतपुर चितवन निवासी पाठक रश्मीला थापाको हातबाट किताबको विमोचन भएको हो । फाइन प्रिन्टले प्रकाशन गरेको भट्टराईको यो सातौँ किताब हो । किताबमा सातवटा कथा रहेको भट्टराईले जानकारी दिए । उनले कुनै दिन यी कथामा आधारित सिनेमा बनाउने समेत घोषणा गरेका छन् । यसअघि उनका कथाकी पात्र, समर लभ, साया, इजिरोया, मनसुन, प्रिय सुफी किताब प्रकाशित छन् । भट्टराई १५ वर्षदेखि नेपाली साहित्यमा सक्रिय छ्न् ।
लेखक सुविन भट्टराईको व्यक्तिगत जीवनको बारेमा कुरा गर्ने हो भने । सुविन भट्टराई जन्म २०३९ कार्तिक १९ एक नेपाली उपन्यासकार तथा आख्यानकार हुन्। कथाकी पात्र कथा सङ्ग्रह लेखेर लेखन क्षेत्रमा उदाएका सुविन भट्टराई युवापुस्तामा निकै चर्चित बनिसकेका छन्। उनले हालसम्म समर लभ, साया र मनसुन लगायतका उपन्यासहरू लेखिसकेका छन्। उनको चर्चित उपन्यास समर लभ उनले लेखेका दोस्रो कृति हो भने पहिलो उपन्यास हो। उनको प्रथम कृति कथाकी पात्र एक लघु कथाको सङ्गालो हो। उनको चर्चित उपन्यास समर लभ त्रिभुवन विश्वविद्यालयको पर्यावरण विज्ञानको केन्द्रीय विभागमा पढ्ने दुई विद्यार्थी बीच परेको प्रेम सम्बन्धमा केन्द्रीत छ। यो पुस्तक वि.सं २०६९ मा नेपालमा सर्वाधिक बिक्रि भएको पुस्तकहरू मध्ये एक हो। यस पुस्तकको ४०,००० भन्दा बढी प्रतिलिपी बिक्री भइसकेको छ। यसको भाग दुई साया वि.सं २०७१ मा प्रकाशित गरिएको थियो जसमा कसरी उनीहरूको बीच पुनर्मिलन हुन्छ र कसरी उनीहरूले आफ्ना परिवारलाई चित्त बुझाउँछन् भन्ने विषयमा केन्द्रीत छ। यो उनको दोस्रो उपन्यास प्रकाशन गरिएको महिनामै पुन:प्रकाशन गरिएको थियो। यो पुस्तकलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा अभिनेत्री गरिमा पन्त, केकी अधिकारी र स्वयम् लेखकले सार्वजनिक गरेका थिए।
सुविन भट्टराई नेपालको पूर्वी जिल्ला खोटाङमा जन्मिएका थिए। उनको परिवार पछि बसाइसराइ गरी काठमाण्डौ आएका थिए। उनका पिता सरकारी कर्मचारी हुन् भने आमा घर गृहिणी हुन्। उनले २०६२ सालमा त्रिभुवन विश्वविद्यालयबाट पर्यावरण विज्ञानमा स्नातकोत्तर हासिल गरेका थिए। उनमा बाल्यकाल देखिनै विश्वेश्वरप्रसाद कोइराला, ध्रुवचन्द्र गौतम, मार्क ट्वेन, चार्ल्स डिकेन्स, आन्तोन चेखब, पारिजात आदिबाट प्रभावित भएका थिए।
भट्टराईले १० वर्षको उमेर विद्यालयबाट लेखन क्षेत्रमा कदम राखेका थिए। उनले कविता लेख्न सुरु गर्दै थुप्रै कविततहरू रेडियो नेपाल मार्फत प्रसारण गरेका थिए। उनले रेडियो नेपालबाट प्रशारित विभिन्न नाटकहरूमा बालक कलाकारको भूमिका निर्वाह गरेका थिए र रेडियो नेपालको कार्यक्रम हातेमालोको उप-सञ्चालक पनि रहेका थिए। उनको प्रथम पुस्तक कथाकी पात्र विभिन्न लघु कथाहरूको सङ्गालो हो जुन वि.सं २०६८ मा प्रकाशित भएको थियो। यो कथा सहरी युवा र प्रेम कहानीमा आधारित छ। उनले सो कथा प्रकाशन गरेपश्चाथत् उनमा आत्मबलको विकास भयो जसले गर्दा उनले युवा केन्द्रीत उपन्यासहरू लेखेका छन्। उनको दोस्रो कृति समर लभ (२०६९) व्यापारीक हिसाबले एक सफल उपन्यास हो। समर लभको सफलतासँगै सुविन भट्टराई युवामाझ लोकप्रिय बनेका थिए र सोही लोकप्रियता र पाठकहरूको विशेष अनुरोधमा उनले त्यस पुस्तकको दोस्रो भाग साया बजारमा ल्याएका थिए। उक्त पुस्तकले समर लभले राखेको सर्वाधिक बिक्री हुन सफलको किर्तिमानी तोडेको थियो। उनको दोस्रो उपन्यास समर लभमा आधारित सोही नामको चलचित्र समेत बनेको छ जसको निर्माता लोकप्रिय चलचित्र निर्माता विकास आचार्य हुन्। उनले वि.सं २०७५ सालमा मनसुन नामक प्रेम कहानीमा आधारित उपन्यास प्रकाशित गरिसकेका छन्।
सुविनका बारेमा केही ससाना कुराहरुका बारेमा बुझन खोज्दा सरल जीवनशैलीका धनी भट्टराई बिहान ६ देखि ७ बजेसम्म उठ्छन् र दिन लेखन, अध्ययन तथा चलचित्र हेर्दै बिताउँछन् । उनी बिहान दूधमा ओट्स, बदाम र केरा मिसाएर नास्ता गर्छन् । स्वास्थ्य सचेत भट्टराई हाल माछा बढी खाने गर्छन् भने मादक पदार्थ कहिलेकाहीँ मात्र सेवन गर्छन् । खाना पकाउन रुचाउने उनी आफ्नै हातको माछा मासु र चिया मन पराउँछन् । सादा र क्याजुल लुगा रोज्ने भट्टराई मेकअपमा खास ध्यान दिँदैनन् । हाल उनी रेनल्ट क्विड कार प्रयोग गर्छन् र प्रायः १० देखि ११ बजेभित्र सुत्छन् । भट्टराईको साधारण तर अनुशासित जीवनशैली र सिर्जनशील सोचले उनलाई आधुनिक नेपाली साहित्यका प्रेरणादायी हस्ती बनाएको छ ।
सञ्चारकर्मी अच्युत घिमिरेको श्रुतिसंवेग मा एकपटक लगातार इमेल आउन थाल्यो, समर लभ पढिदिनुपर्यो। लगातार इमेल आइसकेपछि उनले सुविन भट्टराईको ‘समर लभ’ पढे। यति धेरै प्रतिक्रिया आउन थाल्यो उनी उनी चकित परे। एकै पटक ४ हजार श्रोताले रेडियो सुन्न थाले। उनै चर्चित लेखक सुविनसँग भेट्ने समय मिलाए अच्युतले । भेट्दा अच्युतलाई उनी सुविन हैन जस्तो लाग्यो। यति चर्चित मान्छे, तर यति सरल, अच्युतले सुनाए। इजोरियासम्म आइपुग्दा लेखक एउटा मात्र जोनमा बस्ने कि नबसने प्रश्न जान्छ। काठमाडौँ छाडेर मधेस जाने बित्तिकै लेखकका टाउको दुखाइ हराए। गर्नका लागि गरेको भन्दा नि रियल्ली इन्जोय गरेँ। जिन्दगीमा नयाँ कुरा सिक्ने मौका पाएँ,’ सुविन भन्छन्।
इजोरियाबाट उनले मधेसमा ठूलो सङ्ख्यामा पाठक बढाएको बताउँछन्। उनका अनुसार इजोरिया कहिल्यै नेपाली साहित्य नपुगेको ठाउँमा इजोरिया लगेर राखियो। सुविनको लेख्ने बाहेक अरू कुनै काम छैन। लेखेरै बाँचेका छन् सुविन, त्यो पनि कार चढेर । र उनै घिमिरेले सुविनलाई सोधे, तपाईंलाई सन्तुष्टिचाहिँ कतिबेला हुन्छ ? उनी लेखनका विभिन्न तह सम्झन्छन्। ‘लेखनको सन्तुष्ट आफ्नो छ । लेखेका कुरासँग आफू कति विश्वस्थ हुनसक्नुहुन्छर? पाठकको तहसम्म जाने अर्को लेखाइ हुन्छ। जब पाठकले राम्रो भन्छ सन्तुष्टिको अर्को तह निर्माण हुन्छ,’ सुविन भन्छन्।
अच्युतले आफ्नो पब्लिकसनमा सय वटा पाण्डुलिपीमा ५० वटा सविनै प्याट्रनका उपन्यास आउने बताउँछन्।
सुविन सुरुवाती दिनमा कथा लेख्दा र प्रकाशन गर्न बेहोर्नुपरेको सास्ती सम्झन्छन्। ‘कथाकी पात्र’ उनले फरक फरक समयमा लेखेर संग्रह गरेका कथा सङ्ग्रह हो। यो प्रकाशन गर्नुअघि आफूले झोलामा पाण्डुलिपि हालेर हिँडेको सम्झन्छन्। प्रकाशक नभेटेपछि उनले आफ्नै लगानीमा पुस्तक प्रकाशन गरेका थिए।
‘कथाकी पात्र’ले पाठक आकर्षित गरेर ‘समर लभ’ले प्रकाशक पायो। अहिले उनलाई धेरैले त ‘समर लभ’कै लेखक भनेर चिन्छन्। अहिले सुविनलाई धेरै नयाँ पुस्ताले पाण्डुलिपि पढिदिनु भनेर पठाउँछन्। ‘पहिले म झोलामा पाण्डुलिपि बोकेर पढिदिनुस् न भन्थेँ। म त्यो सम्झन्छु। अनि दराजबाट पाण्डुलिपि निकालेर पढ्छु,’ उनी भन्छन्। ‘अरूले जीवनभर लेखेको किताब हिट नहुने। तपाईंले फ्याटफ्याट लेखेको किताब हिट हुन्छ। यसको जादु के छरु’ अच्युतको जिज्ञासामा उनी भन्छन्, ‘पाठकको विश्वास, सरल भाषा शैलीले हो।’ उनी नयाँ पुस्ताबाट पनि धेरै सिकिरहेको बताउँछन्।
उपन्यास लेख्न चाहनेलाई सुविन भट्टराईका २० टिप्स यस्ता छन ः
उपन्यास लेख्न चाहने उनीहरुलाई सुविनले आफ्ना अनुभव मिश्रित टिप्सहरु दिएका छन। उपन्यास लेखनबारे सुविनका टिप्सको अडियो यो सामग्रीको अन्तिममा छ।
१. कसका लागि लेख्ने कस्ता पात्रहरु छन् भन्नेले नै कसका लागि लेखिँदैछ भन्ने निर्क्यौल हुन्छ। सम्पूर्ण समाजका लागि एउटै उपन्यास लेख्न सम्भव हुँदैन। महिला, युवा, धर्म, समूह, वर्ग कसका लागि लेख्ने हो छुट्याउनुपर्छ। त्यसका लागि अध्ययन गर्नुपर्छ। सम्बन्धित विषयका लागि स्थलगत अध्ययन गर्नुपर्छ। त्यसका बारेमा विभिन्न तरिकाबाट अध्ययन गर्नुपर्छ। जस्तैः मैले समर लभु लेख्नु पहिला नर्बे घुमेको थिइनँ। त्यहाँको परिवेशबारे लेखेँ। त्यसका लागि नर्बेमा भएका साथीहरुलाई रातरातभर त्यहाँको अवस्था स्काइप मार्फत देखाउन भनेँ।
२. आफ्नै मगज हल्लाउनुपर्छ सुरुमा आफैलाई लेखिरहेको विषयले प्रभावित पार्नुपर्छ। आफैलाई प्रभावित पारेन भने पाठकको मन छुँदैन।
३. लेखनका लागि अत्यावश्यक अध्ययन तपाईँ अरुका किताब पढ्नुहुन्न भने लेख्नै सक्नुहुन्न। म पनि पढ्छु। अंग्रेजी भाषाका किताब पढ्दा स(साना विषयमा पनि सुन्दर रुपमा लेख्न सकिने रहेछ भन्ने सिकिन्छ। जुन भाषामा किताब लेख्ने हो, त्यो भाषाका पुस्तक पढ्नैपर्छ।
४. पुस्तक मात्रै अध्ययन? हैन, मान्छेको पनि अध्ययन गर्नुपर्छ। जसले तपाईँलाई पात्र निर्माण गर्न सहयोग गर्छ। त्यसका लागि असल र खराब दुबै थरीका मान्छेको संगत गर्नुपर्छ। थोरै खराबको र धेरै असल मान्छेको संगत गर्नुपर्छ। अध्ययन लेख्नु पहिलादेखि पाण्डुलिपि छापाखानामा नपठाउन्जेलसम्म हुन्छ।
५. उपन्यासको अस्थिपञ्जर तपाईँ उपन्यास लेख्न लाग्नुभएको छ भने त्यसको अस्थिपञ्जर बनाउनुस्। उपन्यास एक कथा हो। यसका लागि लेख्नु पहिला मूल कथाको संरचना निर्माण गर्नुस्। लेखनका क्रममा पात्रहरुलाई धेरै लगाम लगाउनुहुन्न तर मूल कथाबाट बहकिनु हुँदैन। प्रत्येक घटना र पात्रलाई मूल कथासँग बाँधिराख्न अस्थिपञ्जरले सहयोग गर्छ। यो मूल कथा हो जुन सधैँ एउटै हुन्छ। अस्थिपञ्जरबाट म उपन्यासमा कति पृष्ठ र शब्द खर्चिन्छु भन्ने कुरा पहिल्यै तयार पार्छु।
६. चाखलाग्दो सुरुवात उपन्यास वा कथा जेसुकै होस्, सुरुवात चाख लाग्दो हुनुपर्छ। यसले पाठकमा ुयसपछि के होलारुु भनेर उत्सुकता जाग्छ। त्यस्तै चाखलाग्दो संवादबाट पनि सुरुवात गर्न सकिन्छ। कुनै चिज गहन छ भने न्यारेसनमा भन्नु हुँदैन, त्यसलाई पात्रका सम्वादमार्फत भन्नुपर्छ। घटना, पात्रका संवाद र भन्न खोजेको सन्देश मिलाएर दिनुपर्छ। गन्थन र भाषणबाट सुरु गर्नु हुँदैन। यस्तो गर्नु लेखकको रोग हो।
७. पात्र छनोट पात्रहरुको प्रवेश गराउँदा सिधै घटना भन्न हुन्न। परिवेश, पात्रले कस्तो लुगा लगाएको छ, हिँडडुल, चरित्रचित्रण, बडी ल्याङ्ग्वेज जस्ता कुरामा ध्यान दिनुपर्छ। यसले लेखनलाई जिवन्त बनाउँछ। कथामा कस्तो चिज चाहिन्छ त्यसका लागि मात्र पात्र हाल्नुपर्छ।
८. छोटा मिठा वाक्य लेख्ने लेख्दाखेरी लामा चौडा कुरा लेख्नुहुन्न। छोटा वाक्य लेख्नुपर्छ। भन्न खोजेका कुरा टू द पोइन्टु लेख्नुपर्छ। साहित्य फूटबल खेलेजस्तै खेलाउँदै जानुपर्छ भन्ने छ, जसका लागि भाषामा खेल्नुपर्छ। भाषा र प्रस्तुतिमा कुरा आउनुपर्छ। पात्रसँगै उपन्यासको घटनाक्रम अगाडि बढाउनुपर्छ।
९. नयाँ विषय र आफ्नै शैली अमर न्यौपानेले भन्ने गर्नुहुन्छ, पहिलोपटक साइकल बनाउने वैज्ञानिक हुन्छ, त्यसपछि बनाउने मिस्त्री। यो लेखनमा पनि लागू हुन्छ। नयाँ विषय र नयाँ शैलीमा लेख्नुपर्छ। अरुका शैली पछ्याउनुहुन्न। तपाईँ कुनै लेखकबाट प्रभावित हुन सक्नुहुन्छ तर शैली पछ्याउनुहुन्न। आफ्नै शैली निर्माण गर्नुपर्छ। कसैको शैली पछ्याउँछ पुर्याउँछ।
१०. घुमघाम लेखकले घुमघाम गर्नुपर्छ। घुम्ने भनेको कुनै रेस्टुरेन्टमा जाने, रिसोर्टमा जाने भनेको होइन। जुन ठाउँ गयो, त्यो ठाउँका मान्छेहरुसँग भेट्नुपर्छ। कुराकानी गर्नुपर्छ। त्यसले सेटिङ, पात्र, विषय र परिवेश थाहा हुन्छ।
११. कल्पना शक्ति फिक्सन लेखकमा कल्पना गर्नसक्ने दिमाग हुनुपर्छ। एउटै दृश्यलाई सम्भाव्यताका विभिन्न कोणबाट हेर्नुपर्छ। कुनै घटना देखेपछि त्यसैमा आधारित भएर काल्पनिक कथा बुन्न सक्नुपर्छ।
१२. विम्बको प्रयोग ुसमर लभु मा मैले धनगढीको गर्मीलले ुमम जस्तै स्टिम्डु पारेको भनेको छु। यो नयाँ विम्बको प्रयोग हो। हामी साइबर युगमा छौँ। अब रातलाई विम्बमा भन्दा ुचुक घोप्ट्याएजस्तो अध्याँरोु विम्ब हजारौंपटक प्रयोग भइसके। ुपासवर्ड जस्तै गोप्यु को प्रयोग गरेको छु मैले। विम्बले लेखनलाई पठनीय बनाउँछ।
१३. कविताजस्तो भाषा लेखनको भाषा कविताजस्तो हुनुपर्छ। प्रत्येक लाइन अन्डरलाइन गर्न लायक होस्। पढ्दाखेरि वाह, भन्न मन लाग्ने लाइन हाल्नुपर्छ। यसले गर्दा २ र ३ पाठ पढ्दा बोर फिलु गरेको पाठकले १ लाइन पढ्दा क्षमा गरिदिन्छन्। केही राम्रा लाइन बाटोमा फुर्छन्, साथीसँग कुरा गर्दा फुर्छन्। फुर्ने बित्तिक्कै लेखिहाल्नुस्। म बाइक कुदाइरहेको बेला फुरे पनि रोकेर टिप्ने गर्छुं।
१४. सरल लेखन साहित्य सबैले बुझ्ने हुनुपर्छ। रिक्सा चालकले पनि पढेर आँसु तुरुक्क आँसु झारोस् न तब पो साहित्य। बुद्धको शून्यवाद, नित्सेको फिलोसपी, मार्क्सको दर्शन ल्याएको लेखन मात्र गहन हुँदैन। सरल साहित्यको चमत्कार त्यही हो।
१५. द्वन्द्व कथामा द्वन्द्व हुनुपर्छ। केका लागि भइरहेको छ? कुनै कथा आयो र कथामा समस्याहरु छन् भने त्यो नै द्वन्द्व हो। द्वन्द्वले नै कथालाई ुअप एन्ड डाउनु बनाइराख्छ। पात्रहरुलाई माथि चढाउने र तल झार्ने काम द्वन्द्व मार्फत राम्रोसँग गराउन सक्नुपर्छ।
१६. लेखकका आँखा आम मान्छेले नदेखेको कुरा लेखकले देख्नुपर्छ। कुशल लेखकले एउटै विषयलाई क्यामेरामेनले जस्तै विभिन्न एंगलबाट हेर्न सक्नुपर्छ। लेखक भएपछि कार्पेटमा अड्किएको धुलो पनि देख्न सक्नुपर्छ। अब्जर्भेसन पावर लेखकमा भिन्न खालको हुनुपर्छ।
१७. आख्यान वर्णनात्मक हुनुपर्छ वर्णानात्मक लेखनले कथालाई जिवन्त बनाउँछ। पाठकमा यो बास्तविक घटना हो भन्ने पार्छ। मैले समर लभको रिस्पोन्समा फिलिम हेरेजस्तो लाग्यो भन्ने पाएको छु। कथा भिजुअलाइज होस्। कतिपय नेपाली उपन्यास कथा छन् जुन यो कतिबेला भइरहेको छ? कोठाभित्र हो कि कोठा बाहिर भन्ने पनि थाहा हुँदैन। पात्रहरुको उमेर कुन होरु त्यो होइन। लेखनमा केही हदसम्म समाज पनि देखिनुपर्छ। ती पात्रको व्याख्या मार्फत भन्नुपर्छ। वर्णन मार्फत भन्नुपर्छ।
१८. पञ्च्लाइन लेखाइमा सक्दो पञ्च्लाइन हाल्नुपर्छ। कतिपय अवस्थामा विम्ब राम्रो भयो भने पञ्च्लाइन राम्रो हुन्छ। चट्ट अन्डरलाइन गर्न मिल्ने। चोरेर फेसबुक ट्विटरमा हालिहालुँ जस्तो लागोस् र पढेर अरुलाई वाह हेर न कस्तो लेखेछ भन्न मन लागोस् त्यस्तो लाइनहरु तपाईँहरुले उपन्यासमा हाल्नुपर्छ। यसले पाठकलाई पाना पल्टाउन सहयोग पुर्याउँछ।
१९. पुनर्लेखन उपन्यास तथा कुनै पनि कृति लेखनमा पुनर्लेखनको खाँचो अति हुन्छ। यसले किताबलाई अति राम्रो बनाउँछ। जति लेख्दै गयो त्यति राम्रो बनाउँछ किताबलाई। बारम्बारको पुनर्लेखन भनेको मूर्तिकारले मूर्ति बनाएजस्तो हो। उसले पटक पटक छिना चलाएर राम्रो मूर्ति बनाउँछ त्यस्तै काम गर्छ पुनर्लेखनले। पुनर्लेखनका बेला राम्रा चिज पनि फालिन्छन्। त्यसैले, पुनर्लेखनका बेला सचेत भएर गर्नुपर्छ।
२०. सशक्त अन्त्य आख्यान सशक्त अन्त्यले बनाउँछ। अन्त्य आफैमा पञ्च हुनुपर्छ लाग्छ मलाई। भरसक पूर्वानुमान लगाउन सक्ने नहोस्। हुनसक्छ पूर्वानुमान लगाउन सकिने तर विश्वासिलो र पाठकको मनमा बसिराख्ने खालको हुनुपर्छ। कथाको थीम अनुसारको अन्त्य दिनुपर्छ। नयाँ चिज दिनुपर्छ अन्त्यमा। सबैले लेखिरहेको जस्तो अन्त्य गर्नु हुँदैन। अलिकति फरक अन्त्य गर्नुपर्छ।
Comments
Post a Comment