Skip to main content

Who is Sudha Sharma Gautam?

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै मन्त्रालयको पूर्वसचिवलाई मन्त्रीको रुपमा पाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार शपथ लिएर मन्त्री शर्माले कार्यभार सम्हालिसकेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीले विस्तार गर्न लागेको मन्त्रिपरिषदमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा गौतम स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी हुन्। अहिले कार्की नेतृत्वको सरकारले उनलाई नै स्वास्थ्य मन्त्री बनाइएको छ । यस अगाडी स्वास्थ्य सचिव नै भएकी डा संगीता मिश्रालाई मन्त्री बनाउन लाग्दा विवादमा आएपछि कार्कीले स्वास्थ्यमा डा सुधा शर्मा गौतमलाई रोजेकी हुन् । विषयगत विधामा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ समेत रहेकी डा. शर्मा पूर्व स्वास्थ्य सचिव हुन्। 

नेपाली कांग्रेसनिकट रहेकी सुधा शर्मा गौतम स्वास्थ्यमन्त्री बनेकी छन् । पूर्वस्वास्थ्य सचिव शर्मा गौतम कांग्रेसमा पनि गिरिजाप्रसाद कोइरालानिकट भनेर चिनिन्थिन् । गिरिजाप्रसाद कोइराला सभापति तथा प्रधानमन्त्रीको भएको बेलामा निकै अवसर पाएकी थिइन् ।

कोइरालाकै साथ पाएका कारण स्वास्थ्य मन्त्रालको सहसचिव भएको बेलामा शर्मा नेपाल चिकित्सक संघको अध्यक्ष भएकी थिइन् । हुन त, त्यतिबेला उनी बागी उम्मेदवार बनेकी थिइन् । शर्मा प्रशस्त अवसर पाएकी पूर्वकर्मचारी हुन् ।

२०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गरेकी उनी नेपालको स्वास्थ्य क्षेत्रमा तल्लो तहबाट सेवा सुरु गरेर सबैभन्दा माथिल्लो तह (सचिव)  पदसम्म पुग्न सफल भएकी एक स्वास्थ्यकर्मी हुन्। तर शर्माले सचिवको पदमा भने पुरा कार्यकाल बिताइनन्। उनले उमाकान्त चौधरी र राजेन्द्र महतो स्वास्थ्य मन्त्री भएको समयमा मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेपनि तत्कालीन समयमा मन्त्रीले सचिवको काममा अनावश्यक हस्तक्षेपको गरेको विरोधमा राजनीतिक नेतृत्वसँग लामो समय द्वन्द्व चलेपछि पुरा कार्यकाल पुरा नगरी बिचैमा राजीनामा दिएकी थिइन। १९५५ मा जन्मिएकी र हाल ७० वर्षीया डा. शर्माले लामो समय निजामती सेवाको विभिन्न पदमा रहेर अनुभव हासिल गरेकी छन्।  काठमाडौंमा जन्मेकी शर्माका बुबा लक्ष्मीनाथ गौतमका बुबा गृहसचिव थिए। पछि उनी राष्ट्र बैंकका गभर्नर पनि भए। डा. शर्मा लक्ष्मीनाथ र उनकी पत्नी सुभद्राका ११ सन्तानमध्ये कान्छी हुन्। उनी न्योखा (क्षेत्रपाटी) को कन्या मन्दिर पढेकी हुन्। २०२८ सालमा एसएलसी दिएकी उनले अमृत साइन्स कलेजबाट आइएससी गरेकी हुन्। त्यसपछि भारत, राँचीको राजेन्द्र मेडिकल कलेजमा पढिन्। फर्केर उनले थापाथलीस्थित प्रसूति गृहमा काम गरिन्। २०३९ सालमा उनको भरतपुर अस्पताल, चितवनमा नियुक्ति भयो। डा.. शर्माले सन् २००८ देखि २०११ सम्म तीन वर्ष तीन महिना स्वास्थ्य सचिवका रुपमा स्वास्थ्य मन्त्रालयको प्रशासनिक नेतृत्वमा थिइन्। डा. शर्माले भारतको राजेन्द्र मेडिकल कलेज राँची झारखण्डबाट एमबीबीएस गरेकी हुन् । उनले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) बाट डिजिओ गरेकी छन् भने बेलायतस्थित रोयल कलेज अफ लण्डनबाट फेलोसीप गरेकी छन् । डा.. शर्माले त्रिभुवन विश्वविद्यालयबाट मास्टर्स अफ पब्लिक हेल्थमा गोल्ड मेडलिष्ट समेत हुन्। २०४४ सालमा उनले 'आइओएम' बाट प्रसूति एवं स्त्री रोग (डिप्लोमा इन अबसेट्रिक्स एन्ड गाइनोकोलोजी–डिजिओ) को पढाइ गरिन्।

पछि बेलायतको रोयल कलेजमा स्त्री तथा प्रसूतिसम्बन्धी विषय (एमआरसिओजी) पढिन्। त्यहाँ रहँदा उनले म्यानचेस्टर सहरनिरको टेमसाइड अस्पतालमा मेडिकल अधिकृतकै जागिर खाइन्। राष्ट्रिय मात्रै होइन, अन्तराष्ट्रिय क्षेत्रमा पनि डा. शर्माको योगदान उल्लेखनीय रहेको छ। विधागत रुपमा स्त्रीरोग विशेषज्ञ रहे पनि डा. शर्मा एक सफल जनस्वास्थ्यविद् समेत हुन्। उनले विश्व स्वास्थ्य संगठन र अन्य स्वास्थ्य क्षेत्रमा विभिन्न संघ संस्थामा रहेरसमेत काम गरेकी छन्। 

संयुक्त राष्ट्रसंघीय एजेन्सी, डब्लुएचओ र अन्तर्राष्ट्रिय संस्थामा सल्लाहकारका रूपमा काम गरिसकेकी छन्।  उनले युनिसेफ तान्जानियामा स्वास्थ्य तथा पोषण विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेकी थिइन्। स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी डा. सुधा गौतमले आइएनजीओको जागिर खान सरकारी जागिर छाडेको भेटिएको छ । तत्कालीन स्वास्थ्य सचिवबाट राजीनामा दिएर उनी युनिसेफको (P4) उपसचिव लेभलमा जागिर खान गएकी थिएन । प्रधानमन्त्री सुशीला कार्कीले उनलाई मन्त्रीमा सिफारिस गरेकी हुन् । जेनजी आन्दोलनपछि मन्त्री पदबाट हटेका प्रदीप पौडेल र तत्कालीन स्वास्थ्य तथा  जनसंख्या मन्त्री तथा कांग्रेस महामन्त्री गगन थापाको सल्लाहकारका रुपमा पनि उनले काम गरेकी थिइन् ।


डा. सुधा नेपाल चिकित्सक संघकी पहिलो महिला अध्यक्ष पनि हुन्। चिकित्सक संघको अध्यक्षका रूपमा उनी २०६२-६३ को जनआन्दोलनमा सक्रिय थिइन्। २०६५ मा उनी प्रसूति गृहको निर्देशक भइन्।

- २०६५ सालमै कायममुकायम जनसंख्या सचिव भइन्। २०६६ मा नयाँ सरकारसँगै उनी स्वास्थ्य सचिव भइन्।

- २०६७ वैशाख २० गते उनी फेरि स्वास्थ्य सचिवबाट जनसंख्या सचिव भइन्। पछि फेरि स्वास्थ्य सचिव भएकी थिइन्।

- २०६८ पुसमा भने उनले स्वास्थ्य मन्त्रालयको सचिव पदबाट राजीनामा दिइन्। 


सरकारी सेवाबाट बाहिरिएपछि डा. शर्माले युनिसेफ, तान्जानियामा स्वास्थ्य र पोषण विभाग प्रमुखका रूपमा काम गरेकी थिइन्। त्यहाँबाट फर्केपछि उनी विभिन्न संघसंस्थामा आबद्ध रहेर स्वास्थ्यसम्बन्धी काममा सक्रिय थिइन्।

- उनका 'सिंहदरबारको घुम्ने मेच' र 'अप्रमेय' किताब सार्वजनिक छन्।

- मन्त्री शर्माका श्रीमान विजय शर्मा, छोरा गौरव र छोरी ऋचा सबै डाक्टर हुन्।

यति मात्रै नभएर डा. शर्मा नेपालमा पनि चिकित्सकहरूको साझा संगठन नेपाल चिकित्सक संघको इतिहासमा महिलाबाट अध्यक्ष हुने एक मात्रै महिला चिकित्सक समेत हुन। चिकित्सक संघको इतिहासमा बागी उम्मेदवार उठेर अध्यक्ष जित्न उनी सफल भएकी थिइन्।

- शर्मा २०६२/६३ सालमा चिकित्सक संघको अध्यक्ष थिइन्। यस्तै थापाथली स्थित प्रसूति गृहको निर्देशकदेखि  नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग)को अध्यक्षको जिम्मेवारी समेत उनले सम्हालेकी छन्। 

हालै मात्र शर्माले स्वास्थ्य मन्त्रालय/डीएफआईडीका लागि सल्लाहकारका रूपमा रहेर सेफ मदरहुड तथा न्यूबर्न हेल्थ रोडम्याप २०३० बनाउन नेतृत्वको जिम्मेवारी पाएकी थिइन्। यही अवस्थामा जेन्जी आन्दोलन भयाे र सुशीला कार्की प्रधानमन्त्री बनिन्। कार्की नेतृत्वकाे उक्त सरकारमा डा. शर्मा आफैँले विगतमा प्रशासनिक नेतृत्व समालेको मन्त्रालयमा नै मन्त्रीको जिम्मेवारी पाएर पुन: सिंहदरबार छिर्न लागेकी हुन्। 

नेपालको स्वास्थ्य प्रणालीलाई तल्लो तह देखिनै राम्रोसँग बुझेकी डा. शर्माले भने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समालेको खण्डमा जेनजी आन्दोलनबाट जलेर ध्वस्त भएको स्वास्थ्य मन्त्रालयको प्रणालीलाई फेरि शून्यबाट सम्हाल्नु परेको छ। 

We welcome you to this blogger where you can find :- Motivational Videos, Facts videos, Life Quotes + Motivational Quotes, Life story short videos, Traveling vlogs + personal videos, This blogger will help you in these ways :- To improve your life, To improve your knowledge, To motivate you with life short stories, so if you want success in life Follow the blogger :)

Comments

© 2020 Samaya Chakra

Designed by Open Themes & Nahuatl.mx.