Skip to main content

Who is Musician Babul Giri?

 गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरी आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ परेका छन् । अनाम नगरस्थित स्टुडियोमा आत्मदाहको प्रयास गरेकी गायिका नितु पौडेलको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएपछि गायक गिरी पक्राउ परेका हुन् । गायिका पौडेलको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको अवस्थामा शुक्रबार बिहान साढे ८ बजे मृत्यु भएको थियो । प्रहरीले गिरीविरुद्ध नीतु पौडेलको मृत्यु भएपछि उनका दाइ गणेश पौडेल जाहेरी लिएर प्रहरी कार्यालय पुगेका हुन । आत्महत्या दुरूत्साहनमा जाहेरी दिएपछि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । आफैंमाथि आगो लगाइरहेको अवस्थामा गायिका पौडेललाई गत शनिबार प्रहरीले उद्धार गरेर कीर्तिपुर बर्न अस्पताल पुर्‍याएको थियो । उक्त घटनामा गिरी पनि सामान्य घाइते भएका थिए । प्रारम्भिक अनुसन्धानमा प्रहरीले गिरी र पौडेल प्रेम सम्बन्धमा रहेको र विवादले यो घटना भएको जानकारी प्राप्त भएको जानकारी दिएको छ । 

--------------------------------------------------------

अब यस्तोमा धेरैलाई थाहा नहुन सक्छ यो घटनामा मुच्छिएका बाबुल गिरी को हुन भनेर त्यस कारण आउनुहोस आजको यो एपिसोडमा बुझने प्रयास गरौं । बाबुल गिरीका बुबा भुपु इण्डीयन आर्मी भएका कारण बाबुलको जन्म भारतको आसाम भन्ने ठाउँमा जन्मेका थिए । बाबुलका बुबाले सेनाको जागरि छोडेपछि बाबुलको परिवार भारत बाट नेपाल फर्कियो । कारण बाबुलका बुबाले सोनाको जागरि छोडेपछि परिवारको पेट पाल्न ठेक्का पटटा गर्ने ज्याला मजदुरी गर्ने क्रममा रक्सीको अत्याधिक सेृवनले गर्दा टीबी जस्तो रोगले छोयो जसकारण उनी पुरा परिवार नेपाल फर्किन बाध्य भयो । त्यो बेला बाबुल गिरीको उमेल लगभग ३ वर्ष जति थियो । बाँकी अंश जस्ताको त्यैस्तै एके प्लस बाट साभार यो भिडियोमा हेर्न सक्नुहुनेछ ।

कुनैबेला नेपाली रियालीटी 'सो'को अडिसनबाट निकालिएका गायक बाबुल गीरी नेपाली  चलचित्रको 'छक्का पञ्जा -४' को सिरुपाते जुँगामा बोलको गीतबाट हिट गायक बन्न सफल भएका छन। भनिन्छ नि बैगुनीलाई गुणले मार्नुपर्छ हो त्यस्तै कुनैबेला गायक रामकृष्ण ढकाल निर्णायक रहेको  नेपाली तारा नामक गायन  रियालीटि 'सो' मा अडियसन दिन गएका बाबुल गिरि निकालिएका थिए।उक्त 'सो' मा गायक रामकृष्ण ढकाल गीतलाई  सहि ढंगबाट प्रस्तुती दिन नसकेको भन्दै निकाली दिएका थिए ।निर्णायकले गीतको ताल स्वर नमिलेको भन्दाभन्दै उनले अनावश्यक तर्क गर्दै ढिपी गरेर उल्टै जवाफ सवाल गरेको विभिन्न भिडियो क्लिपमा देख्न सकिन्छ। यतिबेला भने उनै निकालिएका  बाबुल गिरीले स्वर संगित दिएको नेपाली चलचित्र छक्का पञ्जा-४  को सिरुपाते जुंगामा बोलको  गीत हिट भएको छ भने पछिल्लो समय यहि गीतमा उल्लेख्य रुपमा टिकटक बनेका छन। गायक बाबुल गिरीले त्यो अडियसनमा ब्यहोर्नु परेको अपमानले यदि सानो मुटु भएको मान्छे भए आत्महत्या समेत गर्थ्यो तर मैले गर्न सकिन  उनले भन्छन। त्यसैगरी त्यतिबेला निर्णायक प्रती गरेको आफ्नो व्यबहार ठिक नभएको बताउदै गुरुहरु संग त्यसरी बिबाद गर्नु आफ्नै गल्ती भएको समेत बताएका छन।

र अब फर्कि नितु र बाबुलको किच चलीरहेको विवादको बारेमा सामाजिक संजालमा एउटा र विभिन्न मिडियाहरुमा भइरहेको बहस बारे यहाँ नेर कुराकानी गरौं । कात्तिक १ गते शनिबार पौडेलले अनामनगरस्थित गायक बाबुल गिरीको गीत रेकर्डिङ स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् । आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि कीर्तिपुर वर्न अस्पताल लगिएको थियो । जहाँ चिकित्सकहरुको टोलीले उनलाई मृत घोषणा गरिसकेको छ । यस घटनामा प्रहरीले यसअघि गायक बाबुल गिरीलाई बोलाएर सोधपुछ गरेको थियो । पछि पौडेलको मृत्यु भएपछि उनका दाइ गणेश पौडेल जाहेरी लिएर प्रहरी कार्यालय पुगेका छन् । गायक बाबुल गिरीविरुद्ध जाहेरी प्रहरी वृत्त सिंहदरबारमा पुगेको हो । अब जाहेरी दर्ता गरेर गायक गिरीमाथि अनुसन्धान अघि बढाउनुपर्ने परिवारले जनाएको छ । गणेशले आफ्नो बहिनीको हत्या भएको दाबी गर्दै कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका हुन् । मिडियामा आए अनुसार विगत ८–९ वर्षदेखि नितु र गिरी प्रेम सम्बन्धमा रहेको बताइएको छ । दुई जनामात्रै भएको कोठाभित्र नितुलाई जलाइएको परिवारको आरोप छ । गिरीले भने स्टुडियोमा गएर शरीरमा पेट्रोल छर्केर गायिका पौडेलले आत्मदाहको प्रयास गरेको बताएका छन् । बाबुलको स्टुडियोको तलपट्टी नितुको डुर्बिना क्याफे छ । चिया पसल चलाउनेदेखि उनले संगीत करिअरलाई पनि अघि बढाउँदै आएकी थिइन् । उनीहरूको प्रेम सम्बन्धबारे पछिल्लो समय संगीत क्षेत्रका अधिकांश जानकार रहेको बताइन्छ । पारिवारिक स्रोतका अनुसार ६ महिनायता उनीहरूबीच विवाहलाई लिएर झगडा हुँदै आएको थियो । विवाहलाई लिएर दिनहुँ झगडा हुन थालेपछि बाबुलले नितुसँग विवाह नगर्ने बताउन थालेको स्रोत बताउँछ । त्यसपछि नितु तनाबमा रहेको बताइन्छ । गायिका पौडेलले आत्मदाहको प्रयास गर्नुको कारण खुलेको छैन । यो विषय अनुसन्धानकै क्रममा रहेको प्रहरीले बताएको छ । पौडेलले आफ्नो शरीरमा आगो लगाएपछि निभाउने प्रयास गर्दा आफू समेत सामान्य घाइते भएको गिरीले प्रहरीसमक्ष बताएका छन् । विवाहको विषयमा विवाद भएपछि पौडेलले आत्मदाहको प्रयास गरेको स्रोतको दावी छ । अहिले जाहेरी दर्ता भएकोले थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं एसपी पवन भट्टराईले जानकारी दिए । त्यसअघि नै प्रहरी कार्यालय पुगेका आरोपी गिरीलाइए प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । बाँकि अब कानुनले यसमा के कस्तो निर्णय लिन्छ जे होस मृत्यु घटनाले एउटा राम्रो गायक गुमायो भने अब यदि बाबुल दोषि प्रमणित भए भने एउटा राम्रो संगितकार गुमाउने छ । अन्तिममा जहाँ बाट भएपनि नेपाली संगित उद्योगले ठुलो घाटा ब्योहर्ने लगभग पक्का पककी नै छ ।

We welcome you to this blogger where you can find :- Motivational Videos, Facts videos, Life Quotes + Motivational Quotes, Life story short videos, Traveling vlogs + personal videos, This blogger will help you in these ways :- To improve your life, To improve your knowledge, To motivate you with life short stories, so if you want success in life Follow the blogger :)

Comments

© 2020 Samaya Chakra

Designed by Open Themes & Nahuatl.mx.