नेपाल प्रहरीको महानिरीक्षकमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन् । उनी काठमाडौं उपत्यका कार्यालय, रानीपोखरीमा कार्यरत छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । त्यसअघि नै आज सरकारले नयाँ महानिरीक्षक नियुक्त गरेको हो । २४ भदौमा जेनजी आन्दोलन हुँदा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । २३ भदौमा भने उपत्यकाको कमाण्ड एआईजीविहीन थियो । उपत्यका कमाण्ड सम्हाल्नुअघि उनी प्रहरी प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागको प्रमुख थिए । डीआईजी हुँदा भने उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हाले । एसएसपीको जिम्मेवारीमा उनले काठमाडौं जिल्ला प्रहरी परिसरको कमाण्ड सम्हाल्दा भुटानी शरणार्थी प्रकरणको मुद्दा चलेको थियो । चुनौतीपूर्ण मानिने काठमाडौं जिल्लादेखि उपत्यकाको कमाण्ड सम्हालेका कार्कीले इमान्दार प्रहरी अधिकृतको परिचय बनाएका छन् । कुनै ठूलो आर्थिक विवादमा नमुछिएका कार्कीसँग फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव छ । विदेशमा विभिन्न तालिम लिइसकेका उनी नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता समेत भएका थिए । आज हामी यिनै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की को बारेमा विस्तारमा चर्चा गर्ने छनौं । आउनुहोस भिडियो शुरु गरौं ।
गुल्मीको मालिका गाउँपालिका-७ मा भोटे दमाईको ८४ पूजा धुमधामले चल्दैथियो । सबैजना आ–आफ्नै धुनमा थिए । कोलाहाल भिडमा एकाएक हल्लाखल्ला मच्चियो– डीआईजी आए, डीआईजी आए । दानबहादुरलाई चिन्ने जान्नेले डीआईजी भनिहाले, नचिन्नेहरूले शंका गर्न थाले । बिना निम्तो भोटे दमाईको ८४ पूजामा जाने उनै डीआईजी दानबहादुर कार्की नै थिए । लुम्बिनी प्रदेश प्रहरी प्रमुख भएको बेला भोटे दमाईको ८४ पूजा हुन लागेको सूचना कार्कीको कानमा पर्यो । उनी विगत सम्झेर नोस्टाल्जिक भए । भोटे दमाईले सिलाएको झोला बोकर काठमाडौं छिरेका उनलाई जसरी ८४ पूजामा पुग्न हुटहुटी भयो । बिना निम्तो, बिना जानकारी उनी भोटे दमाईको घर पुगे । विगतबारे धेरै कुरा बिर्सिसकेका भोटे दमाईलाई डीआईजी कार्की झोला टाल्न लगाएको स्मरण गराए । आफ्नो परिचय दिए । त्यसपछि भोटे दमाई खुसीले गद्गद् भए । सोच्दै नसोचेको, डीआईजी आफ्नो ८४ पूजामा आएपछि उनी पुलकित भए । २० हजार रुपैयाँ दाम दिए र, कार्की आफ्नो कार्यकक्ष फर्किए । भोटे दमाई, यसकारण खास बने दानबहादुरका । उनी कक्षा ९ मा पढ्दै थिए । नजिकका केही आफन्त र काकाले गाउँमा पढेर केही हुँदैन, शहर गएर पढ्नुपर्ने हुटहुटी दानबहादुरलाई गरे । तर परिवार भने उनलाई गाउँमै पढाउन चाहन्थ्यो । दानबहादुर भने शहर छिर्ने मुडमा भए । घरमै पसल थियो । सामान्य कपडाहरू पनि पाइन्थ्यो । तर, सानैदेखि विद्रोही स्वभावका उनी घरले अनुमति नदिएपछि एउटा च्यातिएको झोला लिएर भोटे दमाईकोमा गए र, उनले भोटे दमाईलाई भने– ‘ल यो छाताको कपडा छ । यो च्यातिएको झोला टालिदिनुपर्यो ।’ भोटे दमाईले झोला सिलाई दिए । त्यही भोटे दमाईले सिलाईदिएको झोला बोकेर उनी काठमाडौं छिरे । कक्षा ९ र १० ललितपुर माविबाट पास गरे । बेलैमा काठमाडौं छिरिसकाले पढाई सँगैसँगै अवसरको बारेमा पनि उनलाई धेरथोर जानकारी भयो । त्यही भोटे दमाईले सिलाएको झोला बोकेर बेलैमा काठमाडौं छिरेकाले यहाँसम्मको यात्रामा कहिँ न कतै उनको योगदान रहेको कार्की सम्झन्छन् । ‘मेरो सफलतामा उहाँ (भोटे दमाई)को योगदान बिर्सन मिल्दैन । त्यही सम्झेर नै म थाहै नदिई चौरासी पूजामा गएँको थिए,’ कार्कीले अनलाइनखबरसँग भने ।काठमाडौंबाट स्नातक पास गरेका उनको अंग्रेजी राम्रो थियो । अंग्रेजी राम्रो भएकैले चिनेजानेकाले परराष्ट्रमा दिन उनलाई सुझाउँथे । कार्कीले पनि परराष्ट्रकै तयारी गरे । यही बीचमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)को पनि आवेदन खुल्यो । चासो र तयारी परराष्ट्रमा थियो । तर, जसरी पनि जागिर खानुपर्छ भन्ने सोच कार्कीमा थियो । उनले इन्स्पेक्टरमा आवेदन भरे । परराष्ट्र तयारी गरेका कार्कीले इन्स्पेक्टरमा नाम निकाले । १८ चैत २०५४ उनले इन्स्पेक्टरको नियुक्त लिए । तालिम सकिएपछि उनी २०५६ सालको चुनावमा सिन्धुली खटिएका थिए । फिल्डदेखि आईजीपी सचिवालयसम्म बसेर काम गरेको अनुभव कार्कीसँग छ । उनले सशस्त्र प्रहरी गण नं. १ गुल्म नेपालगञ्जमा काम गरेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुममा काम गरेका छन् । त्यतिबेला युद्धकाल रहेकाले रुकुम निकै जोखिमपूर्ण रहन्थ्यो । तर आफू मातहतका सबै प्रहरी सकुशल रहन सफल भएको सम्झना कार्कीसँग छ । इलाका प्रहरी कार्यालय काँकडभित्ता झापामा बसेर काम गरेको अनुभवन उनीसँग छ । भारतसँग सीमा जोडिएको यो नाका आकर्षक र चुनौतीपूर्ण दुवै मानिन्छ । यसपछि उनी प्रहरी प्रधान कार्यालयको युएन शाखा नक्सालमा बसेर काम गरे । त्यस्तै जिल्ला प्रहरी कार्यालय तनुहँ, इलाका प्रहरी कार्यालय आबुखैरेनीमा बसेर उनले काम गरे । त्यस्तै डीएसपी रहँदा प्रहरी वृत्त नयाँ बानेश्वरमा रहेर उनले काम गरे । त्यतिबेला तेलमा कालोबजारी गरेको भन्दै उनले कारबाही अगाडि बढाएका थिए । त्यसपछि दानबहादुर कार्की चर्चामा आएका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरी, लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वर, ट्राफिक प्रहरी महाशाखा, अख्तियार, जिल्ला प्रहरी कार्यालय कास्की बसेर उनले काम गरेका छन् । त्यस्तै, प्रहरीको विशेष ब्यूरो, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बसेर काम गरे । एसएसपी भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको इन्चार्ज भए । त्यतिबेला बहुचर्चित भुटानी शरणार्थी काण्डको अपरेशन चलेको थियो । मुद्दाको काम उनै कार्कीले गरे भने पक्राउको मुख्य काम मनोज केसीले गरेका थिए । डीआईजी भएपछि केन्द्रीय प्रहरी प्रवक्ता भएर काम गरे । त्यसपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय भएर काम गरे । एआईजी भएपछि मानव स्रोत विकास विभागमा बसेर काम गरे । त्यहीबाट उपत्यका प्रहरी कार्यालय रानिपोखरी आएका उनी आईजीपीमा नियुक्त भए । कार्कीले प्रहरी सेवामा प्रवेश गरेदेखि अहिलेसम्म १४ वटा पुरस्कार प्राप्त गरेका छन् । जुन अभिलेखमा जनिने गरी नगदसहित प्रदान गरिएको छ । सेवा प्रवेश गरेको चार वर्षपछि १ वैशाख २०६० मा कार्कीले संयुक्त राष्ट्रसंघ पदक प्राप्त गरेका थिए । उनलाई पूर्वी टिमोरमा संयुक्त राष्ट्र संघको मिशनले उक्त पुरस्कार दिएको थियो । संयुक्त राष्ट्र संघले उक्त पदक दिँदा यता प्रहरी प्रधान कार्यालयले पनि उनलाई त्यति बेलै प्रदेश सेवा पदक दिएको थियो । पूर्वी टिमोरमा संयुक्त राष्ट्र मिशनले १४ कात्तिक २०६० मा उनलाई प्रशंसापत्र दिएको थियो । २३ मंसिर २०६० मा संयुक्त राष्ट्र संघले नै उनलाई प्रशंसा र धन्यवाद ज्ञापनपत्र दिएको थियो । त्यस्तै नेपाल सरकारले ३ असोज २०७५ मा प्रबल जनसेवाश्री प्रदान गरेको थियो । गण्डकी प्रदेश सरकारबाट ४ फागुन २०७६ मा ५ हजार नगदसहित उनी पुरस्कृत भएका थिए । उनै कार्कीलाई सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ३३ औं आईजीको रुपमा नियुक्त गर्यो । प्रहरी नियमावलीमा उल्लेख रहेको ३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ २६ कात्तिक राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् । तयसछि २७ कात्तिकदेखि कार्कीले नेतृत्व सम्हाल्नेछन् । विद्यमान प्रहरी नियमावलीमा भएको ३० वर्षे सेवा अवधिका कारण उनी करिब साढे २ वर्ष नेतृत्वमा रहनेछन् । उनले १७ चैत २०८४ सम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
बाबु कृष्णबहादुर र आमा चन्द्रकुमारीको कोखबाट उनी १५ साउन २०२९ मा मालिका गाउँपालिका–७ घमिरमा जन्मेका थिए । बाबु कृष्णबहादुरको निधन भइसकेको छ । उनले मानविकी तथा समाजशास्त्रमा स्नातक, शिक्षाशास्त्रमा स्नातक, कानून संकायमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तकर गरेका छन् ।
Comments
Post a Comment