‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’का संयोजक दुर्गा प्रसाईं नयाँदिल्लीबाट शुक्रबार काठमाडौं फर्कने क्रममा केरकारमा परे । भारतीय अध्यागमनले प्रसाईंलाई आधा घण्टा भन्दा बढी केरकार गर्यो । केरकारपछि प्रसाईं नेपाल एअरलायन्सको उडान नम्बर २१८ मार्फत उनी काठमाडौं आए । अध्यागमनमा होल्ड गरेर प्रसाईंमाथि केरकार गर्नुमा मुख्यगरी तीन वटा कारणहरु औंयाएको दिल्लीस्थित नेपाली दूतावास स्रोतले बताएको छ । यस्तोमा आज हामी यिनै दुर्गा प्रसाईको बारेमा विस्तार जानकारी लिने प्रयास गरौं आउनुहोस भिडियो शुरु गरौं । दुर्गा प्रसाई नेपाली राजनीतिक कार्यकर्ता र चिकित्सा व्यवसायी हुन्। उनलाई झापामा मेडिकल कलेज बी एण्ड सी अस्पताल स्थापना गर्न नबिल बैंकले दिएको ७५ करोड रुपैयाँ ऋण चुक्ता नगरेको आरोप लागेको थियो । नेपालको वर्तमान संघीय सरकारलाई चुनौती दिदै नेपालमा संवैधानिक राजतन्त्र स्थापना गर्नका लागि उनले बारम्बार सामाजिक र राजनीतिक अभियान चलाइरहेका गर्छन्। दुर्गा प्रसाईंले राष्ट्रयव्यापी रूपमा सञ्चालिन गरेको बैंक तथा वित्तीय संस्थाहरूको ऋण नतिर्ने अभियानलाई लक्ष गर्दै २०२३ चैतमा नेपाल गृह मन्त्रालयले सो गतिविधि रोक्न निर्देशन दिएको थियो। उनले नोभेम्बर २०२३मा , काठमाडौंमा मेगा अभियान घोषणा गरेका थिए। यहि कार्यक्रम लाई लक्षगरी युवा संघले पनि अर्को कार्यक्रम घोषणा गरेको थियो। विगतमा माओवादीप्रति सहानुभूति राख्ने प्रसाई, अक्टोबर २०२१ को विधान सम्मेलनमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए । डिसेम्बर २०२१ मा केन्द्रीय समितिको लागि मनोनयन प्राप्त गरेपछि, प्रसाईलाई पार्टीको उद्योग, व्यापार शाखाको उपप्रमुखको भएका थिए। तर आफ्ना अभिब्यक्तिका कारण फेब्रुअरीमा पार्टी सदस्यबाट निष्कासित भएका थिए। जुलाई २०१८ मा, बंगलादेशमा नेपाली छात्राहरूले मेडिकल डिग्री लिनका लागि आफ्ना प्राध्यापकहरूसँग विवाहबाह्य सम्बन्ध राखेको जनाउँदै सार्वजनिक टिप्पणी गरेपछि प्रसाईलाई मानहानीको आरोप लगाइएको थियो। राष्ट्रिय मानव अधिकार आयोगमा प्रसाईं विरुद्ध राज्यलक्ष्मी श्रेष्ठ, जमुना सुवेदी र अम्बिका कार्कीबाट औपचारिक उजुरी परेको थियो । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत अभिभावक र महिला नेपाली विद्यार्थीहरूलाई स्तब्ध पार्ने यस्तो निन्दनीय टिप्पणी गरेकोमा प्रसाईलाई कडा कानुनी कारबाही गर्न माग गर्न मानहानि र निन्दा ऐन, २०१६ र केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ लाई आह्वान गरिएको थियो। झापाका दुर्गा प्रसाई अहिले वित्तीय संस्थाविरूद्ध अभियान चलाएर चर्चामा छन् । ‘लघुवित्त तथा वित्तीय संस्थाका मानिस गाउँमा आए भने च्याप्प समाउने कालो मोसो दलिहाल्ने । बैंकको मान्छेले टर्चर गर्यो भनेर बैंकभित्र पसेमा डाँका मुद्दा लाग्छ तर बाहिर रूँघेर बस्ने कालोमोसो दल्ने’ उनको यो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा छाएको छ । उनले बैंक वित्तीय संस्थाको ऋण नतिर्न पनि उक्साइरहेका छन् । साथै प्रसाईले बैंकका माथिल्लो तहका कर्मचारीलाई फोन गरेर थर्काइरहेको कुरा पनि सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको छ । प्रसाईका अभिव्यक्ति र क्रियाकलापबाट आफूहरूले असहजता महसूस गरेकाले काम गर्ने वातावरण राज्यले बनाई दिनुपर्ने माग वित्तीय क्षेत्र सम्बद्ध व्यक्तिहरूले गरेका छन् ।गृह मन्त्रालयले पनि प्रसाईको अभिव्यक्तिपछि सबै जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई पत्राचार गरेर सुरक्षा निकायलाई सतर्क अवस्थामा राख्न निर्देशन दिएको गृह मन्त्रालयका अधिकारी बताउँछन् । कुनै पनि व्यक्तिले शान्ति भंग हुने, हूलदंगा निम्तिने, जातीय एवं साम्प्रादायिक सद्भाव खलबलिने किसिमले प्रचारप्रसार गर्न वा नारा जुलुस गर्न नपाइने गृहका अधिकारी बताउँछन् । यस्ता किसिमका क्रियाकलाप र विवादीत टिप्पणी गरेर पटकपटक चर्चामा आइरहने प्रसाई आखिर को हुन् त ? सर्वत्र जिज्ञासाको विषय बनेको छ । झापा, बिर्तामोडका स्थायी निवासी प्रसाई बीएन्डसी मेडिकल कलेजका सञ्चालकका रूपमा बढी चिनिन्छन् । नजिकबाट चिन्नेहरू मेडिकल कलेजबाहेकका क्षेत्रमा पनि प्रसाईको लगानी भएको बताउँछन् । पूर्वी पहाडको तेह्रथुमबाट झापा झरेका प्रसाईको परिवार सामान्य आर्थिक अवस्थाको थियो । खेतीपाती गरेर जीविकोपार्जन चलाउँथ्यो । प्रसाईले ८ कक्षाभन्दा बढी पढेका छैनन् । उनले कलिलै उमेरमा विवाह गरे । केही समय प्रसाई ग्रिल फ्याक्ट्रीमा काम गरेका उनी रोजगारीका लागि यूरोप पनि पुगे । यूरोपमा धेरै समय टिक्न नसकेपछि स्वदेश फर्किए । विदेशमा भैंसी फार्ममा काम गरेका अनुभवले प्रसाईले बिर्तामोडमा व्यावसायिक रूपमा भैंसी पाल्न थाले । प्रसाईले भारतको हरियाणाबाट उन्नत जातका भैंसी किनेर फार्म शुरू गरेको स्थानीय बताउँछन् । त्यतिबेला प्रसाईसँग सयओटा जति भैंसी थिए । प्रसाईले दूधसँगै भैंसी पनि बेच्थे । नेपालमा मात्र नभएर उनको फार्मबाट उत्पादित दूध मेची नदीपारि भारतसम्म पुग्थ्यो । बैंकबाट ऋण लिएर शुरू गरेको भैंसीपालन केही समय राम्रैसँग चले पनि पछि चलेन । प्रसाईले बैंक ऋणको साँवाब्याज नियमित तिर्न सकेनन् । थप ऋण माग्न जाँदा बैंकले पत्याएनन् । अन्ततः प्रसाईको भैंसीपालन व्यवसाय डुब्यो । शुरूमा नेपाली कांग्रेसमा आबद्ध रहेका प्रसाई व्यवसाय डुबेपछि त्यतिबेला भूमिगत अवस्थामै रहेको नेकपा माओवादीमा लागेको बताइन्छ । पारिवारिक अंशका लागि मुद्दा लडिरहेका आफ्ना सालालाई सहयोग गर्न प्रसाईले ससुराविरुद्ध माओवादी छापामार प्रयोग गरेको उनलाई चिन्नेहरूको भनाइ छ । अदालतमा लामो समयदेखि छिनोफानो हुन नसकेको मुद्दामा माओवादी त्रासका कारण ससुरा अंश दिन तयार भए र प्रसाईका सालाले जग्गा पाए । उक्त जग्गा पाएपछि प्रसाईको भाग्य चम्किएको स्थानीय बताउँछन् । सालासँग मिलेर जग्गा प्लटिङ गरी धुरको ५ लाख रुपैयाँसम्ममा बेचेपछि उनले थुप्रै धन आर्जन गरेको जानकारहरूको भनाइ छ । यसरी कमाएपछि प्रसाईले काठमाडौंमा पनि जग्गाको कारोबार गरे । भक्तपुरमा आलिसान घर बनाए । सोही घरमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई मार्सी चामलको भात खुवाएको फोटो सार्वजनिक भएपछि प्रसाई राष्ट्रिय स्तरमै चर्चामा आए । उनले बीएन्डसी मेडिकल कलेजका साथै थुप्रै व्यवसायमा हात हालेको बताइन्छ । नेकपाको विघटनपछि नेकपा (एमाले) प्रवेश गरेका प्रसाईलाई एमाले नेतृत्वले केन्द्रीय सदस्यको जिम्मेवारी दियो । त्यसपछि माओवादी अध्यक्ष दाहालको चर्को आलोचना गर्दै प्रसाईले चुनावअघि ५ लाख मान्छे एमालेमा प्रवेश गराउँछु भन्न थाले । उनले मेडिकल कलेज चलाउन खोजे पनि डा. गोविन्द केसीले आन्दोलन गरेका कारण मेडिकल कलेजको लाइसेन्स पाउन सकेका छैनन् । संयुक्त अरब इमिरेट्सका राजकुमारलाई नेपाल भ्रमणमा ल्याएर उनीबाट सुनको छडी उपहार पाएको भनेर पनि प्रसाईको चर्चा भयो । प्रसाईले फागुन १ गते पूर्वराजपरिवारका सदस्यलाई साक्षी राखेर राजसंस्था पुनःस्थापनाका लागि भन्दै मेचीपुलबाट अभियान शुरू गरेको घोषणा गरे । उक्त कार्यक्रममा पनि बैंक तथा वित्तीय संस्थाविरुद्ध अनेक कुरा गरेका प्रसाईले शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा पनि सोही शैली र प्रसंग दोहोर्याए । छोटो समयमा आर्जन गरेको सम्पत्तिका साथै यूएईका राजकुमारसँगको सम्बन्धलाई लिएर प्रसाईलाई शंकाको दृष्टिले हेर्ने गरिन्छ । बैंक तथा वित्तीय संस्थालाई गालीगलौज गर्दै हिँडे पनि उनले आफ्नो व्यवसायका लागि भने तिनै वित्तीय संस्थाबाट कर्जा लिएका छन् । कतिपयले उनलाई बैंक कर्जा तिर्न मुश्किल परेको आंशका गरे पनि उनी भने कर्जाको साँवाब्याज भाकाअनुसार तिरिरहेको दाबी गर्छन् ।

We welcome you to this blogger where you can find :-
Motivational Videos, Facts videos, Life Quotes + Motivational Quotes, Life story short videos, Traveling vlogs + personal videos,
This blogger will help you in these ways :-
To improve your life, To improve your knowledge, To motivate you with life short stories, so if you want success in life Follow the blogger :)
Comments
Post a Comment