माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीसँगको एकताबाट पुन: नेतृत्वमै निरन्तर रहने बाटो रोजेपछि उपमहासचिव जनार्दन शर्मा प्रभाकरले विमति राखेका छन् । माधव नेपालसँगको एकतापछि उनले माओवादी पार्टीलाई नै पुनर्गठन गर्ने बताएका छन् । एकताबाट अध्यक्ष दाहालले माओवाद र माओवादी पार्टीको औपचारिक विसर्जन गर्ने भएकाले आफू पुनर्गठनको बाटोमा लाग्नुपर्ने अवस्था आएको उनले बताए । पार्टीको बैठक छोडेर हिंडेका शर्माले शनिबार साँझ कुराकानीमा दाहालले पार्टीलाई विसर्जन बाटोमा लगेको बताए । आफ्नो पार्टी फुटाउने र अर्को पार्टी ल्याएर एकता गर्छु भन्नु एकता होइन, यो एकता जेनजी आन्दोलनको भावना विपरीतको एकता हो । माओवादीले यो एकतालाई बोक्न सक्दैनौं । माओवाद र माओ विचार छोडेर त्यसबाट हिँडे विघटन र विसर्जन हुने उनको भनाइ छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा लिखित धारणा पेश गर्दै एकतामा विमति राखेका थिए । पार्टीको महाधिवेशन छल्न र बैचारिक बहसलाई छल्न प्रचण्डले एकताको विषय अगाडि बढाएको भनेर उनले प्रचण्डकै अगाडि भनेका थिए । पहिले नेतृत्व हस्तान्तरण हुनुपर्ने र त्यसपछि समग्र कम्युनिस्ट आन्दोलन एकतामा जानुपर्ने उनको प्रस्ताव छ । तर, उनको यो भनाइबाट अध्यक्ष प्रचण्ड रुष्ट बनेका छन् । बैठकमा लिखित धारणा राखेर जनार्दन शर्मा बाहिरिएका थिए । उनी बाहिरिँदै गर्दा लिलामणि पोखरेलले अब तपाईं नआउने हो ? भनेर सोधेका थिए । जनार्दनले केन्द्रीय समिति बैठकमा आउँछु भनेर जवाफ चाहिँ दिएका थिए । आजको यस भिडियोमा हामी उनै जनार्दन शर्मा को बारेमा विस्तारमा जान्ने बुझने प्रयास गर्नेछौं । आउनुहोस भिडियो शुरु गरौं । २०२० सालमा रुकुमको सेरीगाउँमा जन्मिएका शर्मा चारपल्ट मन्त्री भइसकेका छन् । रुकुम पश्चिमबाट उनले तीनपल्ट चुनाव जिते । उनका बुवा स्कन्द शर्मा समाजसेवीका रूपमा चिनिन्थे । उनका पिता स्कन्द शर्मा जिल्लामा समाजसेवीको रूपमा चिनिएका थिए । गुजारा चलाउनका लागि मध्यम स्तरको आर्थिक अवस्था थियो । समाजमा पुरोहितको रूपमा समेत स्कन्दको परिचय थियो । त्यसैले शर्मालाई सदरमुकामका अन्य युवाझैँ ‘स्वतन्त्र’ बन्न छुट थियो । तर, उनले सानै उमेरदेखि त्यस्तो स्वतन्त्रता कहिल्यै उपयोग नगरेको बताए । सानैदेखि नै मैले केही न गर्नुपर्छ भन्ने सोच थियो,’ उनले भने, विद्यालयमा रहँदा अन्य साथीले भोगिरहेको अन्यायविरुद्ध आवाज उठाउँथेँ । घरमा हुँदा खेतीपातीको काम गर्थेँ ।’ उनले किशोरावस्थासम्म राजनीतिबारे खासै नबुझेको बताए । उनका अनुसार यद्यपि पिता स्कन्द नै २०२२ मा रुकुममा कम्युनिस्ट पार्टी स्थापना गर्ने संस्थापक हुन् । राजनीति गर्छु भन्ने सोच नभए पनि दमनका विरुद्ध उत्रने मेरो बाल्यकालदेखिकै बानी, व्यवहार हो, उनले भने, ‘सायद विद्रोही स्वभावले होला । मैले १४ वर्षको हुँदा २०३४ मा तत्कालीन कम्युनिस्ट पार्टी चौमको सदस्यता लिएको रहेछु । तर, उनले पार्टीको सदस्यता लिएकोबारे दुई वर्षपछि मात्र थाहा पाएको बताए । १४ वर्षको उमेरमा भूमिगत पार्टीको सदस्यता लिनु त्यतिबेला चानचुने विषय थिएन । एक कान, दुई कान मैदान भनेझैं बिस्तारै शर्माले कम्युनिस्ट पार्टीको सदस्यता लिएकोबारे स्थानीय प्रशासनलाई थाहा हुन थाल्यो । उग्रवादी केटो’ भन्दै प्रशासनले केरकार गर्न थाल्यो । त्यही क्रममा चिनेजानेका एक कार्यालय प्रमुखले शर्मालाई स्थानीय प्रशासनले कारबाही गर्न खोजिरहेको सूचना दिए । कार्यालय प्रमुखसँग हुने बैठकमा प्रहरी, प्रशासनले मविरुद्ध कारबाही गर्न खोजेको जानकारी पाएँ, उनले भने, पछि ती कार्यालय प्रमुखको सल्लाहमै जुनियर हेल्थ असिस्टेन्टको जागिर खाएँ । उनका अनुसार माध्यमिक तहको शिक्षा नसकिँदै जागिर खानु उनको बाध्यता थियो । जागिर नखाएको भए त्यतिबेलाको प्रहरी, प्रशासनले उनलाई पक्राउ गर्न सक्थ्यो । किशोर अवस्थाको राजनीति नजानेरै हो । त्यसपछिको राजनीति न्याय र विभेदविरुद्धको हो, उनले भने, जागिरमा नलागेको भए राजनीति त के गर्नु आफैँमाथि खतरा हुने अवस्था थियो । पछि रुकुममा यस्तो अवस्था सिर्जना भइसकेको थियो कि तत्कालीन राजा, रानीको जन्मदिन या अन्य कुनै सरकारी दिवसको दिन शर्मा कहाँ छन् र के गर्दैछन् भन्नेबारे खोजी हुन थल्यो । राजनीतिलाई अघि बढाउन जागिर सुरु गरे पनि जागिरमा भने पटक्कै मन नभएको उनको भनाइ छ । त्यो जागिर जबरजस्त नौ महिना गरेँ । लामो समय जागिर गर्न मन लागेन, उनले भने । यस्तै क्रम चल्दै गर्दा शर्माले एसएलसीको अध्ययन पनि सकाए । भित्री रूपमा राजनीति र बाहिरी रूपमा अध्ययन गर्ने प्रयास गरे पनि पुनः पुरानै समस्या दोहोरिने खतरा बढ्यो । ‘एसएलसीपछि राजनीतिलाई अघि बढाउन फेरि जागिर खानुपर्ने अवस्था आयो,’ शर्माले भने, ‘एसएलसीमा चार सय पूर्णांङ्कको कृषि पढेका कारण जिल्लामै जेटिए भएँ ।’ त्यो जागिर उनले (पछि लोकसेवा उत्तीर्ण गरे) चार वर्ष ९ महिना गरेको बताए । त्यसपछि रुकुमबाट दैलेख सरुवा गरिएपछि भने जागिर छाड्न बाध्य भएको बताए । इच्छाबिनाको जागिरमा लामो समय बस्न उचित नलागेपछि २०४३ मा उनले जेटिएबाट राजीनामा गरिदिए । २०४६ मा देशभरि आन्दोलन चल्दै गर्दा शर्मालाई रुकुममा प्रशासनले वारेन्ट जारी ग-यो । ‘प्रशासनले वारेन्ट जारी गरेपछि म काठमाडौं आएँ,’ उनले भने, ‘काठमाडौं आएपछि पनि आन्दोलनलाई सफल बनाउन क्रियाशील भएँ ।’ २०४६ चैत २४ गते कीर्तिपुरबाट राजदरबारतिर जाने जुलुसलाई नेतृत्व गर्दै आन्दोलनमा सहभागी भएको उनको भनाइ छ । माओवादी केन्द्रका उपमहासचिव शर्माले एसएलसीपछि १५ दिने फोटोग्राफी तालिम लिएर फोटो खिच्न थालेका थिए । तर, यो काम उनले धेरै लामो समय गरेनन् । परिवारको आर्थिक हैसियत भने सामान्य थियो । नजानिँदो पाराले स्कुले जीवनबाटै राजनीतिक गतिविधिमा होमिएका शर्माले स्कुल पढ्दापढ्दै जुनियर हेल्थ असिस्टेन्टको जागिर खाएका थिए । पुलिसबाट जोगिन जागिर खाएको बताउने शर्माले ९ महिनापछि उक्त जागिर छोडिदिए । तर, एसएलसीपछि राजनीतिलाई अघि बढाउन उनले फेरि केही न केही गर्नुपर्ने बाध्यता आइलाग्यो । अनि केही समय फोटो खिचेर धुलाउने काम गरे । कृषि पढेकाले पछि उनले जिल्लामै जेटीएको जागिर पाए । पछि लोकसेवा पास गरी शर्माले त्यो जागिर झण्डै पाँच वर्ष गरे ।
रुकुमबाट दैलेख सरुवा भएपछि उनले जागिर छोड्ने निधो गरे र २०४३ सालमा राजीनामा दिए । पछि सक्रिय राजनीतिमा लागे । भूमिगत भए । १२ वर्षसम्म नेकपा माओवादीले चलाएको सशस्त्र युद्धमा नेतृत्वदायी भूमिकामा रहेर काम गरे । जनमुक्ति सेना नेपालका चारजना डेपुटी कमाण्डरमध्ये एक जनार्दन शर्मा प्रभाकर सभासद् र माओवादीका केन्द्रीय सदस्य पनि हुनहुन्छ। २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट सांसद उठेका जनार्दन संविधानसभामा रुकुमको सोही २ नं क्षेत्रबाट संविधान सभामा विजयी हुनुभएको हो। माओवादीको कुशल सङ्गठन र जनताले पार्टी प्रति गरेको विश्वास नै आफ्नो विजयको कारण रहेको शर्माको भनाई छ। शर्माका बाबु स्कन्द शर्मा रुकुममा कम्युनिष्ट पार्टीलाई संस्थागत गर्नेमध्येका एक हुनुहुन्थ्यो। राजनीतिक परिवारमा हुर्केका शर्मा २०३४ सालदेखि नै राजनीतिमा लाग्नु भएको हो। जनयुद्धको समयमा कहिले सेना कहिले सङ्गठन गर्दै धेरै समय सेती महाकालीतिर बिताएको शर्माले जानकारी दिनुभयो। प्लाटुन, बटालियन कमिसार हुदै डिभिजन कमाण्डर ७ वटा डिभिजन भएपछि प्रभाकर डेपुटी कमाण्डर हुनुभएको थियो। उहाँकी श्रीमती लक्ष्मी पौडेल पनि माओवादीकी राज्यसमितिकी सदस्य हुनुहन्छ। नाच्ने गाउन खप्पिस शर्माले २०४६ सालमा नाचे गाएकै आधारमा शान्ति सुरक्षा ऐन अन्तर्गत जेलमा थुनिनु भएको थियो। शिक्षा शास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका शर्मा धेरै वर्षसम्म सेती महाकालीको इन्चार्ज भएर सुदूर पश्चिममा काम गर्नु भएको थियो।
तीनपटक मन्त्री र अन्य थुप्रै जिम्मेवारीमा रहिसकेका शर्मा जसरी आफू निर्वाचित भएको क्षेत्रमा के भइरहेको छ ? कसो हुँदैछ ? र, सर्वसाधारणलाई अन्याय प-यो कि भनेर चासो राख्छन् । त्यो उनको अहिलेको बानी व्यहोरा भने होइन । बाइसे/चौबीसे राजाले शासन चलाएको रुकुममा निकै वर्ष पहिलेदेखि नै एकथरि वर्गले अर्को वर्गलाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गर्ने प्रचलन बहुदलीय व्यवस्था आउँदासम्म विद्यमान थियो । यतिसम्म कि सदमुकाम मुसिकोटमा रहेको जिल्लाको एक मात्र माध्यमिक विद्यालयमा अध्ययनका लागि सदरमुकामबाहिरबाट आउने विद्यार्थी आफूलाई सम्पन्न ठान्ने सदरमुकामका युवाले जबरजस्ती काममा लगाउने, कुटपिट गर्ने घटना दोहोरिरहन्थे । सदरमुकाम बाहिरका ती सहाराविहीन युवाप्रतिको त्यो व्यवहार देखेर प्रतिवाद गर्दाको परिणाम नै शर्मालाई आज उच्च राजनीतिक हैसियत प्राप्त भएको हो । स्कुले जीवनमा मैले राजनीति गर्छु भनेर कहिल्यै सोचेको थिइनँ, उनले भने, गाउँबाट अध्ययनका लागि सदरमुकाम आएका युवामाथि भइरहेको दुव्र्यवहार देखेर नै मलाई विद्रोही बनायो । सदरमुकामकै बासिन्दा शर्माले गाउँबाट अध्ययनका लागि आउने युवामाथि हुने दुव्र्यवहारविरुद्ध प्रतिवाद गर्नुको साथै सदरमुकाममा कोठा खोजिदिने कामसमेत गरेको सम्झिए । सायद त्यतिखेर रुकुमको वस्तुगत परिस्थिति फरक भएका कारण आज म अर्कै क्षेत्रमा हुन्थे,’ उनले भने । २०३८ मा तत्कालीन कम्युनिस्ट पार्टीको रुकुम जिल्ला सदस्य भइसकेका शर्माले अहिलेका वाम गठबन्धनका नेता पुष्पकमल दाहालाई २०४२ मै भेटेको बताए । ‘नेपालमा कम्युनिस्ट क्रान्ति कसरी सफल हुन्छ भन्ने विश्वास मलाई त्यतिबेलै चित्त बुझेको थियो,’ उनले भने, ‘विश्वाससँगको त्यो भेटले क्रान्तिका लागि केही गर्नुपर्छ भन्ने मेरो भावनाको झनै विकास भयो ।’ २०४२ मा भेटेका विश्वास २०४६ मा भेट्दा प्रचन्डको रूपमा पाएको उनले बताए । ‘२०४६ मा पार्टीको राष्ट्रिय सम्मेलनमा भाग लिँदा विश्वास त प्रचन्डको रूपमा भेटिए,’ उनले भने ।
देशमा बहुदलीय व्यवस्था आइसकेपछि २०४८ को निर्वाचनमा तत्कालीन संयुक्त जनमोर्चाले शर्मालाई उम्मेदवार बनायो । उनी भन्छन्, ‘पार्टीले उम्मेदवार बनाएपछि चुनाव त लड्नु प¥यो । तर, मेरो चाहना चुनाव लड्ने थिएन । चुनाव प्रचार–प्रसारको क्रममा २०४८ मा आफूले जनतासँग विकास गर्छु भनेर भोट नमागेको उनको भनाइ छ । पार्टीले उम्मेदवार बनायो । तर, मैले जनतासँग सडक, पुल बनाउन सक्दिनँ भनेको थिएँ, उनले भने, मलाई भोट विकासका लागि होइन । परिवर्तनका लागि हो भनेको थिएँ । जनताले पत्याएछन् । त्यतिबेला शर्मा लामो समयदेखि जिल्लाको राजनीतिमा स्थापित भइसकेका नेपाली कांग्रेसका गोपालजीजंग शाहभन्दा ११ सय मतान्तरले पराजित भएका थिए ।
नेपालमा माओवादी सशस्त्र आन्दोलन २०५२ देखि सुरु भएको हो । तर, शर्माले भने त्यसअघि नै तयारी गरेका छन् । पार्टीले जनयुद्धको तयारी गर्दैगर्दा उनलाई रुकुमबाट दाङ सरुवा गरियो । ‘दाङमा पार्टीको अवस्था निकै कमजोर थियो, उनले भने, पार्टीको गतिविधि चलाउँदै गर्दा सरकारले किलो शेरा टु अपरेसन चलाइरहेको थियो । पार्टी र कार्यकर्तालाई एक ढिक्का बनाउन कम्ती चुनौती थिएन । जनयुद्ध सुरु भएपछि शर्माको नेतृत्वमा भएको पहिलो आक्रमण सल्यानको झिम्पे टावर कारबाही हो । त्यो कारबाहीपछि २०५४ मा शर्मा लडाकु समूहतिर गएका थिए । सेनातिर गइसकेपछि पार्टीले पुनः मलाई सेती–महाकाली सरुवा ग¥यो, उनले भने, सेती–महाकालीको संगठनको हालत पनि दाङको जस्तै थियो । एक दर्जन जति साथीहरू संगठनमा थिए । सेती–महाकालीमा सरुवा भएपछि शर्माले माओवादी संगठन विस्तार मात्र गरेनन् । आफूले पनि जिम्मेवारी थप्दै गए । उनले सेती–महाकालीमा सेनाको छुट्टै डिभिजन बनाए । दाङबाट सरुवा हुँदा सेती–महाकालीको जिम्मेवारी लिएका शर्माले केही वर्षमै भेरी–कर्णालीको समेत जिम्मेवारी लिए । छोटो समयमै माओवादी सेनाको डेपुटी कमाण्डरसमेत बन्न सके । त्यतिबेला माओवादी सेनाको कमाण्डर अध्यक्ष पुष्पकमल दाहाल थिए । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई संविधान विपरित भएको ठहर गर्दै सर्वोच्च अदालतले बि.सं. २०७८ असार २८ मा शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपति कार्यलयको नाममा परमादेश जारी गरेको थियो। सो आदेश पछि बनेको देउवा मन्त्रिपरिषद् मा शर्मा अर्थमन्त्री बनेका थिए। २०२० मा रुकुमको सेरीगाउँमा जन्मिएका शर्मालाई १६ वर्षको उमेर पुगेपछि बुवा–आमाले बिहे गर्न दबाब दिइरहेका हुन्थे । घरको जेठो छोरा भएकाले पनि उनीसँग परिवारको अपेक्षा बढी थियो । तर, अनेक बहाना बनाएर उनले बिहेलाई १० वर्षपछि धकेलेको बताउँछन् । घरपरिवारले बिहे गर्नलाई दिएको दबाबलाई अटेरी गरेपछि अन्ततः परिवारले पार्टीमा गुनासो गरेपछि उनी बिहे गर्न बाध्य भए । ‘म काठमाडौंमा पार्टीको काममा व्यस्त थिएँ,’ उनले भने, दाङको पार्टीबाट अर्जेन्ट बैठक छ भन्ने खबर आयो । अनि दाङ जाँदा त बिहे गराउने तयारी पो भइरहेको रहेछ । दाङ पुग्दा उनलाई सिधैँ केटीको घर पु-यायो । र, भनियो–घरपरिवारबाट गुनासो आएको छ छिटो बिहे गर्नुप-यो । अनि सोही घरमा रहेकी केटीलाई देखाउँदै बिहे गर्ने प्रस्ताव राखियो ।
उनले भने, ‘पछि बिहे गरौं भन्दा साथीभाइले केटी चित्त बुझ्दैन भन्नु प-यो नभए बिहेको मिति पछि सार्न पाइँदैन भन्ने अडान लिए । केटीको दाइलाई पहिलेदेखि नै चिन्ने भएकाले उनले केटी राम्रो नभएको जवाफ दिन सकेनन् । दाङकी लक्ष्मीलाई दुलही बनाएर उनी काठमाडौं फर्के । काठमाडौंमा न उनको कोठा थियो न त आफन्त नै थिए । बिहे नगर्दा जसरी एक्लै घुम्दै, सर्दै बस्थे । बिहेपछिको अवस्था पनि त्यस्तै ।
कहिले एउटा साथीको त कहिले अर्को साथीसँग बस्दै उनले बिहेका सुरुवाती दिन बिताए । माओवादी जनयुद्ध सुरु भएपछि पनि पत्नी लक्ष्मी उनीसँगै छन् । सुरुमा म र लक्ष्मी पार्टी कार्यकर्ता थियौं, शर्माले भने, पछि म सेनातर्फ गएपछि लक्ष्मी पनि सेनामै सहभागी भइन्, उनले भने । पति र पत्नी राजनीतिमा लागेपछि उनका दुई छोराछोरी मामा घरमा बसेका थिए । यतिखेर जेठी छोरी कविता एमबिए अध्ययन गर्दै छिन् भने छोरा प्रकाशले भर्खरै बिएचएम सकेका छन् । शर्माका तीन दाजुभाइ र तीन दिदीबहिनी पनि राजनीतिमै छन् ।
पत्नी लक्ष्मीको नजरमा जनार्दन पार्टी र जनताका लागि जति खटिन्छन् । त्यसरी नै कूटनीति जान्दैनन् । कैयन्ले काम नगरी जस लिने गर्छन्, लक्ष्मीले भनिन्, उहाँले कूटनीति नजान्दा जति अघि बढ्नुपर्ने हो त्यति सक्नु भएको छैन । पत्नी लक्ष्मीको मूल्यांकनप्रति जनार्दन सहमत छन् । कूटनीति नजान्दा जति अवसर लिनुपर्ने हो । त्यति नसकिए पनि उनलाई पीर भने छैन । उनी पद र अवसरका लागि आफूले कहिले पनि गलत काम र दोहोरो भूमिका निर्वाह नगर्ने बताउँछन् । उनलाई सिधा कुरा गर्ने र प्रस्ट धारणा राख्ने आफ्नो बानीबारे खासै गुनासो छैन ।
बन्दुक बोकेर १० वर्षसम्म जनयुद्धमा सामेल हुनुलाई उनी परिस्थितिको उपज ठान्छन् । सानो उमेरमा बन्दुक पड्केको र दमाहा बजेको सुन्दा मलाई डर लाग्थ्यो,’ शर्माले भने, पछि परिस्थितिले मलाई बन्दुक बोक्ने बनायो । युद्धमोर्चामा डटिरहँदा पिता स्कन्द शर्माको निधन भएको खबर उनले दुई महिनापछि मात्र थाहा पाएको बताए । २०६१ मा म पश्चिमतिरको युद्धमोर्चामा थिएँ, उनले भने, घरमा पिताको निधन भएछ । त्यो खबर अखबारमा छापिएको दुई महिनापछि मात्र थाहा पाएको थिएँ । जिम्मेवारी लिएको काम सकेरै छाड्ने बानीका कारण पिताको निधन हुँदा पनि उनी घर नफर्केको उनलाई चिन्ने÷जान्ने बताउँछन् । पिताको निधनको खबर अखबारमा छापिएपछि अन्य साथीहरूले उनलाई जानकारी गराएका थिए । तत्कालीन माओवादी केन्द्र र नेकपा एमालेको एकीकरणमा महत्वपूर्ण भूमिका खेल्ने निकै थोरै व्यक्तिमध्ये एक हुन् उनी । नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवाले नेतृत्व गरेको सरकारका गृहमन्त्री शर्माले त्यतिखेर एमाले र माओवादीबीचको पार्टी एकीकरणको कुरा गर्दा धेरैले मजाकको रूपमा लिन्थे । उनी भन्छन्, ऊर्जा, गृह मन्त्री भएको बेला समग्र देशको अवस्था बुझ्दा देशमा स्थायित्वको जरूरी ठानेँ । राजनीतिक स्थायित्वका लागि पार्टी फुटेर भन्दा जुटेर चुनाव लड्नु पर्छ भन्ने लाग्यो । राजनीतिक स्थायित्वका लागि नै शर्माले वामगठबन्धका दुई अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीसँग पटक–पटक छलफल गरेको बताए । ‘कहिले प्रचन्डसँग, कहिले केपीसँग वामगठबन्धन र पार्टी एकीकरण किन हुन नसक्ने र एकीकरणका आधार के हुने भन्नेबारे पटक–पटक छलफल गर्दा अहिलेको परिणाम निस्किएको हो, उनले भने, दुई पार्टीको एकता त दुई अध्यक्षले नगरी हुने थिएन । तर, त्यो एकतामा मेरो भूमिका पनि कम्ती छैन । अन्तिम समयमा दुवै नेता पार्टी एकीकरणका लागि तयार भएपछि मात्र त्यसबारे दुवै पार्टीमा छलफलका लागि ल्याइएको उनको भनाइ छ । एकीकरण हुन नदिन राष्ट्रिय/अन्तर्राष्ट्रिय गिरोहले सक्दो प्रयास गरे पनि दुई नेता (केपी, प्रचन्ड) को दरिलो अडानका कारण सफल भएको उनको बुझाइ छ । त्यो बेलाको हाम्रो पार्टीभित्रका कतिपय नेताले पार्टी एकीकरणलाई असम्भव भनी अन्तर्वार्ता दिँदै हिँड्ेका थिए, उनी भन्छन्, इतिहासमा हुन नसकेको काम गरेपछि भने अहिले सबैको मुख बन्द भएको छ । दुई पार्टीको एकीकरणले देशमा राजनीतिक स्थायित्व आएको उनको भनाइ छ । निर्वाचनको सम्मुखको सरकार छाडेर एमालेसँग गठबन्धन नगरेको भए अहिले पनि राजनीतिक स्थायित्व हुँदैन्थ्यो, उनले भने, राजनीतिक स्थायित्व नहुँदा देशको विकास हुने सवालै रहँदैनथ्यो । राजनीतिक स्थायित्व नहुँदा देशका लागि काम गर्ने भनी आन्दोलनमा सरिक भएका नेताका लागि समेत लाजमर्दो अवस्था हुन्थ्यो । पार्टी एकीकरणपछि कतिपयले पुनः पार्टी फुट्न सक्ने अनुमान गरे पनि शर्मा भने त्यो सम्भव नभएको बताउँछन् । अब पनि पार्टी फुटाएर जनतासँग के भन्न जाने ? उनी भन्छन्, ‘सायद यस्तो मूर्खता कसैले गर्दैनन् होला । एकीकृत पार्टीलाई चुस्तरूपमा अघि बढाउन भने उनले दुई चुनौती देखेका छन् । उनका अनुसार पहिलो चुनौती पार्टीभित्रको आन्तरिक मूल्यांकनलाई सही विधिबाट अघि बढाइनु र अर्को चुनौती जनताको अपेक्षा पूरा गर्नु हो । विगतमा हुने गरिएका दुई पार्टीको मूल्यांकन पद्धतिले यतिखेर पार्टी व्यवस्थापनमा केही चुनौती थपेको छ, उनले भने, अर्को विगतमा हामीले जनतालाई जगाएका अपेक्षाअनुसार काम गर्नुपर्ने छ ।
Comments
Post a Comment