Skip to main content

Who is Singer Elina Chauhan ? Biography of Elina Chauhan


 

"ब्रेकअपको समाचारले मानसिक पीडामा एलिना चौहान..."

"कट्टा हान्दिन्छु गीतमा चोरीको आरोप..."

"टेक्निसियनसँग स्टेजमा झगडा..."

"अदालतमा सम्बन्ध विच्छेदको मुद्दा..."


नेपाली संगीत उद्योगमा, जहाँ स्वरले मानिसको मुटु जित्छ, त्यही स्वर कहिलेकाहीँ विवादमा हराउँछ। र जब नाम एलिना चौहान आउँछ, तेससँगै आउँछ — एक नयाँ headline!


गायिका एलिना चौहान — एक नाम जसले नेपाली संगीत क्षेत्रमा स्वरको जादू ल्यायो। तर, यतिबेला प्रश्न उठ्छ — किन बारम्बार विवादले उनको जीवन घेर्छ? के एलिनालाई विवादले पछ्याउँछ? कि उनी आफैं विवादको केन्द्र बन्न बाध्य बनाइन्छिन्?


“धोकेबाज हौ तिमी” — यही गीतले एलिना चौहानलाई लाखौं दर्शकको मुटुमा बसायो। त्यो स्वर — जसले धोका, पीडा र प्रेमका कथाहरूलाई जनताको नशामा मिसायो। तर संगीतसँगै, उनले लोकप्रियता मात्रै होइन, पछाडिबाट आउने आलोचना र विवाद पनि कमाइन।


सन् २०२४ को अन्त्यतिर, अचानक मिडिया तात्यो — "एलिनाको ब्रेकअप!" "प्रेमी विष्णुसँग टुट्यो सम्बन्ध!"


तर सोही बेला, एलिना आफ्नै फेसबुकमा लेख्छिन् — “के कसैले मलाई सोधेर यो समाचार बनाएको हो?”


उनको आवाजमा पीडा थियो, गुनासो थियो — मिडियाको अनियन्त्रित समाचारले एउटा कलाकारको मानसिक अवस्था कस्तो हुन्छ, त्यो दिन एलिनाले सबैलाई सम्झाइन्। र, त्यो पहिलो चोट होइन थियो। त्यो केवल एउटा ट्रिगर थियो — जसले ‘एलिना नामको व्यक्तित्व’लाई विवादको अर्को अध्यायमा धकेल्यो।

कट्टा हान्दिन्छु गीत हिट भयो। ३६ लाख भ्युज, ट्रेन्डिङ नम्बर १ — तर… त्यसकै पछाडि अर्को बिस्फोट।

दोस्रो गीत आयो — “धेरै बढी बोलेपछि कट्टा हान्दिन्छु।” शब्द मिल्दोजुल्दो, रचना उस्तै, तर स्वर फरक। त्यो बेला म्युजिक इंडस्ट्री दुई भागमा विभाजित भयो — एक पक्ष एलिनाको, अर्को पक्ष रचनाकार कार्कीजीको।

तर विवादको गहिराइमा प्रश्न एउटै थियो — सफलता पाउने बित्तिकै किन एलिनालाई ‘चोर्ने’ भनेर हानिन्छ?

के हिट हुनासाथ आलोचना हाम्रो समाजको संस्कृतिको हिस्सा हो?

तेस्रो विवाद – पर्वत महोत्सव।

साउण्ड बिग्रियो, एलिनाले आग्रह गरिन् — “साउण्ड मिलाइदिनुहोस्।”

तर टेक्निसियनको जवाफ आयो — “पहिला आफ्नो भोकल क्लियर गर्नु, अनि हाम्रो लेभलमा आउनु।”

त्यो क्षणले सबै सीमा पार गर्‍यो। एलिना रिसाइन्, भिडियो भाइरल भयो, र आलोचना आकाश छुन पुग्यो।

तर पछि... उनले लेखिन् — “साउण्ड इन्जिनियरहरू पर्दा पछाडिका हिरो हुन्। मैले बुझें।” उनी नम्र बनिन्। तर समाजले उनलाई माफ गरेन —

‘घमण्डी गायिका’को ट्याग दिइदियो। र, कलाकारहरूले आवाज उठाए — “आज एलिनालाई घुँडा टेकाइयो, भोलि तिमीलाई पनि टेकाइन्छ।”

त्यो वाक्य केवल समर्थन थिएन — त्यो सन्देश थियो, सिस्टम विरुद्ध कलाकारको बिद्रोह।

फेरि मिडियामा एलिनाको नाम – “वैशाखमा बिहे गर्दैछिन् गायिका एलिना।” “दुई महिनामै कसरी पग्लिइन्?”

प्यार, ब्रेकअप, र फेरि विवाह — सबै कुरा मिडियाको शीर्षक बने। तर कहिल्यै कसैले सोध्यो कि — एलिनाले वास्तवमै के महसुस गरिरहेकी थिइन्?

एलिनाले अंश नमागी सम्बन्ध विच्छेदको निवेदन दिइन्। उनी लेख्छिन् — “फेरा, सिन्दुर, लगनगाँठो मात्रै विवाह होइन रहेछ।” “बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ।” 

त्यो सन्देश एक कलाकारको अन्तर्मनको चीत्कार थियो। 

“अब गाउँछ अमेरिका” टुर – तीन महिना लामो यात्रा, र त्यहीँबाट अर्को विवाद। साथी गायिका कला लम्साल बिरामी परिन्,

आयोजकको व्यवहारले असन्तुष्टि फैलियो।

एलिनाले सुरुवातमा आयोजकको पक्ष लिइन्। तर फर्किएपछि उनी नै भन्छिन् — “हामीलाई नोकरझैँ व्यवहार गरियो। कैदीझैँ महसुस भयो।”

त्यो भनाइले मात्र आयोजकलाई होइन, संपूर्ण संगीत उद्योगलाई झस्काइदियो। कलाकारका नाममा कमाउने, तर इज्जत नदिने — त्यो व्यवस्था विरुद्ध उनको स्वर विद्रोही बन्यो।

के एलिना विवाद खोज्छिन्? नाहीँ। विवाद उनलाई खोज्दै आउँछ।

किनकि उनी बोल्छिन् — जहाँ कलाकारले चुप रहनुपर्ने मानिन्छ, त्यहाँ एलिना बोल्छिन्।

उनले सत्य बोल्ने हिम्मत गरिन्, र हरेक सत्य बोलेकी महिलालाई हाम्रो समाजले ‘विवादास्पद’ भन्छ।

शायद त्यसैले आज पनि — कसैले माया गर्छ, कसैले घृणा। तर एलिना चौहान अझै पनि मञ्चमा उभिन्छिन्। आफ्नो स्वरमा भावनाको कथा सुनाउँछिन्। र भन्छिन् — “म गायिका मात्र होइन, एउटा मान्छे पनि हुँ।”

विवादले एलिनालाई हराएको छैन — बरु उसले एलिनालाई अझ गहिरो बनाएको छ। किनकि, संगीत केवल स्वर होइन — त्यो आत्माको प्रतिध्वनि हो।

“विवादको अर्को नाम — एलिना चौहान।” एक कथा, जसले मिडियालाई तातायो — तर एउटा कलाकारको आत्मालाई झनै जलायो।

एलिना चौहान २० जून १९९७ मा नेपालको पूर्वी जिल्ला झापा, बिर्तामोडमा जन्मिएकी हुन्। उनी सानैदेखि संगीतप्रति आकर्षित भइ विद्यालय तथा स्थानीय कार्यक्रमहरूमा भाग लिने गर्थिन्। काठमाडौं आईृ आधुनिक–लोक संगीतमा प्रवेश गरेपछि सामाजिक सञ्जालमार्फत कवरेज गीतहरु मार्फत चर्चामा आएकी उनले “क माया लाग्छ र”, “धोकेबाज हौ तिमी”, “भाग्यमा खोट छ” जस्ता हिट गीतमार्फत ठूलो दर्शकवर्ग जितिन्। २०१८ देखि सक्रिय उनले आधुनिक नेपाली पप तथा लोक–पप विधामा लगभग ५० भन्दा बढी गीतहरु रेकर्ड गरिसकेकी छन्। २०२२ र २०२३ मा क्रमशः रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड, नेसनल ब्रान्ड म्युजिक अवार्ड र तीज म्युजिक अवार्डबाट सम्मानित भइन्। व्यक्तिगत जीवनमा २०२४ मा विवाह गरिन् र २०२५ को सुरुवातमा विभाजनको घोषणा गरिन्, तथापि उनले आफ्नो व्यस्त संगीत करिअरलाई केन्द्रित गर्दै आइरहेकी छिन्। उनको संगीत शैलीले आधुनिक शब्द र भावनालाई लोक–परम्परासँग जोड्ने क्षमता देखाउँछ, जसले उनलाई नेपाली संगीत क्षेत्रमा एक बहुमुखी कलाकारका रूपमा स्थापित गराएको छ।

तर गायिका एलिना चौहानको सफलताको कुरा गर्ने हो भने कसरी उनको संगित यात्रा यहाँ सम्म आइ पुग्यो यो पछाडिको भित्री कथा पनि विस्तारमा बुझौं ।

झापास्थित घरमा हुँदा एलिना चौहानलाई अपरिचित नम्बरबाट फोन आयो। “हेल्लो म संगीतकार वसन्त सापकोटा बोलेको, तपाईं गीत गाउनुहुन्छ र ?” उनलाई विश्वास नै लागेन। “बसन्त सरबाट गीत गाउनका लागि प्रस्ताव आएपछि मैले विश्वास नै गरिनँ। मैले अर्को फोनबाट कल गर्न लगाएँ। बसन्त सरले नै प्रस्ताव गर्नुभएको रहेछ,” एलिनाले पहिलोपटक गीतका लागि अफर आउँदाको अनुभव यसरी सुनाइन्। बसन्त सापकोटाले एकैपटक तीनवटा गीत गाउन लगाए। झापामा कभर गीत गाएर उनी चर्चामा थिइन्। कालीप्रसाद बास्कोटाको स्वरमा रहेको ‘इन्स्टाको फोटो’ मा कभर ९रिप्लाई० गरिन्। जुन ७४ लाख भन्दा बढीले हेरेका छन्। त्यस्तै ‘बरी लै’ गीतको कभर गर्दा उनलाई ‘ओरिजिनल’ गीत भन्दा बढी भ्यूज मिल्यो। ओरिजिनल गीतले झण्डै ८० लाख भ्युज पाउँदा उनको रिप्लाई गीतले भने एक करोड २४ लाख भन्दा बढी भ्युज पाएको छ। जसले गर्दा उनी कभर गीतबाट चर्चामा आइन्। त्यसपछि उनलाई गीत गाउनका लागि संगीतकारहरूले पछ्याउन थाले। कभर गीतको चर्चापछि उनलाई काठमाडौं आएर गीत गाउनका लागि थुप्रै अफर आए। तर, घर परिवारबाट काठमाडौं जाने अनुमति मिलेन। “घर परिवारलाई सम्झाउँदा(सम्झाउँदा दुई वर्ष घरमै बित्यो। नत्र म दुई वर्षअघि नै काठमाडौं संघर्षरत हुने थिए,” एलिनाले भनिन्। लकडाउनकै समयमा उनलाई भिडिओ निर्देशक नवीन चौहानले गीतका लागि अफर गरे। झापाको बिर्तामोडमा रहेकी एलिनालाई नवीनले ह्वाट्स एपमार्फत् ‘के माया लाग्छ ररु’ गीतको डमी पठाइदिए। “नवीन दादाले गीतको डमी पठाइदिनुभयो। त्यसको लागि भिडिओ तयार थियो। तर, फिमेल भर्सन मात्र बाँकी थियो। गीत राम्रो लागेपछि म काठमाडौं आएँ,” एलिनाले भनिन्। लकडाउन खुकुलो हुन थालेपछि काठमाडौं आएर आर्टमान्डु स्टुडियोमा रेकर्ड गरिन्। गीत यति धेरैलाई मन पर्‍यो कि त्यसपछि भने उनी सबैको नजरमा परिन्। र, धेरैले उनको बारेमा सोधीखोजी गर्न थाले। अंकितबाबु अधिकारीको संगीत रहेको ‘के माया लाग्छ र’ मा एलिनाको साथमा निशान भट्टराईको स्वर छ। हर्क साउदको शब्द रहेको यसको भिडिओ नवीनले निर्देशन गरेका हुन्।  त्यसपछि भने उनले अहिलेसम्म ४० भन्दा गीत गाइसकेकी छन्। तीमध्ये एक दर्जन बढी गीतमा भने १० लाखभन्दा बढी भ्युज छ। “यसरी चर्चामा आइन्छ र दर्शक-स्रोताले मन पराउनुहुन्छ भन्ने त सोचेकी थिइनँ। अहिले धेरैले साथ र सहयोग गर्नुभएको छ,” एलिनाले भनिन्। २२ वर्ष पूरा गरेर २३ वर्षमा लागेकी एलिना प्लस-टु गरेपछि उनी कभर गीततिर लागेकी थिइन्। एलिनाले प्लस-टुमा विज्ञान पढिन्। अहिले उनी ऐच्छिक अंग्रेजीमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन्। लकडाउन तथा कोरोना महामारीका कारण कलेज नलागेकाले काम गर्न सजिलो भएको छ। उनका बुबाले संगीतका लागि रोकावट त गरेका थिएनन्। तर, पहिला पढाइ सकेपछि मात्र त्यतातिर लाग्न भन्थे। आमा भने गाउँघरमा भजन गाउँथिन्। त्यसकै प्रभावले पनि उनलाई संगीत यात्रामा सहज भयो। उनले पढाइकै क्रममा शिक्षण पेशा पनि अँगालिन्। दुई वर्षसम्म उनले पढाइन्। धेरै पढाउँदा पढाउँदै उनको ‘नाके स्वर’ बन्यो। त्यही स्वर नै उनको लागि वरदान सावित भयो। “पहिला पनि सबैले मलाई तिम्रो स्वर एक्स्ट्रा छ भन्नुहुन्थ्यो। तर, मलाई भने आफ्नै स्वर मन पर्ने थिएन। पढाउँदा-पढाउँदै थप मिठास बन्न पुगेछ। अचेल यही स्वर मेरा लागि वरदान बनेको छ,” उनले भनिन्। ुके माया लाग्छ रु चर्चामा आएपछि उनलाई यतिधेरै अफर आयो कि सबै अफर नै स्वीकार गर्न सकिनन्। स्वरको समस्याले गर्दा सबै गीत गाउन सकिएन। त्यति गर्दा पनि मैले जति सकिन्थ्यो त्यति त गाएकै छु। मैले टिपिकल लोक दोहोरीबाहेक लगभग सबै खालका गीत गाएकी छु,” एलिनाले भनिन्। उनले अहिलेसम्म गाएकामध्ये पानी पँधेरो, मिनिरल वाटर, बेहुलो बनेर, छेकेर माया छेकिन्न, मेरो परान, मेरो बाबा भगवान, आयो चेली, डल्ली, घरको छतमा, कहिले माया देखायौ लगायतका गीतहरूले १० लाख भन्दा बढी भ्युज पाएका छन्।लकडाउन अवधिमा उनले ४० भन्दा बढी गीत गाइन्। जुन अधिकांश हिट भए। ती गीतबाट उनले राम्रै आम्दानी पनि गरिन्। “पैसा मात्र सबथोक होइन। अहिले मैले पैसाभन्दा पनि करिअरलाई हेरेकी छु। काम गर्दै जाँदा धेरथोर त कमाइहालिन्छ। नत्र कसरी बाच्ँनेरु यो अवधिमा ठ्याक्कै यति कमाए भन्न त मिल्दैन। तर, राम्रै आम्दानी भयो,” उनले भनिन्।

We welcome you to this blogger where you can find :- Motivational Videos, Facts videos, Life Quotes + Motivational Quotes, Life story short videos, Traveling vlogs + personal videos, This blogger will help you in these ways :- To improve your life, To improve your knowledge, To motivate you with life short stories, so if you want success in life Follow the blogger :)

Comments

© 2020 Samaya Chakra

Designed by Open Themes & Nahuatl.mx.