Skip to main content

नेपालको सप्तरी जिल्लाको इतिहास

 आजको यस एपसिोडमा हामी कुरा गर्दौ छौं । सप्तरी जिल्ला नेपालको मधेश प्रदेश राज्य मा पर्ने जिल्ला । जिल्ला को सदरमुकाम राजविराज महेन्द्र राजमार्ग भन्दा १० कि मी दक्षिण मा पर्छ । यो जिल्लाको पूर्वमा सुनसरी, पश्चिममा सिराहा उत्तरमा उदयपुर जिल्ला तथा दक्षिणमा भारतको बिहार प्रदेश पर्दछ। सप्तरी जिल्लाको नामाङ्करणको बिषयमा केलाउनु पर्दा सप्त र तरी गरी दुइटा शब्दले बनेको छ । सप्तको अर्थ सात तरीको अर्थ वन । सातवटा वनको श्रृङ्खला रहेका कारण सप्त तरी भन्दा भन्दै सप्तरी भनिन थालिएको हो । त्यसो त महाकवि विद्यापति लिखित लिखनावलीमा समेत सप्तरी जनपद भनी उल्लेख गरिएको छ । यो क्षेत्रमा सप्तऋषि मुनिहरूको वासस्थल रहेकोले सप्तरी रहन गएको हो भन्ने नामाङ्करणको विषयमा अर्को मत पाइएको छ । सप्तकोशी नदीको बाढीले वर्षोनी धेरै दुःख दिने गरेकोले सप्तकोशीलाई सात शत्रु अथवा सप्त-अरीको अपभ्रंस भई सप्तरी रहन गएको हो । विश्वको सर्वोच्च शिखर सगरमाथा अञ्चलको सदरमुकाम सप्तरीको राजविराजमा पर्दछ भने जिल्लाको सदरमुकाम समेत राजविराज नै हो । नेपालको हरेक राजनीतिक परिवर्तनहरूमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको यो जिल्लामा आन्तरिक तथा वाह्य पर्यटनका सम्भावनाहरू पर्याप्त रहेको देखिन्छ ।


सप्तरी जिल्लाको यो भू-भाग प्राचीन अवस्थामा विदेह मिथिला राज्य अर्न्तर्गत पर्दथ्यो । आर्य संस्कृतिको उद्भव स्थलको रूपमा परिचित सप्तरीको बनौलीमा मैथिली भाषाका महाकवि विद्यापतिले १२ वर्षम्म निर्वासित जीवन बिताएका थिए । पुरादित्य राजाको बनौली स्थित  दरबारमा राजा शिव सिंहकी पत्नी लखिमा देवीका साथ महाकवि विद्यापति बसेको तथ्य इतिहासमा उल्लेख छ । विद्यापतिको गुणवताबाट प्रसन्न भएर पुरादित्य राजाले इ.सं. १४०८ मा लिखनावली लेख्न लगाएका थिए । उक्त ग्रन्थमा राजकाज सञ्चालन सम्बन्धी विषयवस्तुहरू समावेश गरिएको थियो । त्यसो त सप्तरी जिल्लामा विभिन्न समयमा राजा महाराजाहरूको निवास तथा आश्रय स्थल रहेको कुरा इतिहासमै उल्लेख छ । चुरे क्षेत्रमा चन्द्रवंशी राजाहरूको दरबार, खोक्सर प्रवाहाको कनकपट्टी दरबार, मानराजाको मानराजा गढी, छिन्नमस्ताको सखडेश्वरी भगवती, राजविराजको राजदेवी भगवती, भारदहको कंकालिनी भगवती, शम्भुनाथको शम्भुनाथ मन्दिर, मरौटीको कृष्णाराम, कटैयाको दिनाभद्री, रूपनगरको विष्णु मन्दिर, हनुमाननगरको हनुमान मन्दिर सहितका धार्मिक स्थल एवम् अवशेषहरूले सप्तरी जिल्लाको ऐतिहासिकताबारे पुष्टि गर्दछन् ।


"सप्तरी — जहाँ इतिहास बोल्छ"

“नेपालको मधेश प्रदेशको हृदय…

शताब्दीयौंदेखि मौन… तर इतिहासले भरिपूर्ण…

यसै भूमिमा लुकेको छ… युद्ध, सभ्यता, साम्राज्य र विश्वासको कडा कथा…

यो हो सप्तरी…”


“सप्तरी जिल्ला – मधेश प्रदेश – नेपाल”

“आज हामी खोल्दैछौं…

यो भूमिको रहस्य…

राज्य बदलिएका… राजाहरू पराजित भएका…

तर गढीहरू?

आज पनि उस्तै… समयसँग उभिएका।”


“यो भूमि… केवल तराई होइन…

यो एक राजनीतिक रणभूमि थियो।


अन्नको भण्डार मानिने यस जिल्ला भएर पूर्वमा सप्तकोशी नदी र पश्चिममा बलान नदी बगेको छ । यी नदीहरूले मिथिलाञ्चलको शान बढाउनुका साथै जिल्लाको सीमाना समेत छुट्याएका छन् । त्यसो त वि.सं. २०२२ साल अघिसम्म सप्तरी जिल्लाको सीमाना सुनसरीको लौकहीसम्म र पश्चिममा कमला नदीसम्म पर्दथ्यो । वि.सं. २०२२ सालमा राजनीतिक विभाजनका कारण हाल सुनसरीमा पर्ने कुशहा, हरिपुर, शोभनपुर, मधुवन र श्रीपुरका साथै कोशी टप्पु वन्यजन्तु आरक्षण समेतलाई अलग-अलग पार्ने काम भएको हो । यता हालको कमला नदीदेखि पूर्वको महत्त्वपूर्ण चार प्रगन्ना सिराहा जिल्लामा गाभिएको हो । यद्यपि सप्तरी जिल्लाको हालको सीमाना पूर्वमा सप्तकोशी नदी, पश्चिममा बलान नदी, उत्तरमा उदयपुर र दक्षिणमा भारतको मधुवनी जिल्ला पर्दछ । 


एक हजार 97 ईस्वी तिर तिरहुत राज्यको राजधानी सिमरौनगढमा थियो। पछि यो राज्य दक्षिण भारतबाट आएका कर्नाटबशीं राजा नान्यदेवको नियन्त्रणमा आएको कुरा इतिहासकारहरूले मानेका छन् । तिरहुत भाषा र संस्कृतिको विकास र प्रभावलाई हेर्दा पूर्वतिर कमसेकम वर्तमान सप्तरी जिल्लासम्म तिरहुत राज्य फैलिएको हुनुपर्दछ। कर्नाटवंशी राजाहरूको तिरहुत राज्यमा १३२४ ई. सम्म नियन्त्रण रहेको देखिन्छ। सोही वंशका अन्तीम राजा हरिसिंह देव सिमरौनगढ छोडी काठमाडौँ उपत्यका भाग्न बाध्य भए ।

कर्नाटवंशी राजा नान्यदेवको उदय…

इतिहास? होइन… यहींबाट सुरु हुन्छ सप्तरीको शक्ति–यात्रा।”


“तर प्रत्येक साम्राज्यसँग हुन्छ… एउटा अन्धकार…

1324…

मुस्लिम आक्रमण… सत्ता विघटन…

राजाहरू भागे… राज्य टुक्रियो…”

मुसलमानहरूको हकमा पछि यो क्षेत्र कुनै बलियो शासक नपरेको र स-साना स्वतन्त्र रजौटाहरूको नियन्त्रणमा रहेको देखिन्छ। पाल्पाको राजा मुकुन्द सेनको पूर्वि तराइ विजय गर्ने अभियान अन्तर्गत उनकै कान्छा छोरा लोहाङ्ग सेनले वर्तमान सप्तरी जिल्ला वरिपरि हमला गरी कव्जा गरेका थिए। तर यस विजयको निश्चित मिति भने पत्ता लाग्न सकेको छैन। तर यस अवधिमा मुकुन्दसेन जिवितै रहेको हुँदा यो विजय इस्वीको 1518-1553 को अवधिमा भएको हो भन्ने अनुमान छ।


“र… यहाँ आए… सेन वंश

शक्ति, रणनीति र गढ–संरचनाका बादशाह…”


“तर… यो त केवल सुरु मात्र हो…

आगामी भागमा… इतिहासले मोड लिन्छ…

जहाँ देखा पर्छन्… सप्तरीका किल्ला, विद्रोह… र सत्ता कब्जा।”


“नेपालको इतिहास बदल्ने अर्को कदम…

पाल्पाका राजा मुकुन्द सेन…

उनका कान्छा छोरा लोहाङ्ग सेन…

आक्रमण… कब्जा… नियन्त्रण…”

राजा मुकुन्द सेनले आफनो बुढेसकालमा आफनो विशाल राज्यलाई छोरा, नाति र भतिजाहरूलाई भाग लगाइ दिदा उनका कान्छा छोरा लोहाङ्क सेनको अधिनमा उनले जितेको भू-भाग पर्न गयो। लोहाङ्ग सेन पछि यिनका सन्तान बलियो राजा हुन सकेनन्।


“तर शक्ति जहाँ हुन्छ… त्यहाँ कलह पनि हुन्छ।

लोहाङ्ग सेनपछि…

वंश बलियो रहन सकेन।

राज्य टुक्रियो…

र एउटा ठूलो भाग पुग्यो…

पूर्णियाको नवाबको हातमा…”


आपसि कलहले यो राज्य स-साना राज्यमा टुकि्रयो र एकपल्ट यस राज्यको एउटा ठूलो भू-भाग पूर्णियाको नवावको अधिनमा पर्न गएको थियो। पृथ्वीनारायण शाहले नेपालको एकीकरण प्रारम्भ गर्नु भन्दा अघिसम्म कोशीदेखि पश्चिमको पर्सा जिल्लासम्म मकवानपुर राज्य शुभ सेनका छोरा नासिक सेन राजा थिए। अर्कोतिर कोशीदेखि टिस्टासम्मको विजयपुरको राजा शुभ सेनको छोरा महिपति सेन थिए। विजयपुर राज्यका राजा महिपति सेन मरेपछि उनकै छोरा कामदत्त सेन राजा भए। तर कामदत्त सेन सफल राजा हुन सकेनन्। मन्त्री विचित्र राय खेबाङले मानिक सेनका माहिला छोरा जगत सेनलाई विजयपुरको पनि राजा वनाए। जगत सेन निःसन्तान भएकोले यिनी पछि चौदण्डीसिरहा र सप्तरी इलाकाको राज्यमा यिनको भाइ बिक्रम सेन र ती पछि उनकै छोरा कर्ण सेन राजा भए।


“यत्तिकैमा…

शक्तिशाली, दूरदर्शी…

नेपाल एकीकरणका नायक…”

“पृथ्वीनारायण शाहले सम्झिए…

“सप्तरी जोगाएन भने… पूर्व कमजोर हुन्छ…”

यसै बखत गोरखाली फौज काठमाडौँको विजय पछि किरात क्षेत्रको विजय गर्न पूर्वतर्पु लागिसकेका थिए। पृथ्वीनारायण शाहले अभियान सिंह वस्न्यातलाई माझ किरातको चौदण्डीमा अधिकार गर्न खटाए। तर किराँत प्रदेश विजय नभएसम्म दक्षिण बढनु उपयुक्त नठानी उनलाई मकवानपुरमा तयार भइ वस्न आदेश दिए। सरदार रामकृष्ण कुवंरको नेतृत्वमा गएको फौज फेब्रुअरी 1773 मा अरुणको किनारसम्म पुगेपछि 17 मे. 1773 मा पृथ्वीनारायण शाहले भारतको गभर्नर जनरल वारेन हेस्टिगलाई कामदत्त सेनलाई षडयन्त्र गरी हत्या गरेको र विजयपुर र अम्बरपुर वर्तमान सिरहा र सप्तरी माथि अबैध रूपमा अधिकार जमाई राखेको हुदा बुद्धिकण राय खेबाङसँग बदला लिन पठाउदै छु उक्त प्रदेश आफ्नो कव्जामा लिनसके साविक बमोजिम नजराना पठाउने छु भन्ने व्यहोराको पत्र आपुनो वकीलहरूको हात दिई पठाए । तर उक्त पत्रको उत्तर प्राप्त हुनु अघि नै अभियान सिंह बस्न्यातको नेतृत्वमा गोरखाली फौज चौदण्डी विजयको लागि अगाडि वढ्यो। चौदण्डी र त्यसको तराइभाग जसमा सप्तरी र सिरहा पर्दछन् 16 जुलाई 1773 मा गोरखाली फौजको हात पर् यो र त्त्यहाको राजा कर्ण सेन भागेर मोरङ्ग आए। उपर्युक्त 27 मे. 1773 को पत्रको नकारात्मक उत्तर प्राप्त नभएको र 30 अक्टोबर 1773 को पत्रमा गभर्नर जनरलले तपाईँले पठाएका पत्रका विषयमा आवश्यक कार्यवाही गर्नेछु भन्ने लेखेकोवाट पृथ्वीनारायण शाहको आदेशमा अभिमान सिंह वस्न्यातले शत्रु पक्षमा राम्रो तयारी नभएको र मध्य वर्षादको यामपारी 17 जुलाई 1774 मा विजयपुर उपर हमलागरेर त्यो राज्य पनि आपुनो हात पारे। यो विजय पछि अङ्ग्रेजहरूको मित्रता कायम राख्न भनि विजयपुर र अम्बरपुर इलाकाबाट फौज हटाउन आग्रह गरे। आदिको विजयमा बुझाउदै आए झै यी इलाकाका विषयमा पनि मालगुजारी बुझाउन तयार भएकोले यी इलाका गार्खालीहरूको अधिकारमा आएर इष्ट इन्डिया कम्पनीलाई कुनै किसिमको हानी छैन भन्ने जवाफ दिए । यस प्रकार विवाद चल्दै रहे पनि चौदण्डी राज्यको मातहतमा रहेको सप्तरी इलाका सन् 1773 मा नेपाल अधिराज्यको एक भागको रूपमा गाभियो।

1814 ई. मा इष्ट इन्डिया कम्पनीसँग लडाइको कतिपय कारणहरू मध्ये यी इलाकाहरू उपर कसको नियन्त्रण रहने भन्ने कुरा पनि देखिन आएको छ। 28 नोभेम्वर 1815 मा अङ्ग्रेजहरूले राखेको सन्धी प्रस्तावको शर्तमा यी तराइका प्रदेश उपर कम्पनिकै अधिकार मान्नु पर्ने र यस बापत नेपाललाई बार्षिक रु. 2 लाख तिर्ने र औलोले ग्रस्त यो क्षेत्र आपुने नियन्त्रणमा लिई पछिसम्म किचंगल राखि बुद्धिमानी देखेनन् । यस प्रकार सन् 1816 पछि मात्र वर्तमान सप्तरी जिल्ला र वरिपरिका तराई जिल्लाहरू नेपालको पूर्ण अधिकारमा आएको हो।


यस जिल्लाका जलसम्पदाको रुपमा सप्तकोशी नदी, तथा अन्य चुरे क्षेत्रमा उत्पत्ति भएका साना तथा ठूला खहरे खोलाहरु रहेका छन्। बर्षाको समयमा यस जिल्लामा बिशेष बाढीको समस्या हुने गर्दछ।

यस जिल्लाका मुख्य धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थलहरुमा छिन्नमस्ता भगवती माताको मन्दिर, चुरे क्षेत्रमा रहेको चन्द्रवंशी राजाहरूको दरवार, खोक्सर प्रवाहाको कनकपट्टी दरवार, मानराजाको मानराजा गढी, राजविराजको राजदेवी भगवती, भारदहको कंकालिनी भगवती, शम्भुनाथको शम्भुनाथ मन्दिर, मरौटीको कृष्णाराम, रूपनगरको विष्णु मन्दिर, हनुमाननगरको हनुमान मन्दिर आदि रहेका छन् । यस जिल्लाका मुख्य पर्यटकीय प्रयोजनमा अवलोकन, मनोरंजन, अध्ययन अनुसन्धान तथा तीर्थाटन आदि रहेका छन् ।


यस जिल्लाको मुख्य पेशा कृषि ब्यापार, पशुपालन तथा मत्स्यपालन रहेको छ। यस जिल्लाका मुख्य बलीहरुमा धान गहुँ, मकै, तोरी बेसार आदि खाद्यबाली हुन् भने नगदेवालीको रुपमा उखु खेती गरिन्छ । राजविराज, वेल्ही, रामनगर, लालापति, बोरिया आदि यस जिल्लाका प्रमुख व्यापारिक महत्व बोकेका स्थानहरु हुन् ।

जलवायुका हिसावले यस जिलामा उष्ण मौषमी जलवायु पाइन्छ । यस जिल्लाका वनस्पतिमा उष्ण सदावहार वनस्पति पाइन्छ । साल सिसौ, टिक, खयर आदि यहाँ पाइने  वनस्पतिका मुख्य प्रजाति  हुन् ।


अब कुरा गरौं गढहरुको पनि 

“गढ… केवल माटो होइन…

यो शक्ति हो… सुरक्षा हो…

राजाको ढाल हो।”


“यस भूमिको इतिहास उज्यालो पार्ने एउटा महान् नाम…

इतिहासविद् हरिकान्तलाल दास…”


उनका पुस्तकहरू

- “सप्तरीको राजनीतिक इतिहास”

- “सांस्कृतिक स्थल अध्ययन”

- “ऐतिहासिक गढीहरू”


“सप्तरी… गढीहरूको राजधानी जस्तै…”


मानराजा गढी

अम्बरपुर गढी

ठेलिया–भेडिया गढी

राजगढ… र अरू धेरै


“तर… यी सबैमध्ये…

सबैभन्दा रहस्यमय…

सबैभन्दा ठूलो…

सबैभन्दा डर लाग्दो कथा…

मानराजा गढीको हो…”


“22 कट्ठाभन्दा ठूलो… विशाल ढिस्को…

भग्न मन्दिर, पोखरी, इनार…

मौन… तर जीवित…”


“दास भन्छन्—

यो केवल ढिस्को होइन…

यो प्राचीन राजदरबारको भग्नावशेष हो।”


“तर… यसलाई खन्न स्थानीय डराउँछन्…

‘आफत आउँछ रे…’

‘देवी रिसाउँछिन् रे…’

विश्वास…

कि… अन्धविश्वास?”


“इमलीको विशाल रूखमुनी…

राजाजीको मूर्ति…

सबैभन्दा पुरानो आस्था…”


“2054…

नेपाल सरकार पुरातत्व विभाग आए…

प्रतिवेदनले भन्यो—

यो केवल मन्दिर होइन…

यो एक विशाल ऐतिहासिक संरचना हो…”


“सप्तरी… केवल जमीन होइन…

यो इतिहास हो…

संस्कृति हो…

पहिचान हो…”


“आज… आवश्यक छ…

यी गढीहरू जोगाउने…

इतिहास बचाउने…

र भविष्यलाई ज्ञान दिने…”


“यो कथा केवल भूतकालको होइन…

यो भविष्यको जिम्मेवारी हो।

यो हो सप्तरी…

जहाँ गढीहरू बोल्छन्…”

साथीहरु कस्तो लाग्यो तपाईहरुलाई आजको यो भिडियो । अर्को यस्तै भिडियोका लागि च्यानललाई सब्सक्राइब र भिडियोलाई बढी भन्दा बढी शेयर गरेर हामीलाई साथ दिनुहोस ।

We welcome you to this blogger where you can find :- Motivational Videos, Facts videos, Life Quotes + Motivational Quotes, Life story short videos, Traveling vlogs + personal videos, This blogger will help you in these ways :- To improve your life, To improve your knowledge, To motivate you with life short stories, so if you want success in life Follow the blogger :)

Comments

© 2020 Samaya Chakra

Designed by Open Themes & Nahuatl.mx.