यस्तो छ जेन्जी नेता सुदन गुरुको इतिहास
नेपालको विरोध प्रदर्शनको अग्रपङ्क्तिमा रहेका सुदन गुरुङले भूकम्पपछिको पुनःस्थापना र आपतकालीन प्रतिक्रिया कार्यक्रममा सहयोग गर्ने हामि नेपालका अध्यक्षको रूपमा काम गरेको नेपाली मिडियाले जनाएको छ । रिपोर्टका अनुसार, गुरुंग एक समर्पित परोपकारी हुन्, जसले लगभग एक दशकदेखि आफ्नो एनजिओ मार्फत स्रोतहरू परिचालन गर्दै आएका छन् । आफ्नो सम्पूर्ण सङ्गठनमा, गुरुङले अन्तर्राष्ट्रिय कोषको समन्वय गरेका छन् र बाढी, भूस्खलन र भूकम्पबाट प्रभावित समुदायहरूका लागि चन्दा सुरक्षित गरेका छन् । यसभन्दा पहिले, उनको जीवन मुख्यतया पार्टी र क्लबमा केन्द्रित थियो किनकि उनले इभेन्ट म्यानेजरको रूपमा काम गरे ।
सन् २०१५ को भूकम्पमा आफ्नै बच्चा गुमाएपछि व्यक्तिगत त्रासदीको सामना गरेपछि उनी सक्रियतामा परिणत भए । त्यसपछि देशमा प्रभावकारी आपतकालीन प्रतिक्रिया टोलीको अभाव रहेको महसुस गर्दै गुरुङले हामि नेपाल २०२० निकाले। गैर–नाफामुखीमा १ हजार ६०० भन्दा बढी सदस्यहरू थिए ।
‘जेनजी’ विरोधमा गुरुङको भूमिकाको कुरा गर्ने हो भने
यसअघि नेपालले गत हप्ता सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने सरकारको निर्णयको विरोधमा देशभर शान्तिपूर्ण विरोध प्रदर्शनको आह्वान गरेको थियो । यसअघि नै ओली सरकारबाट निराश भएका र राजतन्त्रको पुनरागमनका लागि आह्वान गरेको केही महिनापछि करिब एक हप्ताअघि नै जनता सडकमा फर्केका थिए । सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि विरोध प्रदर्शन तीव्र भयो । सोमबार यसले आफ्नो निर्णय उल्ट्याउनुपर्यो । ब्ल्याकआउट हुनुअघि ‘हामी नेपाल’ले इन्स्टाग्राम र डिसकर्डमा मानिसहरूलाई सेप्टेम्बर ८ मा माइतीघर मण्डलमा विरोध प्रदर्शन गर्न आग्रह गरेको थियो । कसरी विरोध गर्ने शीर्षकका केही भिडियोहरू उनीहरूले विद्यार्थीहरूलाई उनीहरूको पुस्तक र झोला बोक्दै आफ्नो वर्दीमा उपस्थित रहन आग्रह गर्दै साझा गरेका थिए ।
कसरी उदाए सुदन गुरुङ यो पनि जानौं ।
गोरखाको चुमनुम्रीमा जन्मिएका साधारण गाउँले केटा सुदन गुरुङ, अहिले काठमाडौं, पोखरा हुँदै सरकार ढाल्ने÷बनाउने खेलाडीसम्मको हैसियतमा पुगेका छन् । भूकम्पपछिको उद्धारदेखि कोभिड–१९ महामारीसम्म, उनी सामाजिक सेवामा अभियान्ताका रुपमा देखा परे । हामी नेपाली नामक सस्था खोलेर उनी विभिन्न राष्ट्रिय÷अन्तराष्ट्रिय सञ्जालसँग जोडिए । तर, सुदनको कथा त्यत्तिमै सीमित छैन । हरेक कदममा विवाद, अपारदर्शिता र महत्वाकांक्षाले उनलाई केन्द्रमा ल्याएको छ ।
सुदन गुरुङ काठमाडौंमै सम्पन्न परिवारमा जन्मे । आमा–बुबाको सम्बन्ध–विच्छेद भए पनि हजुरआमा–हजुरबुबाले उनलाई कहिल्यै कुनै कुराको कमी हुन दिएनन् । बाजेबजैले धेरै पुलपुलाएकाले होला– पढाइमा भने उनको खासै ध्यान गएन । यसो भएपछि परिवार, आफन्तले यसले केही गरेर खाँदैन जिन्दगीमा भनेर कुरा काटिरहन्थे । यो आलोचना उनको मनमा बिझेको थियो । मनमनै केही गरेर देखाउँछु सोच्थेँ । त्यसैले एसएलसीपछि ए लेभल पढ्दापढ्दै घरबाट एक्लै बस्ने निर्णय लिएँ, सुदनले भने ।
उनले घर छाड्ने निर्णय सुनाउँदा हजुरआमा–हजुरबुबाले रोक्ने प्रयास नगरेका होइनन् । तर उनको जिद्दीका अगाडि केही लागेन । त्यसैले हार मान्दै हजुरबुबाले ७ हजार रुपैयाँ थमाए । एउटा स्टोभ किनिदिए । खाना पकाउने सामाग्री, लत्ताकपडा दिँदै कोठामा बस्ने व्यवस्था मिलाइदिए । त्यतिञ्जेल सुखसयलमा बसेका सुदनलाई एक्कासि कोठे जीवनमा पुग्दा निकै गाह्रो भयो। आफैं खाना बनाउनुपथ्र्यो, लुगा धुनुपथ्र्यो; जानी नजानी सबै काम आफैंले गर्नुपथ्र्याे । धेरै नै गाह्रो भयो। एक्कासि बेग्लै संसारमा पुगेको जस्तो लग्यो, उनी सम्झन्छन्, मैले पढाइलाई पनि निरन्तरता दिइनँ । कोठामा बसेपछि जीवन चलाउन पैसा चाहिन्थ्यो । उनले कल सेन्टरमा काम सुरु गरे । त्यहाँ पनि अरूको अन्डर मा बसेर काम गर्नुपर्दा उनको मन कत्ति पनि मानेन ।
कलेजका साथी पनि सम्पन्न परिवारकै थिए । उनीहरूसँग क्लब, डिस्को जान्थे । सुदनलाई पनि सँगै लैजान्थे । हुँदाहुँदा सुदनलाई क्लबको लत लाग्यो । एक्लै बस्दा भएको तनाव उनी क्लबमा मज्जाले नाचेर भुलाउँथे ।
उनी यसरी खुलेर नाच्थेँ कि तनाव सबै टाढा भएको महसुस हुन्थ्यो । क्लबमा उनको नजर डीजेमा पर्यो । डीजेले जस्तो म्युजिक बजायो, त्यसमै मान्छेहरू झुम्थे । त्यत्तिकै खुसी हुन्थे । त्यो देखेर डीजेले मान्छेहरूलाई खुसी बाँड्ने रैछ भन्ने महसुस सुदनलाई भयो र मनमनै सोचे– म पनि डीजे बन्छु ।
डीजेबारे इन्टरनेटमा सर्च गर्न थाले । विभिन्न आर्टिकल पढे । उनका साथीहरू पार्टी आयोजना गर्थे । जहाँ सिकेका कुराहरू उनी अभ्यास गर्थे । क्लबमा गएका बेला एकोहोरो डीजेले गरेका काम हेर्थे । यसरी उनले डीजेका सबै काम कण्ठ पारिसकेका थिए ।
होटल हायात रजेन्सीमा उनका साथीहरूले एउटा पार्टी आयोजना गर्ने निर्णय गरे । रेजेन्सीको पार्टी भेन्यु रिजर्भ गरियो । प्रचारप्रसार गरियो । टिकट बेचियो । यही पार्टीमा पहिलोपल्ट सुदनले पूर्ण रूपमा डीजेको भूमिका निर्वाह गरे । मानिसहरूलाई आफ्नो नौलाबाट बज्ने संगीतमा नचाए । मान्छेहरू झुमेर नाचेका थिए नै, पहिलो पार्टीबाटै ७०–८० हजार कमाइ भएपछि उनको ध्यान त्यसैतर्फ केन्द्रित भयो ।
ठमेल, दरबारमार्गका थुप्रै क्लबमा आबद्ध भइसकेका थिए सुदन । सम्बन्धहरू जोडिन थालेका थिए । पछि उनलाई विज्ञापन, कोरियोग्राफरको अफर पनि आउन थाल्यो । पत्रिकाहरूले अन्तर्वार्ता छाप्न थाले । यसैबाट सेलिब्रिटीहरूसँग चिनजान हुन थाल्यो । सँगसँगै आफैं पनि ठूल्ठूला पार्टी आयोजना गर्न थाले । मोफसलमा पनि पार्टी आयोजनाका क्षेत्रमा त्यतिकै प्रसिद्ध भइसकेका थिए । उनलाई धरान लगायत ठाउँबाट पार्टी आयोजनाका लागि बोलाइन्थ्यो ।
सन् २०१२ मा उनले ठमेलमा ‘ओएमजी’ नामको आफ्नै क्लब सुरु गरे । त्यतिबेलासम्म काठमाडौंमा एउटै खालका इभेन्ट्स हुन्थे । आयोजना गर्यो, मान्छे बोलायो, यतिमै सीमित थियो । तर विदेशमा विभिन्न थिममा पार्टी हुन्थे । नेपालका पार्टीहरूमा हुने परम्परागत ढर्रा परिवर्तन गर्न फ्राइडे नाइट र विभिन्न थिममा पार्टीको ट्रेन्ड आफूले सुरु गरेको उनी बताउँछन् ।
यस बाहेक सुदन माथि विभिन्न आरोपहरु प्नि लाग्ने गरेका छन जस्तैः
नेपाल एक चीन नीतिमा अडिग छ । तर पश्चिमा शक्ति राष्ट्रहरुले दलाई लामालाई अगाडी सारेर नेपालको भूमि प्रयोग गरेर चीन विरोधी गतिविधि अगाडी बढाउन चाहिरहेको भनाइ छ । त्यसक्रममा उनीहरुले तिब्बत मामिलालाई उठाउने र चीन विरोधी गतिविधि केन्द्रीत गर्ने गरेको उनी माथि आरोप छ । फ्रि तिब्बत आन्दोलन नेपालबाट चर्काउने पश्चिमा रणनीतिमा जोडिएको फ्रि तिब्बत मुभमेन्टसँग जोडिएका सस्थासँग सुदनको हिमचिम प्रष्टै देखिएको भन्ने आरोप पनि छ । उनी अध्यक्ष रहेको संस्था हामी नेपाल ले त्यस्तै मध्ये एक फ्रि तिब्बत आन्दोलनको लागि गतिविधि सञ्चालन गर्न खोलिएका सस्थासँग हात मिलाएको आरोप उनले खेपीरहेका छन । यसमा के कति सत्यता छ त्यो आउने समयले बताउने छ तर, ती सस्थाहरुबाट आर्थिक सहयोग लिएका र नेपालले लिएको एक चीन नितिविरुद्द फ्रि तिब्बत आन्दोलनमा उनी कँही न कँही मतियारका रुपमा देखा परिरहेका भन्ने भनाई छ ।
उनको सस्था हामी नेपालीको आधिकारिक वेबसाइटमै ‘स्टुडेन्ट्स फर अ फ्री तिब्बतको सहयोग लिएको भन्दै उक्त सस्थाको लोगो र लिंक राखिएको छ । यो तथ्य सार्वजनिक भएपछि ठूलो प्रश्न उठ्ेको छ उनी कुनै राष्ट्रको हित विपरित अदृश्य शक्तिसँगको हिमचिममा लागेका छन् । यति मात्रै होइन भूकम्पपछिका वर्षहरूमा हामी नेपाल ले ठूलो विश्वास जितेको थियो, किनभने सुरुमा संस्थाले पारदर्शिता प्रदर्शन गरेको थियो । वेबसाइटमा चन्दा, सहयोग, खर्च सबै खुलाइन्थ्यो । तर अहिले कहाँबाट कति चन्दा आयो ? ती के केमा कसरी खर्च गरियो, त्यो विवरण गायब छ । उपलब्ध विवरण अनुसार पाँच वर्षमै करिब ५४ करोड रुपैयाँ सहयोग संकलन सुदनको सस्थाले गरेको छ । तर, स्रोत र खर्च कहाँ गयो भन्ने खुलाइएको छैन । वेबसाइटमा अहिले बाँकी रकम ६३ लाख ५२ हजार मात्र रहेको देखाइएको छ । उनको सस्था र उनी स्वयम पनि अपारदर्शी गतिविधिका कारण विवादीत छन् ।
यस बाहेक उनको व्यक्तिगत जीवनको कुरा गर्ने हो भने गोरखाको दुर्गम चुमनुम्रीमा जन्मिएका सुदन सामान्य परिवारमा जन्मेका ब्यक्ति हुन् । परम्परागत गुरुङ परिवार, तर सामान्य पारिवारिक वातावरणले उनलाई लामो समय अँगाल्न सकेन । उनको पृष्ठभूमि हेर्ने हो भने उनी कहाँबाट अहिले कुन स्तरमा आईपुगे भन्ने चित्र सिनेमाको रिल घुमेझै घुमेको देखिन्छ । बुवा–आमाको सम्बन्ध विच्छेदपछि उनको बुवा रोजगारीका लागि भारत पलायन भए । आमाले पनि आफ्नो बाटो समाइन् । तीनजना काकामध्ये कान्छा काकाले उनलाई आफ्नै परिवारसँग राखे । उनी हजुरवुवासँग बसेर हुर्किएका थिए । हुन त गाउँको सामान्य बालककै जस्तै उनको बाल्यकाल भेडा चराउँदै बित्थ्यो । तर, भेडा चराउने क्रममा भएको एउटा क्षणीय दुर्घटनाले उनी चितवनको ज्योतिनगर झरेका थिए । जहाँ घिमिरे परिवारले सञ्चालन गरेको बोर्डिङ स्कुलमा उनले पढाइ अगाडि बढाए । यही स्कुल अहिले भरतपुर महानगरपालिका–२६, ज्योतिनगरमा पर्छ । पढाइमा भने सुदन खासै चम्किएनन् । कक्षा १० मा असफल भएपछि उनी लामो समय हराए । ५–६ वर्ष उनी गुमनाम रहे । त्यसपछि उनी देखिए ठमेलमा ।
सुरुमा कल सेन्टरमा काम गरेर सुदनले गुजारा चलाए । त्यसपछि क्लब र पार्टीहरूमा डीजे बने । डीजे सुदन नामले ठमेलका क्लबबीच उनी परिचित भए । २०१२ मा उनले ‘ओएमजी’ क्लब खोले । थिम पार्टीको नयाँ ट्रेन्ड नेपालमा भित्राए । ठमेलमा उनले पैसा मात्र कमाएनन्, ठूलो नेटवर्क पनि बनाए । राजनीतिकदेखि व्यवसायिकसम्म, विदेशी पाहुनादेखि एनजीओकर्मीसम्म, सबैसँग उनको सम्पर्क बढ्यो । त्यही चिनजान भएका हुन् उनको सुन्दुक रुइतसँग ।
२०७२ सालको विनाशकारी भूकम्पले कयौंको ज्यान लियो । काठमाडौं भग्नावशेषले ढाकिँदा, वीर अस्पताल र ट्रमा सेन्टरमा लास र घाइतेको भीड बढ्दा, सुदन गुरुङ पनि उद्धारमा सक्रिय देखिए । उनले स्वयंसेवक परिचालन गरे, अस्पतालमा सहयोग पु¥याए । त्यसलाई उनले ‘सामाजिक अभियन्ता’को रुपमा देखाउँदै पैसो बटुल्ने योजना बनाए ।
सन्दुक रुइतकै सल्लाहमा उनले हामी नेपाल नामक स्वयंसेवी संस्था दर्ता गरेको भनाई छ । सुन्दुकको बारबारा फाउन्डेसनमार्फत उनले सहयोग पाउन थाले भनेर जता ततै हल्ला छ । कोरोना महामारीमा अक्सिजन, प्लाज्मा, एम्बुलेन्स, बेड व्यवस्थादेखि अस्पतालका आपत्कालीन आवश्यकतासम्म उनी एनजिओ÷आइएनजिओको दृश्य अदृश्य आर्थिक सहयोगमा अगाडी देखा परे ।
त्यसलाई उनले आर्थिक रुपमा बलियो बन्ने बाटो देखायो । उनी बैद्य÷अबैध जुनकुनै सस्थासँग पनि हात मिलाउन थाले । डिस्को चलाउँदा देखि नै काठमाडौंका मेयर बालेन्द्रसँग उनको हिमचिम बढ्यो । त्यो सम्वन्ध आजप्रर्यान्त बलियो छ । उनले बालेनका सहयोगीको भूमिका खेल्न थाले । आर्थिक रुपमा लगानी भित्राउने र पारदर्शिताको आवरणमा रकम कहाँबाट आयो र कहाँ खर्च भयो भन्ने हिसाब प्रस्तुत नगरी संस्थागत हिसाबमा आफूलाई ‘अन्तिम मालिक’ जस्तो देखाउन थाले ।
यही कारण उनका आलोचक भन्छन, सुदनले सामाजिक सेवाको आवरणमा आर्थिक सञ्जाललाई व्यवस्थित ढंगले प्रयोग गरेका छन् । सुदनलाई पछाडि बलियो साथ दिने काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) हुन् । ठमेलमा क्लब सञ्चालन गर्दा राजनीतिक–व्यापारी नेटवर्ककै कारण उनले त्यसपछि असफलता भोग्न परेको छैन । उनी अहिले विभिन्न् ठेक्कापटटाका काममा पनि जोडिएका छन् । पोखराको फेवातालमा डुंगा चढ्नेहरुको टिकट काट्ने ठेक्का उनकै छ । माथी पामे देखि फेवातालसम्मकै जमिनमा अनेक रणनीतिक योजनाका कब्जा नीतिमा उनीसहितको टिम लागेको छ । पोखराका ब्यवसायमा उनलाई बैंक ग्यारेन्टी लगायतका काममा सुन्दुक रुइतले साथ दिएका छन् ।
त्यहाँको ठेक्का लिन बालेन, दीपक मनाङे, दीपक भट्ट, सन्दुक रुइत सम्मको सहयोग उनलाई भएको देखिन्छ । धरानका मेयर हर्कसँग भने उनको ठ्याक मिलेको छैन । धरानमा सेभ घोपा अभियान चलाउन पनि सुदन पुगे । तर धरानका मेयर हर्क साम्पाङसँग उनको मन मिलेन । उनले साम्पाङसँग हातेमालो गर्ने प्रयास गरेका थिए । तर यी दुईबीच केही आर्थिक लेनदेनमा कुरा नमिलेपछि विवाद भएको थियो । यस्तो देखिन्छ सुदनले प्रत्येक क्षेत्रमा आफ्नो पहुँच बढाउन विवादास्पद व्यक्ति वा संस्थासँग सहकार्य गर्न पछि परेनन् ।
पोखराको फेवातालदेखि काठमाडौंसम्म ठेक्का र व्यापारिक महत्वाकांक्षा उनीसँग छ । ३८ वर्षका सुदन गुरुङलाई कसैले आधुनिक युवा अभियन्ता देख्छन्, कसैले नेटवर्कको खेलाडी । तर एक कुरा स्पष्ट छ । उनले आफूलाई हरेक ठूलो घटनामा ‘केन्द्रबिन्दु’ बनाइराखेका छन् । देशभर भदौं २३ र २४ मा भएको आन्दोलनमा उनी नै अहिले केन्द्रविन्दुमा देखिएका छन । उनको धम्कीपूर्ण चेतावनीकै कारण नेपाली सेनाले सम्म करिव समर्पण गरेको देखाईरहेको छ । अहिले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई उनले प्रधानमन्त्री भएपछि खुटटामै ढोगिदिएर अर्काे चर्चा बटुलेका छन् । यसभित्र उनका अब भने ब्यापारिक स्वार्थ र महत्वांकाक्षा जोडिएर आएको छ । उनले दुई वर्षयता राजनीतिमा आउने बताईरहेका छन् । उनले राजनीतिमा आउने खुड्किलो विवादको छविलाइृ लुकाएर समाजसेवाको आवरणलाइृ मात्रै देखाउन कोसिस गरिरहेको भनाई । तर उनले जति लुकाउन खोज्दा पनि विवादास्पद साठगाँठ र आर्थिक लेनदेन कुनै न कुनै रुपमा खुलिरहेको भनाई छ ।
भ्रष्ट, अधिनायकवादी र असफल सरकार भन्दै जनरल जेड (जेनजी) युवाहरूको नेतृत्वमा भएको तीव्र विरोध प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार राजीनामा दिए । सोमबार प्रदर्शनकारीहरूले संसद भवनमा आक्रमण गरी ओली र अन्य मन्त्रीहरूको घरलाई निशाना बनाएपछि प्रहरीले गरेको कारबाहीमा असिमित जनाको मृत्यु भएको थियो भने ४०० बढी घाइते भएका थिए । नेपालभरि मानिसहरूलाई सङ्गठित गर्ने युवाद्वारा सञ्चालित गैरसरकारी संस्था हामि नेपालका ३८ वर्षीय अध्यक्ष सुदन गुरुङ विरोध प्रदर्शनको केन्द्रबिन्दुमा छन् ।
Source : https://www.youtube.com/watch?v=Vw_UJKGrsAQ
Comments
Post a Comment