Skip to main content

यस्तो छ पुर्व मन्त्री सुमना श्रेष्ठको इतिहास || Sumana Shrestha

यस्तो छ पुर्व मन्त्री सुमना श्रेष्ठको इतिहास



सुमना श्रेष्ठले १४ सेप्टेम्बर २०२५ मा राष्ट्रीय स्वतन्त्र पार्टीबाट राजीनामा दिइन्, जसको कारण उनले नेता–पूजा गर्ने संस्कृतिको आलोचना गर्नु परेको बताएकी छन् । खासमा सुमना श्रेष्ठले रास्वपामा सुधार ल्याउने धेरै प्रयास गरिन् तर नेतृत्व केन्द्रित, गतिहीन र पारदर्शिता नभएको संस्कार बदल्न नसक्दा उनले पार्टी छाडिन् । हुन त यसअघि, पार्टीको संयुक्त महासचिवको रुपमा पनि कार्यरत थिइन्, भन्ने पद त्यति धेरै समयसम्म रहेन ।

यसको पछाडि विशेष कारण अर्को के पनि छ भने पुरानो संस्कार र नेतृत्व केन्द्रित प्रवृत्तिलाई परिवर्तन गर्न नसक्नु हो । उनले जेनजी आन्दोलनलाई स्वःस्फूर्त, दीर्घकालीन आक्रोशको विस्फोटका रूपमा देखिन् र सरकारले गरेको दमनको आलोचना हो । नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ र पुराना पार्टीले पुस्तान्तरण गर्नुपर्छ भन्ने उनको सन्देश स्पष्ट छ ।

नमस्कार साथीहरु आजको यस एसिसोडमा हामी बुझने प्रयास गर्नेछौं के कोही कुनै राजनितिक पार्टीमा आबद्ध भएरपनि कसरी आजको जेन–जी पुस्ताको फेबरेट लिडर बन्न सफल हुन सक्छ भनेर । तर त्यस अघि यो पनि बुझने प्रयास गरौं के सुमना श्रेष्ठको इतिहास के हो उनी को हुन उनको ब्याकग्राउण्ड के हो र उनको राजनिति योगदान के कस्तो छ भनेर । आउनुहोस सुरु गरौं ।

सुमना श्रेष्ठ संघीय संसद् अन्तर्गत दोश्रो प्रतिनिधिसभाकी सदस्य थिइन । समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको जनजाति समूहको प्रतिनिधिका रूपमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत चुनिएकी हुन् ।

सुमना श्रेष्ठका बुबा हुन् रेमेश प्रसाद श्रेष्ठ र आमा मीना देवी श्रेष्ठ र जीवनसाथीको रुपमा पावेल स्काविन्स्की हुन जो कि विदेशी नागरिक हुन । १ अक्टोबर १९८४ काठमाडौँ, नेपालमा जन्मेकी सुमनाले आफ्नो प्रवेशिका परीक्षा काठमाडौंको छेत्रपटीस्थित सरस्वती बोर्डिङ उच्च माध्यमिक विद्यालयमा पढिन् । त्यसपछि उनले बुढानिलकण्ठ स्कुलमा ए–लेभल अध्ययन पश्चात उनले अमेरिकाको मासाचुसट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमाईटी) स्लोन स्कूल अफ म्यानेजमेन्टबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातकोत्तर (एमबिए) गरेकी छिन् । त्यसभन्दा अघि उनले अमेरिकाकै ब्रिन मार कलेजबाट अर्थशास्त्रमा र ह्याभरफर्ड कलेजबाट गणितमा स्नातक गरेकी हुन् ।

वि.स. २०७२ सालभन्दा अघि सुमना अमेरिकास्थित बोस्टन कन्सल्टिङ ग्रुप (द्यऋन्) मा परामर्शदाताका रूपमा कार्यरत थिइन् । त्यसअघि ट्रेड अनालिस्ट (वाणिज्य विश्लेषक) का रूपमा सिटीग्रुपमा समेत काम गरेकी थिइन् । जब वि.स. २०७२ सालमा नेपालमा महाभूकम्प गयो, तब उनको जीवनको लेन बद्लियो । भूकम्पपछि नेपालमा विश्व खाद्य कार्यक्रम डब्ल्युएफपी सँग काम गर्न बोस्टन कन्सल्टिङ ग्रुप (बिसीजी) ले उनलाई नेपाल पठायो । ०७२ भन्दा अघि अमेरिका स्थित बोस्टर्न कन्स्लटिङ ग्रुपमा परामर्शदाता र सिटी ग्रुपमा ट्रेड एनालिस्टको रूपमा काम गरेकी सुमना श्रेष्ठ भूकम्पपछि नेपाल फर्केर सामाजिक अभियन्ता, उद्यमी र राजनीतिज्ञका रूपमा चिनिइन् ।

उनको प्राथमिकतामा प्रविधि क्षेत्रमा रोजगारी, प्रवासी नेपालीलाई विकासमा संलग्न गराउने, र उत्तराधिकारी राजनीतिज्ञ तयार पार्ने नयाँ पुस्ताका लागि प्रेरणा बनेको छ ।

सुमनाले नेपाललाई नै कार्यक्षेत्र बनाएर काम गर्न थालेपछिका वर्षहरूमा उनी नेपाल र नेपालीका लागि सञ्चालन भएका विभिन्न अभियान र कार्यक्रममा आधारभूत तहमै संलग्न भएकी छिन् । भूकम्पपछि प्रवासी नेपालीहरूमार्फत प्राप्त भएको सहायता सामग्री सङ्कलन र वितरणमा संयोजन गरेर होस् वा काष्ठमण्डप पुनर्निर्माणसम्बन्धी उपसमितिलाई नेतृत्व गरेर अथवा रानीपोखरी बचाउ अभियानमा सक्रिय रहेर, उनी तत्काल आवश्यक सहयोग, सहायता देखि पुनर्निर्माणसम्मका गतिविधिमा सक्रिय रुपमा सहभागी भइन् । यति मात्रै नभई कोभिड– १९ महामारीका बेला समेत नेपाली नागरिकलाई कोभिड– १९ विरुद्धको खोप प्रदान गर्न अमेरिकी सरकारलाई त्यहाँको सिनेटमार्फत अनुरोध गरिन् ।

सुमना आफैँमा परोपकारी र सहयोगी हृदयकी त छिन् नै, त्यसका साथै उनी एक सफल उद्यमी पनि हुन् । उनले कारपुल काठमाडौँ र मेडिकेसन फर नेपाल जसलाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन् २०१६ मा क्यालिफोर्नियामा भएको ग्लोबल अन्टरप्रेनरसिप समिटमा खुल्ला हृदयले प्रशंसा गरेका थिए) लगायतका परियोजनाको सुरुवात गरेकी छिन् । नाकाबन्दीका कारण देखापरेको इन्धनको समस्यामा नागरिकलाई थोरै भए पनि राहत दिने गरी सुरु गरिएको कारपुल नेपाल र विशेषतः महाभूकम्प पछिको अवस्थामा औषधिजन्य आवश्यकतालाई पूर्ति गर्ने उद्देश्यले सुरु गरिएको मेडिकेसन फर नेपाल दुवै सफल परियोजना हुन् ।

बहुमुखी प्रतिभा र ज्ञानकी धनी सुमना गणितमा पनि दख्खल राख्छिन् । गणितमा पनि स्थानविज्ञान (टोपोलोजी) र ज्यामितिमा उनको विशेषज्ञता छ । उनले व्यवस्थापन परामर्श दाताका रूपमा काम गरिसकेकी छिन् । यसका साथै उनले कोसी कोल्याबोरेटिभ (प्यकष् ऋयििबदयचबतष्खभ– व्यवस्थापन तथा प्राविधिक परामर्शदाता कम्पनी), नोवाला बायोटेक (ल्यखबबि द्यष्यत्भअज  स्वास्थ्य उपकरण सामग्री उत्पादन) र बटुका क्रिमरी (आइसक्रिम पार्लर) लगायतका उद्यम स्थापना गरेकी छिन् ।

प्रविधि र अर्थशास्त्रमा विज्ञता भएकी राजनीतिज्ञको रूपमा सुरुवाती चरणमा सुमनाको मूलतः तीनवटा प्राथमिकता छन् । पहिलो रोजगारीको सिर्जना गर्ने (विशेषतः प्रविधिको क्षेत्रमा), दोश्रो नेपालको विकासको मुद्दामा प्रवासी नेपालीहरुलाई संलग्न गराउने र तेस्रो राजनीतिज्ञहरूको राजनीतिक उत्तराधिकारीको योजना सञ्चालन गर्ने हो ।

नेपालको राजनीतिक परिदृश्यमा कुनै नायक वा मसीहा होइन, एउटा दीर्घकालीन स्वचालित प्रणालीको खाँचो छ । सुमना त्यो निर्माण गर्न उद्यत छिन् । उनलाई तपाईँहरू सबैको साथ, सहयोग र सद्भावको आवश्यकता छ ।

अब कुरा गरौं सुमना श्रेष्ठ जस्तो कुनै पार्टीभित्र बसेर पनि कसरी उनी जेनजी अर्थात नयाँ पुस्ता बाट धेरै सपोर्क पाएकी छिन भनेर ।

यसमा केही प्रमुख कारणहरु छन जस्तै ः

१. व्यक्तिगत छवि र स्वच्छ राजनितिक पहिचान ः सुमना श्रेष्ठको छवि नोन क्रप्टेड र नोन ट्रेडीशजल जस्तो छ ।

२. पोलिसी ओभर पर्सनालिटी अर्थात नीति केन्द्रित ः उनी पार्टीको नेतालाई प्राथमिकतामा राखेर उनको पूजा गर्नु भन्दा पनि नीतिलाई प्राथमिकता भन्ने कुरा खुलेर बोल्छिन् ।

३.सामाजिक सञ्जालमा सक्रियता ः सुमना श्रेष्ठ सामाजिक सञ्जालमा सक्रिय छिन् ।

जहाँ उनले आफ्ना स्टयाण्ड, पोलिसी, कामहरु र निर्णयहरू सजिलै बुझिने भाषामा पोस्ट गर्छिन् ।

४. ग्रासरुट एण्ड सोसेल कोजेज ः भुकम्प पुनः निर्माण रानी पोखरी बचाउ, मेडिकेसन फर नेपाल जस्ता ग्रासरुटस सेसेल मुभमेन्टमा उनको योगदान छ । 

५. पार्टी भर्सेज इन्डीभिजुअल्स ः जेनजीले पार्टी भन्दा पनि व्यक्ति हेरेर सपोर्ट गर्ने प्रवृति राख्छ । उनी पार्टीमा हुँदा पनि आउटस्पोकन, अकाउन्टेबल, ट्रान्सपेरेन्सी माग्ने नेताको रुपमा देखिएकी थिइन् ।

६. लिडरशिप स्टाइल ः मिटिङमा स्र्टेट फोरवार्ड बोल्ने, टिकटकमा शर्ट अपडेट दिने, पब्लिकली फिडब्याक लिने बानी छ जबकि अन्य पुराना नेताहरुमा यि बानी नै छैन ।

साथीहरु सुमना श्रेष्ठको जीवनकथा हामीले आज बुझ्यौँ – एउटा साधारण विद्यार्थीबाट सामाजिक अभियन्ता हुँदै नेपालकै नयाँ पुस्ताको आशा बनेकी नेतासम्मको यात्रा । उनीले देखाएको पारदर्शिता, नीति र नयाँ सोच हाम्रो भविष्यको राजनीतिमा प्रेरणा होस् । 

हामीलाई विश्वास छ, तपाईंलाई यो एपिसोड मन पर्यो होला । तपाईंको विचार के छ ? तल कमेन्टमा लेख्नुहोस् । र, अझ यस्ता नै प्रेरणादायी कथाहरूका लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोस् । धन्यवाद !



Source: https://www.youtube.com/watch?v=pYwCrkbrTOI
We welcome you to this blogger where you can find :- Motivational Videos, Facts videos, Life Quotes + Motivational Quotes, Life story short videos, Traveling vlogs + personal videos, This blogger will help you in these ways :- To improve your life, To improve your knowledge, To motivate you with life short stories, so if you want success in life Follow the blogger :)

Comments

© 2020 Samaya Chakra

Designed by Open Themes & Nahuatl.mx.