Skip to main content

यस्तो छ अहिलेको प्रधानमन्त्री सुशीला कार्कीको इतिहास || Sushila Karki

यस्तो छ अहिलेको प्रधानमन्त्री सुशीला कार्कीको इतिहास



पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचेकी सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री बनेर अर्काे इतिहास रचेकी छन् ।

को हुन त इतिहास रचेकी पहिलो महिला प्रधानमन्त्री शुशीला कार्की ? आजको यस समय चक्रको एपिसोडमा बुझने प्रयास गर्ने छौं । आउनुहोस भिडियो शुरु गरौं । 

छोटोमा बुझदा विराटनगर– २, शंकरपुर तीनपैनीमा रहेको जनता माविबाट स्कुल शिक्षा पूरा गरेकी कार्की बुद्धिजीवी दुर्गा सुवेदीकी पत्नी हुन् । तर विस्तारमा बुझनु पर्दा । भोजपुरबाट धनकुटा बसाइँ सरेका थिए सुशीला कार्कीका हजुरबुवा एवं तत्कालीन राणाकालका लप्टनेनन कर्णवीर । पाँच श्रीमतीमध्ये सुशीला कान्छी हजुर आमातर्फका छोराकी सन्तान थिइन् । कान्छी हजुरआमा हक्की थिइन् । उनमा त्यही स्वभाव बाल्यकालमा हुबहु आयो । 

धनकुटापछि मोरङ बसाइँ सरेको परिवारमा उनको जन्म २००९ सालमा भएको थियो । माता लीलादेवी र पिता डिल्लीबहादुरको विवाह भएको एक वर्षमा उनको जन्म भएको थियो । उनी परिवारका सात सन्तानमध्ये जेठी हुन् । 

डिल्लीबहादुर २००७ सालको क्रान्तिका योद्धा थिए । प्रजातन्त्र स्थापना गर्न तत्कालीन व्यवस्थाविरुद्ध लड्दा उनको ज्यान मुस्किलले बचेको थियो । बुकहिलद्वारा प्रकाशित सुशीला कार्कीको आत्मकथामा उनले लेखेकी छिन्, क्रान्तिको समयमा उहाँ गोली लाग्नबाट संयोगले बच्नुभएको थियो । टाउकोनिरबाटै छाला खुइल्याएर गोली गएको थियो रे । गोलीले टाउकोमा छाला खुइल्याएको दाग हामीलाई देखाइरहनुहुन्थ्यो ।

डिल्लीबहादुर २०४२ सालको सत्याग्रहमा नेपाली कांग्रेस विराटनगरको सभापति थिए । जीवनको उत्तरार्धमा पनि प्रजातन्त्रको लडाइँमा सक्रिय उनी कांग्रेसको सक्रिय राजनीतिमा भने मन मर्दै गएको देखिएको कार्कीले आफ्नो आत्मकथामा लेखेकी थिइन् । 

उनले आफ्नो राजनीतिक पृष्ठभूमि पनि खुलाएकी छिन् । कांग्रेसको भातृ संगठनमा आबद्ध भएको उनले लुकाएकी छैनन् । तर, पछि वकालत पेसामा छिरेपछि भने पार्टीगत राजनीति चटक्कै छाडेको बताएकी छिन् । 

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शपथ लिएकी सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छन् । कार्कीको शपथ २३–२४ भदौमा नेपालमा जेन–जी आन्दोलनको उपलब्धिको रूपमा हेरिएको छ । उनी पहिलो महिला प्रधानन्यायाधीश पनि हुन् ।


कार्कीलाई बाल्यकालमा कखरा पिताले नै पढाएका थिए । उनको माध्यमिक तहसम्मको पढाइ विराटनगरको जनता स्कुलमा भयो । जहाँ शैलजा आचार्य र वामपन्थी राजनीतिका चर्चित व्यक्तित्व मोहनचन्द्र अधिकारीले पढाएका थिए । उनले २०२५ सालमा दोस्रो श्रेणीमा एसएलसी उर्तीर्ण गरेकी थिइन् । 

उनको उच्च शिक्षा भने विराटनगरको महेन्द्र मोरङमा भएको थियो । जहाँबाट २०२७ सालमा तृतीय श्रेणीमा आइए उत्तीर्ण गरिन् र त्यहाँबाट कार्कीले चैत २०३० सालमा बीए पास गरेकी थिइन् । त्यहीँ हुँदा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनलाइ काठमाडौं पुगेर स्नातकोत्तरमा भर्ती हुन सम्भव भएन । तत्कालिन सरकारले उनलाइ राज्यविरूद्द  लागेको हुनाले गिरफ्तार पर्नसक्ने भयले भारतको इलाहावाद पुगिन्, जहाँ बीपीको परिवारसँग उनको सानिध्यता रह्यो । 

थप अध्ययनका लागि भारत पुगेकी उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरिन् । पढाइकै क्रममा प्रजातन्त्रवादी नेताहरूसँग उनको सम्पर्क भयो । सोही बेला दुर्गा सुवेदीसँग उनको चिनजान भएको थियो । बनारसको हिन्दु विश्वविद्यालयबाट उक्त अध्ययन पूरा गरी उनी नेपाल फर्किएकी थिइन् ।

पछि उनै सुवेदीसँग कार्कीको विवाह भयो । सुवेदी उनै नेता हुन्, जो प्रजातन्त्र पुनस्र्थानाका लागि भूमिगत अवस्थामा नेता गिरिजाप्रसाद कोइराला लगायतसँग राजनीतिक गतिविधिमा थिए । क्रान्तिका लागि पैसा उठाउन २०३० सालमा विमान अपहरण गर्नेमध्येका एक सक्रिय नेता उनै सुवेदी थिए । उनीहरूका एक सन्तान छन् । 

कार्कीले आफूले विराटनगरबाट २०३६ सालदेखि कानुन व्यवसायीको रुपमा काम थालेको किताबमा उल्लेख गरैकी छिन् । उनले ०३५ मा वकालत थाल्दा विराटनगरमा महिला कानुन व्यवसायी थिएनन् । पछि केही संख्यामा महिला कानुन व्यवसायीको प्रवेश भए पनि टिकिरहन सकेनन् । तर, कार्की अविचलित वकालतमा टिकिरहिन् । उनले त्यसको दुई वर्षअघि नै कानुनमा स्नातक उत्तीर्ण गरिसकेकी थिइन् । 

वकालतको २७ वर्षपछि वरिष्ठ अधिवक्ता बनेकी उनी ०६५ मा सर्वाेच्च अदालतको अस्थायी न्यायाधीश बनिन् । कानुन व्यवसाय थालेको २५ वर्षपछि अर्थात् २०६१ सालमा वरिष्ठ अधिवक्ताको उपाधि पाएकी कार्की ४ वर्षपछि नै सर्वोच्चको अस्थायी न्यायाधीश भइन् । २०६७ सालमा न्यायाधीश भएकी कार्की २०७३ सालमा कायममुकायम प्रधानन्यायाधीश र २०७४ सालमा नेपालको पहिलो महिला प्रधानन्यायाधीश बन्ने मौका पाइन् ।

तर, उनले सर्वाेच्चको नेतृत्वको कार्यकाल पूरा गर्न पाइनन्, महाभियोगको सामना गर्नुप¥यो । यद्यपि, सर्वाेच्च अदालतको अन्तरिम आदेशका कारण महाभियोग निस्तेज भएपछि दलहरूले महाभियोग फिर्ता लिएका थिए ।

कार्कीलाई विराटनगरमा चिन्नेले हक्की स्वभावकी कानुन व्यवसायी भन्छन् । उनको उक्त हक्की स्वभाव न्यायाधीश र एक वर्ष २ महिना प्रधानन्यायाधीश बनेको मुलुकको न्यायालयको नेतृत्व गर्दा समेत कायम नै थियो । उनको हक्की स्वभावकै कारण महाअभियोगकै सामना गर्नुपर्ने परिस्थितिसमेत बनेको थियो । तर, मूल राजनीतिक नेतृत्व महाअभियोग लगाउने तयारीबाट पछि हटेको थियो ।  

संयोग पनि रोचक बनेको छ । कार्कीले प्रधानन्यायाधीश हुँदा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अगुवाईमा महाअभियोग दर्ता भएको थियो । सर्वत्र विरोधपछि फिर्ता लिन बाध्य भए । अनि कार्कीको पक्षमा त्यतिबेला उभिएका थिए एमाले अध्यक्ष केपी ओली । अहिले कार्कीले ओलीलाई विस्थापन गरी प्रधानमन्त्रीमा बन्न पुगिन । 

उनको नेतृत्वमा केही मुद्दामा भएका निडर र ऐतिहासिक फैसला आज पनि सम्झनलायक छन्, जसमा तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको अयोग्यताबारे, मन्त्रिपरिषद्का सदस्य जेपी गुप्ताको भ्रष्ट्राचार प्रकरण र सुडान घोटालालगायत छन् । 

अब सरकारको नेतृत्व महिलाको हातमा छ । उनले महिलाको नेतृत्वको कौशल बाल्यकालमा घरदेखि नै सिकेकी हुन् । त्यसैले कार्कीले आफ्नो किताबमा लेखेकी छिन्, पिताजी राजनीतिमा सक्रिय भएको हुनाले घरमा समय नै दिन भ्याउनुहुन्नथ्यो । घरमूली पिताजी भए पनि हाम्रो घर धान्ने मियोचाहिँ हजुरआमा र आमा हुनुहुन्थ्यो ।

विभिन्न अनलाइनहरुबाट साभार यो भिडियो कस्तो लाग्यो कृप्या कमेन्ट बक्समा प्रतिक्रिया दिनु होला र आउने दिनहरुमा अन्य कसको जीवनी यस च्यानलमाका लागि सिफारिस गर्नुहुन्छ कृप्या प्रतिक्रिया दिनु होला । धन्यबाद । 


Source: https://www.youtube.com/watch?v=miROp0Xql5Y
We welcome you to this blogger where you can find :- Motivational Videos, Facts videos, Life Quotes + Motivational Quotes, Life story short videos, Traveling vlogs + personal videos, This blogger will help you in these ways :- To improve your life, To improve your knowledge, To motivate you with life short stories, so if you want success in life Follow the blogger :)

Comments

© 2020 Samaya Chakra

Designed by Open Themes & Nahuatl.mx.