नाम – कृष्णबहादुर महरा, पारिवारिक स्थिति – बिबाहित श्रीमती, छोरीहरु २, छोराहरु २, बुवाको नाम – रविचन्द्र महरा (दिवंगत), आमाको नाम – समुन्द्रादेवी महरा (दिवंगत), जन्म मिति – २०१५ आषाढ १५ गते, ठेगाना – जन्मस्थान – रोल्पा लिवाङ –७ धारापानी पछि बसेको घर लिवाङ–७, मेवाङ, शिक्षा– प्रवेशिका, नेपाल लिवाङ् रोल्पाबाट प्रमाणपत्र तह, विज्ञान, त्रि. वि.वि. नेपाल, नेपालगञ्ज स्नातक तह, शिक्षा शास्त्र, त्रि.वि.वि. नेपाल –पोखरा, पेशा – राजनीति, नेपालको प्रतिनिधि सभाका सभामुख, संविधानसभा निर्वाचन २०७० मा रोल्पा बाट निर्वाचित पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् । उनलाई आज आइतबार पक्राउ गरेको जानकारी दिए अनुसार १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट ०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए । उक्त सुटकेशभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेप ल्याएका थिए । उक्त भेपमा भने सुन लुकाएर ल्याइएको थियो । ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन ल्याइएको थियो । उक्त सुन भन्सारका नासु रेवनत खड्का समेतको मिलेमतोमा बेचिएको अनुसन्धानले खुलाएको थियो । उक्त सुन छुटाउन भन्दै महराले भन्सारमा दबाब दिएको आरोप लागेको थियो । यो प्रकरणका उनका छोरा राहुल महरा यसअघि पक्राउ परेर कारागार समेत चलान भएका थिए । दुई वटा सुटकेश शंकास्पद देखिएपछि चेकजाँच गर्दा भेप देखिपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । पासपोर्ट फिर्ता लिएर हासोङले पर्सिपल्टै काठमाडौं छाडे । भेप भने लामो समयसम्म भन्सारमै थन्कियो । भेपमा तस्करीको सुन भएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले सुटुक्क साटे । भेप साटिएको शंका लागेपछि २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई पत्राचार गर्दै अनुसन्धान गर्न भनेको थियो । २ महिनासम्म लगाएर अनुसन्धान गरेको सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ, उनका गाडी चालक लोकेन्द्र पौडेल, राहुल महरा, नीमा गुरुङलाई मतियार बनाएर मुद्दा दायर गरिएको थियो । अहिले महरा पक्राउ परेसँगै यो तस्रो अभियोजन हुनेछ । महरा संलग्न रहेको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिन अघि बयान लिइएको थियो । त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भिर्त्याउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको कल रेकर्डले देखाएको थियो । यसअघि नै अनुसन्धानको दायरामा तानिएका पूर्वसभामुख महराविरुद्ध सत्ता र शक्तिको आडमा अनुसन्धान फाइल अघि बढेको थिएन । यही घटनामा यसअघि महरालाई सीआईबीले नै ५ चैत २०८० मा कपिलवस्तुबाट पक्राउ गरेको थियो । त्यतिबेला भने उनी पक्राउ परेको ५ दिनमै ९ चैतमा छुटेका थिए । महराको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै अदालतले उपचार गराउन आदेश दिएको थियो । त्यसपछि सरकारी वकिलसँगको छलफलपछि महरा हाजिरी जमानीमा छुटेका थिए । त्यतिबेला भने महराविरुद्ध प्रमाण नपुगेको भन्दै मुद्दा दर्ता भएन । महरामाथिको अनुसन्धान फाइल सीआईबीमै रोकिएको थियो । आजको भिडियोमा हामी उनै कृष्ण बहादुर महराको बारेमा विस्तारमा कुरा गर्ने छौं ।
कृष्णबहादुर महरा 'अमरसिंह' नेपालको सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाका पूर्व सभामुख तथा प्रतिनिधिसभा सदस्य हुन् । उनी थुनामा बसेर जबर्जस्ती करणी प्रयासको मुद्दाको प्रतिरक्षा गरिरहेका थिए भने अदालतले उनलाई सफाई दिएको थियो। उनी पूर्व एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव थिए। उनी पूर्वउपप्रधान एवं गृहमन्त्री पनि हुन्। महरा सरकार-माओवादी वार्ताकालमा तीनै पटक संलग्न थिए। पटकपटक पार्टी प्रवक्ता, दुईपटक सरकार–माओवादी वार्ता टोलीका संयोजक तथा एकपटक सदस्य बनेका महरा पूर्व उप्रधान तथा गृहमन्त्री हुन् । उनी पटकपटक सूचना तथा सञ्चार मन्त्री बनिसकेका छन्। सञ्चामन्त्री हुँदा उनले अघि सारेको ‘हातहातमा मोबाइल सेट, घरघरमा इन्टरनेट’को महत्त्वाकांक्षी नारा छोटै समयमा स्थापित भयो। योसँगै उनले सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐन जारी गर्न पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरे। विभिन्न जिल्लामा पत्रकार महासङ्घको भवन निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराउनेदेखि पत्रकार विमा स्थापनाका लागि समेत उनले भूमिका निर्वाह गरेका छन्। वि. सं. २०६४ सालमा अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा महरा माओवादी विधायकका संसदीय दलको नेता थिए। माओवादी सरकारमा गएपछि माओवादीको तर्फबाट मन्त्रिमण्डलमा नेतृत्व गरेर सूचना तथा सञ्चारमन्त्री समेत भएका थिए। वि. सं. २०४८ सालको आम निर्वाचनबाट रोल्पा २, वि. सं. २०६४ को संविधानसभा निर्वाचनमा दाङ ३ र संविधानसभा निर्वाचनमा रोल्पा १बाट विजयी बनेका महरा लगातार तीनवटा चुनाव जित्ने एमाओवादीका नेता हुन्। निम्न वर्गीय किसान परिवारमा जन्मिएका महराले रोल्पा जिल्लाको सदरमुकामस्थित लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषयको शिक्षण गरेका थिए। वि. सं. २०३६ देखि वाम राजनीतिमा लागेका महरा वि. सं. २०५२ देखि भूमिगत भए। माओवादी विद्रोह सुरू भएपछि महरा सपरिवार नै भूमिगत भए। रोल्पा जिल्लाको लिवाङ गाविस वडा नम्बर ७ मेबाङमा रविचन्द्र र समुद्रादेवीको छोराको रूपमा जन्मिएका महराका २ छोरा २ छोरी छन्। महराका दुई छोरा निर्मल महरा र राहुल महरा पार्टी सङ्गठनमै क्रियाशील छन् भने छोरीहरू छोरीहरु प्रगति र उन्नति पनि पार्टीमै छन्। कतिपय नेताहरूले आफ्ना छोराछोरी विदेश पढाइरहँदा महराले भने आफ्ना छोराछोरीलाई युद्धमै होमेका थिए। दुवै छोराले जनुमक्ति सेनाबाट बृहत् शान्ति सम्झौतापछि अवकाश लिएका थिए भने छोरीहरु सांस्कृतिक फाँटबाट घर व्यवहारमा जुटेका छन् । यिनले अमरसिंह उपनामबाट माओवादी जनयुद्धको नेतृत्व गरेका थिए। मोहनविक्रम सिंहले रोल्पा जिल्लामा रोपेको वाम राजनीतिलाई महराले नै उचाइमा पुर्याएका हुन्।
हुन त कृष्ण बहादुर महरा र विवादको पुरानै सम्बन्ध रहेको देखिन्छ । जस्तै सभामुख रहेकै अवस्थामा महराले आफ्नै कार्यालयकी एक विवाहित महिला कर्मचारीबाट बलात्कारको आरोप लागेपछि राजीनामा दिनुपरेको थियो । यद्यपि महराले ती महिलासँग पुरानो पारिवारिक नाता रहेको र बिरामी हुँदा भेट्न मात्र गएको भन्दै आरोप अस्वीकार गरेका छन् । प्रधानमन्त्री, उपप्रधान तथा गृहमन्त्री, उपप्रधान तथा रक्षा मन्त्री समेत रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय भनिने एक उच्च तहको सयन्त्रले भने साँझपख विवाहित महिलाको डेरामा एक्लै भेट्न जानु अनैतिक हुने ठहर गर्दै सभामुख र सासद दुवै पदबाट राजीनामा दिनुपर्ने निर्णय गरेको सोही पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चार माध्यमहरूलाई बताएका थिए। यसै प्रकरणमा पद र शक्तिको प्रयोग गरी विषयलाई राजनीतिकरण गरेको, प्रहरीलाई स्वतन्त्र अनुसन्धान गर्न सक्ने अवस्थामा व्यवधान सिर्जना गरेको र पीडितलाई दबाब दिएको हुन सक्ने भन्दै एक सवैधानिक अङ्ग राष्ट्रिय मानव अधिकार आयोगले आशका व्यक्त गरेको थियो । प्रहरीले जिल्ला अदालत काठमाडौँ र उपसभामुख शिवमाया तुम्वाहाङ्फेको अनुमति लिएर महरालाई हिरासतमा लिएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा महरालाई जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगको मुद्दा चलाएको थियो । अदालतको आदेश अनुसार महरा २०७६ कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा थुनामा समेत उनलाई राखिएको थियो ।
अहिले प्रकरणमा उनी हाजिरी जमानीमा छुटेको दुई वर्षपछि फेरि महरा पक्राउ परेका छन् । एउटै मुद्दामा दोस्रो पटक किन पक्राउ परे भन्ने प्रश्नमा सीआईबीका अधिकारी भने थप केही प्रमाण देखिएको दाबी गर्छन् । यसअघि सुन तस्करी जाँचबुझ आयोगले समेत पक्राउ गरेर कारबाही गर्नुपर्ने बताएको र केही विषयहरू थप खुलेको दाबी सीआईबीको छ । सम्पत्ति शुद्धीकरण विभागले गत पुसमा नासु खड्कासहित दिनेश बस्नेत, अमृत कार्की, राम केशव थापा, ललिता थापा, वेदप्रकाश अग्रवाल, साहेब राव, पाण्डुरङ मगरले, राहुल महरा, दावा छिरिङ, रोजन राउत र प्रेरणा थापाविरुद्ध मुद्दा चलाएको थियो । उनीहरूमध्ये रोजन र प्रेरणालाई भने सम्पत्ति जफत प्रयोजनका लागि मुद्दा दायर गरिएको छ । उनीहरूविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो कायम गर्दै सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । यो मुद्दा अहिले पनि विचाराधीन अवस्था छ ।
Comments
Post a Comment