Skip to main content

Biography of Barsha Raut


अभिनेत्री वर्षा राउतले आफ्नो हातमा देखिएका दागबारे मिडियामा फैलिएका भ्रामक समाचारहरूको प्रष्टीकरण दिएकी छन्। फिल्म ‘हर्ष’ को ट्रेलर सार्वजनिक कार्यक्रममा सो विषयमा प्रश्न उठेपछि उनले फेसबुकमा स्टाटस लेख्दै स्पष्ट पारिन् कि ती दागहरू १०–१५ वर्ष पुराना हुन् र उनका पुराना तस्वीरहरूमा पनि ती देख्न सकिन्छ। राउतले मिडियाले दागलाई गलत रूपमा प्रस्तुत गरेको भन्दै व्यक्तिगत जीवनमा अनुमान नगर्न आग्रह गरिन्। उनले भनिन् कि कहिलेकाहीँ मिडियाले कुरा गलत अर्थमा लिएर व्यक्तिगत जीवनसँग जोड्ने गर्छ, जसले उनलाई बोल्न डर लाग्ने बनाएको छ। ‘हर्ष’को ट्रेलर कार्यक्रममा उनले व्यक्तिगत प्रश्नहरूको उत्तर नदिने निर्णय गरेको बताउँदै भनिन् कि कहिलेकाहीँ मौन रहनु नै सबैभन्दा राम्रो उत्तर हुन्छ। अन्त्यमा उनले कलाकारको पहिचान उसको काम, मिहेनत र सिर्जनाशीलतामा हुने उल्लेख गर्दै आफू कलाकारितामा केन्द्रित रहन चाहने बताएकी छन्। आज हामी यिनै अभिनेत्री वर्षा राउतको बारेमा विस्तारमा कुरा गर्ने छौं । आउनुहोस भिडियो शुरु गरौं ।

वर्षा राउत एक नेपाली चलचित्र अभिनेत्री हुन्। उनको जन्म १४ डिसेम्बर १९९३ साल सिन्धुली, नेपालमा भएको हो। उनले नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी थिइन्। उनी नेपाली चलचित्र क्षेत्रमा छक्का पञ्जा चलचित्रबाट नयाँ स्टारका रूपमा छाएकि थिइन्। उनी नेपालकी लोकप्रिय अभिनेत्री मध्ये एक हुन् । सिर्जना कार्कीको ‘रोजेको मैले’ गीतमा गरेको मोडलिङ उनको लागि प्रदापण थियो। चलचित्र यात्रा म्युजिक भिडियोबाट शुरु गरेकी वर्षा, मनोरञ्जन प्रधान फिल्म जात्रा ‘लोकप्रिय’ बनेपछि अभिनेत्री वर्षा राउतको नेपाली चलचित्र कार्यकाल एउटा इँटा थपिएको छ। पहिलो चलचित्र प्रदर्शनमा नआउँदै दोस्रो चलचित्रमा अभिनय शुरु गरिसकेकी वर्षाले १ सय भन्दा बढी म्यूजिक भिडीयोमा अभिनय गरी सकेकी छन्। त्यसैले उनलाई म्यूजिक भिडीयोकि रानीको रूपमा पनि चिन्ने गरिन्छ। वर्षाले पेशागत जीवन म्युजिक भिडियो र मोडलका रूपमा शुरु गरेकी हुन्। भने उनले नेपाली चलचित्र क्षेत्रमा नाईनभन्नु ल -४ बाट डेब्यु गरिकि थिइन्। वर्षा राउत छक्का पञ्जा चलचित्र मार्फत नेपाली चलचित्रमा छाएकि थिइन् । वर्षा राउतले कलाकार तथा व्यवसायी संजोग कोइरालासँग विवाह गरेकी छिन्। झन्डै ५ वर्ष भन्दा लामो प्रेम सम्बन्ध पछि उनिहरूले २०१९ फेब्रुअरी १४ अथवा भ्यालेन्टाइन्स डेका दिन विवाह गरेका थिए । नायिका वर्षा राउत बिहेपछि केहि कार्यक्रममा उपस्थित हुँदा बोल्ड देखिएकी थिइन् । कतिपयले वर्षालाई बिहेपछि नि बोल्ड देखिन खोजेको भन्दै टिप्पणी पनि गरे । वर्षाले भने आफूलाई खुलेको पहिरनमा प्रस्तुत गरिरहेकी थिइन् । तर पछि केही कार्यक्रममा भने वर्षालाई सारीमा सजिएकी देख्न थालिएको छ । केही दिन अगाडि आयोजित एक अवार्ड समारोहमा रातो सारीमा सजिंदा वर्षाको तारिफ भएको थियो । वर्षालाई अरू बेलामा भन्दा रातो सारीमा झनै आकर्षक देखिएको चर्चा पनि भयो । उनै,वर्षै अर्को एक कार्यक्रममा सारीमा देखिएकी छिन् । उनलाई सारीमा खुबै सुहाएको छ । वर्षा जाडो मौसम लागेपछि सारीमा सजिन थालेकी हुन् या सारीमा सजिदा आकर्षन देखिएपछि उनलाई यो पहिरनले आकर्षण गरिएको हो । तर सारीमा नारी भन्ने भनाई वर्षाको हकमा भने गजब्को लागु भएको छ । हुनत अहिले अविवाहित महिलाले पनि सारी खुबै लगाउँछन् । तर बिहेपछि सारीमा महिलालाई बढी देखन पाइन्छ । वर्षाको सारी मोह सधैं कायम रहोस् । केही समयअघि मेरी गोलुमुलु तिमी नदुब्लाउ भन्दै एक फ्यानले वर्षा राउतलाई फेसबुकमा कवितात्मक पत्र लेखेका थिए । त्यसलाई उछिन्दै अर्को फ्यानले झन्दै ५ मिनेट लामो भिडियो कविता युतुबमा राखेका छन् । यी फ्यान हुन् पोखरेली य्यापर राजन केसी । यमबुद्दको य्याप ब्याटलमा भिडिसकेका उनी कविता पनि कोर्छन् । करिब ५ महिना अगाडि कोरेको वर्षामा समर्पित कविता उनले यूटूबमा अपलोड गरेका हुन् । यो हेरेर वर्षा मख्खै परेकी छिन् । 'आइ एम स्पिचलेस 'वर्षाले भिडियो सेयर गर्दै फेसबुकमा लेखेकी छिन् । राजनले आफूले नाइ नभन्नु ४ हेरेपछी वर्षाको फ्यान भएको अनलाइनखबर बताएँ । 'म्यूजिक भिडियोहरूमा त पहिलादेखि नै हेर्थे, तर नाइ नभन्नु ल ४ मा उनलाई हेरेर त भुतुक्कै भए'उनले भने । त्यसपछि उनले वर्षाकाो कुनै पनि फिल्म छुट्टाएको छैनन् । जात्रा त दशौ चोति हेरेका छन्। जुन फिल्म हेर्दा पनि भतुक्कै हुन्छन् । राजनले वर्षालाई ३-४ चोटि भेटिसकेका छन्। पहिलोपल्ट वर्षा छक्का पन्जा २ को सुटिङका लागि पोखरा जाँदा सुटिङस्पतमा पुगेर भेटेका थिए । यसैगरी वर्षाको जन्मदिन मनाउन उनी पोखरादेखि काठमांडौ आए । त्यसबेला उनले एउटा टेडी बियर उपहार दिए । बेलाबखत सामाजिक संजालमा पनि वर्षासँग कुराकानी हुने गरेको उनी बताउँछन् । 

We welcome you to this blogger where you can find :- Motivational Videos, Facts videos, Life Quotes + Motivational Quotes, Life story short videos, Traveling vlogs + personal videos, This blogger will help you in these ways :- To improve your life, To improve your knowledge, To motivate you with life short stories, so if you want success in life Follow the blogger :)

Comments

© 2020 Samaya Chakra

Designed by Open Themes & Nahuatl.mx.